पोखरामा भेटिए सिन्धुलीका हायू परिवार,आफन्तको जिम्मा लगाइयो

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको आफ्नै घरबाट सम्पर्कविहीन भनिएका हायू परिवारका सदस्य सोमबार(हिजो) पोखराको गगनगौंडामा फेला परेका छन । उनिहरुको परिवारलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ । उनीहरुलाई पोखरामै रहेका आफन्तको जिम्मा लगाइएको कास्की प्रहरीले जनाएको छ । बिहीवारदेखि सम्पर्कविहीन भनिएका उनीहरूलाई प्रहरीले गगनगौंडाको एउटा घरमा बसिरहेको अवस्थामा हिजो बेलुकी अबेर फेला पारेको हो । उनीहरुले […]

सिन्धुलीको गोलन्जोरमा घट्यो रहस्यमय घटना,एकै परिवारका सबै सदस्य सम्पर्क विहिन

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नः ६ को छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा रहस्यम घटना घटेको छ । सो ठाउँमा बसोबास गर्ने उर्मिला हायुको परिवार सम्पर्क विहिन भएको वडाअध्यक्ष रविन श्रेष्ठले जानकारी दिनुभयो । घरबाहिरको पालि जलेको,ढोका झ्याल बन्द गरेको,बाख्रा,कुखुरा,भैसि अलपत्र अबस्थामा रहेको वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो । हायुको १६ जना परिवार नै सम्पर्कमा नरहेको […]

बालबालिकाको सर्वाङ्गिण विकासका लागी अभिभावक शिक्षा तालिम

“बालबालिकाको सर्वाङ्गिण विकास, अभिभावक शिक्षाले दिन्छ निकास” भन्ने नारासहित रामेछापको सदरमुकाम मन्थलीस्थित फ्रिडम रिसोर्टमा अभिभावक शिक्षासम्बन्धी ७ दिने आधारभूत तालिम सम्पन्न भएको छ । चाइल्ड एड नेटवर्कको आर्थिक सहयोग तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवा अन्तर्गतको ‘ईसीडी हार्मोनी परियोजना’ मार्फत उक्त तालिम संचालन भएको हो । साउन ९ गतेसम्म चलेको तालिमको मुख्य उद्देश्य अभिभावक शिक्षाको […]

रामेछाप नगरपालिकाको पर्यटन र आर्थिक समृद्धिको लागि नयाँ यात्रा चलचित्र

चलचित्र एउटा सशक्त माध्यम हो जसले कुनै क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जनजीवनलाई विश्वसामु उजागर गर्न सक्छ। हो, समग्र रामेछाप नगरको पर्यटन विकास गर्न सिनेमासँग जोड्नु अति आवश्यक छ। पर्यटन र चलचित्र दुवै समाज, अर्थतन्त्र र संस्कृतिमा गहिरो प्रभाव पार्ने माध्यम हुन्। चलचित्रले दर्शकलाई नयाँ ठाउँको भिजुअल अनुभव गराउँछ, जसले आममानिसहरूलाई त्यस स्थानमा पुग्ने […]

रामेछाप प्रशासनले उठायो एक वर्षमा ३ करोड ३१ लाख राजश्व

जिल्ला प्रशासन कार्यालय रामेछापले गत आथिक वर्ष  २०८१/८२ मा ३ करोड ३१ लाख ४० हजार ४ सय ४९ रुपैया राजश्व संकलन गरेको छ । राहदानी,संस्था दर्ता,दण्ड जरिवाना लगायत विभिन्न शिर्षकमा उक्त राजश्व संकलन गरिएको हो । यो अवधिमा प्रशासनले नयाँ नागरिकता ६ हजार ४२७ थान र नागरिकताको प्रतिलिपी ५ हजार ९७६ थान जारी गरेको छ […]

जन आकाश मिडियाले १८ औ वार्षिकोत्सव भव्य रुपमा मनाउदै

नेपालको एक प्रतिष्ठित सञ्चारमाध्यमको रुपमा परिचित जन आकाश मिडिया प्रा.लि.ले आफ्नो १८ औं वार्षिकोत्सव भव्य रुपमा मनाउन लागेको जन आकाश मिडियाका अध्यक्ष मोहन कार्कीले जानकारी दिएका छन् । अध्यक्ष कार्कीले विगतमा जस्तै यस वर्षपनि राष्ट्र र समाजलाई योगदान पु¥याएका व्याक्तित्वहरुलाई सम्मान तथा प्रोत्सहन गर्ने र पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका वरिष्ड पत्रकार र युवा पत्रकार गरी […]

रामेछापको गप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । स्थानीय ३२ वर्षीय रजिन सुनुवारले पारिवारिक नाता पर्ने २७ वर्षीया एलिसा सुनुवारमाथि बुधबार साँझ खुकुरी प्रहार गरेका हुन्। घटनामा गम्भीर घाइते भएकी एलिसा सुनुवारलाई राति नै प्राथमिक उपचारपछि बिहीबार बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो । […]

हरियाली प्रवद्र्धन र वातावरणीय सन्तुलन कायम गर्न सडक छेउमा वृक्षारोपण

हरियाली प्रवद्र्धन र वातावरणीय सन्तुलन कायम गर्न सडक छेउमा वृक्षारोपण गरिएको छ । रामेछापको रामेछाप नगरपालिका वडा नं ८ ले बुधबार रामेछाप मन्थली सडक खण्डको बावियाखर्कमा विभिन्न प्रजातिका विरुवाहरु रोपेको हो । डिभिजन बन कार्यालय रामेछापले उपलब्ध गराएको कपुर,धुपी लगायतका एक सय पचास भन्दा बढी बिरुवाहरु रोपिएको छ । बावियाखर्क र भंगेरीको सिमाना रातमाटे देखि […]

रामेछापका सरकारी कार्यालयले गरे सार्वजनिक सुनुवाई

रामेछाप जिल्लामा रहेका सरकारी कार्यालयहरुकोे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बिहिबार रामेछाप नगरपालिकाको सभा हलमा भएको कार्यक्रमको आयोजना जिल्ला प्रशासन कार्यालयले गरेको हो । जिल्लाका ३० भन्दा बढी सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुले चालु आ.वको हालसम्म भएका कामहरुको बारेमा जानकारी गराएका थिए । जिल्ला स्थित सरकारी कार्यालयहरुको हालसम्मको अवद्यीमा भएको कामहरु र वित्तिय […]

रास्वपा रामेछापको हस्ताक्षर अभियान जारी,तिन हजारले गरे हस्ताक्षर

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान संचालन गरिरहेको छ । सोही अभियान रामेछापमा पनि जारी रहेको रास्वपा रामेछापका उपसभापति मोहन कार्कीले बताउनुभयो । अभियान सुरु भएदखी हालसम्म ३ हजार भन्दा बढी नागरीकले हस्ताक्षर गरेको उपसभापति कार्कीले बताउनुभयो । बिहिबार(आज) रामेछाप बजारमा भएको हस्ताक्षर अभियानमा ७ सय जनाले हस्ताक्षर गरेका […]