रामेछाप नगरपालिकामा प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

रामेछापको रामेछाप नगरपालिकामा दुई दिने “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला” सम्पन्न भएको छ । साउन १८ र १९ गते २ दिन चलेको कार्यशाला रामेछाप नगरपालिकाको अयोजना तथा चाइल्ड नेटवर्क फाउण्डेशन र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको सहकार्य तथा सहजीकरणमा भएको हो । “गर्दै गरौ लगानी बाटो, कुलो, पुल, भवन र मन्दीरमा, थप […]

रामेछापमा ‘मोडल अफ सिजन–६’ र ‘लिटल मोडल सिजन–५’ हुँदै

रामेछापमा ‘मोडल अफ रामेछाप’ सिजन–६ र ‘लिटल मोडल अफ रामेछाप’ सिजन–५ सञ्चालन हुने भएको छ । यसका लागी तयारी तिव्र रुपमा भैरहेको आयोजक किङस्टार क्रिएशन प्रालिले शनिवार मन्थलीमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो । कार्यक्रमका लागि श्रावण १६ गतेदेखि आवेदन खुला भइसकेको छ । अडिसन श्रावण २३ गते, प्रशिक्षण सत्र श्रावण २४ गतेदेखि […]

रामेछापका एकजना शिक्षकले पनि त्यागेनन् राजनीतिक दलसँगको आबद्धता

रामेछापका शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेका छैनन् । शिक्षा ऐन २०७३ ले रोजगारीका सर्तमा दलीय सदस्यता लिन नपाउने व्यवस्था अनुरूप तत्काल पार्टीको सदस्यता त्याग्न शिक्षा मन्त्रालयले विशेष निर्देशन दिएसँगै देशभर दलसँगको आबद्धता शिक्षकहरूले त्यागेको भए पनि रामेछापका कुनै शिक्षकले सदस्यता नत्यागेका हुन् । शिक्षा विकास तथा समन्वय इकाई रामेछापका सूचना अधिकारी रामकृष्ण ढुंगेलका अनुसार हालसम्म […]

रामेछापमा मनाइयो राष्ट्रिय कोदो दिवस

रामेछापमा राष्ट्रिय कोदो दिवस मनाइएको छ ।“कोदो जन्य परिकारको आहार,स्वास्थ्य सुरक्षा र खाद्य जीवनको आधार,” भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको हो । जिल्लाको मन्थली नगरपालिका वडा नं ३ कठजोरमा कोदो रोपेर दिवस मनाइएको हो । कार्यक्रममा कोदो रोप्नुका साथै कोदाको परिकारहरु खाने व्यवस्था गरिएको थियो । राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम इकाई,कृषि […]

पोखरामा भेटिए सिन्धुलीका हायू परिवार,आफन्तको जिम्मा लगाइयो

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको आफ्नै घरबाट सम्पर्कविहीन भनिएका हायू परिवारका सदस्य सोमबार(हिजो) पोखराको गगनगौंडामा फेला परेका छन । उनिहरुको परिवारलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ । उनीहरुलाई पोखरामै रहेका आफन्तको जिम्मा लगाइएको कास्की प्रहरीले जनाएको छ । बिहीवारदेखि सम्पर्कविहीन भनिएका उनीहरूलाई प्रहरीले गगनगौंडाको एउटा घरमा बसिरहेको अवस्थामा हिजो बेलुकी अबेर फेला पारेको हो । उनीहरुले […]

सिन्धुलीको गोलन्जोरमा घट्यो रहस्यमय घटना,एकै परिवारका सबै सदस्य सम्पर्क विहिन

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नः ६ को छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा रहस्यम घटना घटेको छ । सो ठाउँमा बसोबास गर्ने उर्मिला हायुको परिवार सम्पर्क विहिन भएको वडाअध्यक्ष रविन श्रेष्ठले जानकारी दिनुभयो । घरबाहिरको पालि जलेको,ढोका झ्याल बन्द गरेको,बाख्रा,कुखुरा,भैसि अलपत्र अबस्थामा रहेको वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो । हायुको १६ जना परिवार नै सम्पर्कमा नरहेको […]

बालबालिकाको सर्वाङ्गिण विकासका लागी अभिभावक शिक्षा तालिम

“बालबालिकाको सर्वाङ्गिण विकास, अभिभावक शिक्षाले दिन्छ निकास” भन्ने नारासहित रामेछापको सदरमुकाम मन्थलीस्थित फ्रिडम रिसोर्टमा अभिभावक शिक्षासम्बन्धी ७ दिने आधारभूत तालिम सम्पन्न भएको छ । चाइल्ड एड नेटवर्कको आर्थिक सहयोग तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवा अन्तर्गतको ‘ईसीडी हार्मोनी परियोजना’ मार्फत उक्त तालिम संचालन भएको हो । साउन ९ गतेसम्म चलेको तालिमको मुख्य उद्देश्य अभिभावक शिक्षाको […]

रामेछाप नगरपालिकाको पर्यटन र आर्थिक समृद्धिको लागि नयाँ यात्रा चलचित्र

चलचित्र एउटा सशक्त माध्यम हो जसले कुनै क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जनजीवनलाई विश्वसामु उजागर गर्न सक्छ। हो, समग्र रामेछाप नगरको पर्यटन विकास गर्न सिनेमासँग जोड्नु अति आवश्यक छ। पर्यटन र चलचित्र दुवै समाज, अर्थतन्त्र र संस्कृतिमा गहिरो प्रभाव पार्ने माध्यम हुन्। चलचित्रले दर्शकलाई नयाँ ठाउँको भिजुअल अनुभव गराउँछ, जसले आममानिसहरूलाई त्यस स्थानमा पुग्ने […]

रामेछाप प्रशासनले उठायो एक वर्षमा ३ करोड ३१ लाख राजश्व

जिल्ला प्रशासन कार्यालय रामेछापले गत आथिक वर्ष  २०८१/८२ मा ३ करोड ३१ लाख ४० हजार ४ सय ४९ रुपैया राजश्व संकलन गरेको छ । राहदानी,संस्था दर्ता,दण्ड जरिवाना लगायत विभिन्न शिर्षकमा उक्त राजश्व संकलन गरिएको हो । यो अवधिमा प्रशासनले नयाँ नागरिकता ६ हजार ४२७ थान र नागरिकताको प्रतिलिपी ५ हजार ९७६ थान जारी गरेको छ […]

जन आकाश मिडियाले १८ औ वार्षिकोत्सव भव्य रुपमा मनाउदै

नेपालको एक प्रतिष्ठित सञ्चारमाध्यमको रुपमा परिचित जन आकाश मिडिया प्रा.लि.ले आफ्नो १८ औं वार्षिकोत्सव भव्य रुपमा मनाउन लागेको जन आकाश मिडियाका अध्यक्ष मोहन कार्कीले जानकारी दिएका छन् । अध्यक्ष कार्कीले विगतमा जस्तै यस वर्षपनि राष्ट्र र समाजलाई योगदान पु¥याएका व्याक्तित्वहरुलाई सम्मान तथा प्रोत्सहन गर्ने र पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका वरिष्ड पत्रकार र युवा पत्रकार गरी […]