रामेछाप गोकुलगंगाको गर्जाङ्ग र शिवालय बजार अनुगमन

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं १ र २ मा रहेका मुख्य बजारहरु गर्जाङ्ग र शिवालयको अनुगमन गरिएको छ । मंगलबार ति बजारका खाद्यान्न,किराना पसल,होटल,कस्मेटिक,फेन्सी,तरकारीतथा फलफूल,कपडा,ईलेक्ट्रोनिक,हार्डवयर,भाँडा पसल र प्राईभेट क्लिनिकहरुको अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय,उद्योग तथा वाणिज्य कार्यालय,पत्रकार महासंघ,वडा कार्यालय,प्रहरी प्रशासनको नेतृत्वमा बजार अनुगमन भएको हो । २४ वटा होटल तथा पसलहरु अनुगमन गरिएको […]

रामेछापको सुनापति र उमाकुण्ड गाउँपालिकामा एकीकृत आँखा इकाई सञ्चालन हुने

आँखाका बिरामीहरुको सहजताका लागी अहिले रामेछापका पालिकाहरुमा रहेका अस्पतालहरुमा एकीकृत आँखा इकाई सञ्चालन भैरहेको छ । तिलगंगा आँखा प्रतिष्ठानले आफ्नो कार्यक्षेत्रका जिल्लामा प्राथमिक अस्पतालमार्फत आँखा सेवा विस्तार गर्ने नीति अनुसार जिल्लाको सुनापति र उमाकुण्ड गाउँपालिकामा पनि एकीकृत आँखा इकाई सञ्चालन गर्न सम्झौता गरेको हो । यसका लागि तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा जिल्ला सर्जिकल आँखा केन्द्र, […]

तामाकोशी नदीमा नुहाउने क्रममा एक वृद्ध बगेर बेपत्ता

तामाकोशी नदीमा नुहाउने क्रममा एक वृद्ध बगेर बेपत्ता भएका छन । मंगलबार(आज) बिहान करिब ११ बजेको समयमा रामेछापको सदरमुकाम मन्थली स्थित तामाकोशी नदीमा नुहाउने क्रममा बगेर वृद्ध बेपत्ता भएका हुन । मन्थली नगरपालिका वडा नं ७ का वर्ष ७५ का श्रीवंश शर्मा कँडेल नुहाउने क्रममा बगेर बेपत्ता भएको रामेछाप प्रहरीले जानकारी दिएको हो । प्रत्यक्षदर्शी […]

अशक्त, असहाय र ज्येष्ठ नागरिकलाई बैङ्क खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न रामेछाप प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सबै बैङ्क तथा शाखाहरूलाई अशक्त, असहाय र ज्येष्ठ नागरिकको बैङ्क खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नगरी सहजता गर्न निर्देशन दिएको छ । प्रशासनले जारी गरेको निर्देशनपत्रमा सामाजिक सुरक्षा भत्ता प्रयोजनका लागि खाता खोल्न आउने सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र नभएको आधारमा सेवा अस्वीकार गरेको गुनासो आएको उल्लेख छ । नेपाल राष्ट्र बैङ्कको […]

रामेछापको पुछिघाटमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु,सहचालक घाईते

मध्यपहाडी लोकमार्ग स्थित रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ पुछिघाटमा ट्याक्टर दुर्घटना भएको छ । शनिबार दिउँसो बेनीबाट सित्खातर्फ जाँदै गरेको ना ६ त ९५९१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा चालक २५ वर्षका दिनेश माझिको घटनास्थलमै मृत्यु भएको हो । […]

रामेछापमा सवारी दुर्घटना:श्रीमतीको मृत्यु,श्रीमान घाइते

रामेछापमा सवारी दुर्घटनामा परी श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना भएको हो । आइतबार बिहान सदरमुकाम मन्थलीबाट हेटौँडा जाँदै गरेको बा १३ च ३९३५ नम्बरको स्कारपियो गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा मन्थली नगरपालिका–१ की अन्दाजी ४० वर्षीया राधा कार्की चौहानको घटनास्थलमै […]

लिखुतामाकोशी गाउँपालिकामा एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी कार्यशाला

रामेछापको लिखुतामाको गाउँपालिकामा सञ्‍चालित “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला” सम्पन्न भएको छ । चाइल्ड नेटवर्क फाउण्डेशनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहयोगमा लिखुतामाकोशी गाउँपालिकाको आयोजनामा २२ गतेदेखि शुरु भएको कार्यशाला शुक्रबार सम्पन्‍न भएको हो । लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतको अध्यक्षतामा “गर्दै गरौँ लगानी बाटो, कुलो, पुल, […]

मन्थलीमा एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला

रामेछापको मन्थली नगरपालिकामा सञ्‍चालित “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला” सम्पन्न भएको हो । चाइल्ड नेटवर्क फाउण्डेशनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहयोगमा मन्थली नगरपालिकाको आयोजनामा २० गतेदेखि शुरु भएको कार्यशाला बुधबार सम्पन्‍न भएको हो । मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठको अध्यक्षतामा “गर्दै गरौँ लगानी बाटो, कुलो, […]

रामेछापमा मनाईयो विश्व स्तनपान सप्ताह

रामेछापमा विश्व स्तनपान सप्ताह मनाइएको छ । बुधबार(आज) जनस्वास्थ्य कार्यालय रामेछापको आयोजना तथा रामेछाप अस्पताल, रामेछाप नगरपालिका र आयुर्वेद तथा बैकल्पिक चिकित्सालय मन्थली रामेछापको समन्वयमा सप्ताह मनाइएको हो । “स्तनपानलाई प्राथामिकता दिऔः सहयोगि वातावरण निर्माण गरौँ” भन्ने मुल नाराका साथ विश्व स्तनपान सप्ताह मनाईएको जनस्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको हो । स्तनपान गराइरहेका महिलाहरुलाई स्तनपानको […]

रामेछाप देउरालीमा चितुवाले बाख्रा मा¥यो

रामेछापको रामेछाप नगरपालिका वडा नं २ मा चितुवाले ४ वटा बाख्रा मारको छ । सोमबार राति स्थानिय केशर बहादुर बलमपाखिले पालेको ४ वटा बाख्रा चितुवाले मारेको हो । ३ वटा बाख्रा मारेर खोरमा छोडेको र एउटा भने चितुवाले लगेको वडा नं २ का वडाअध्यक्ष निर बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।