थप ५ जिल्लामा काँग्रेस क्रियाशील सदस्यता विवाद टुङ्गियो

थप ५ जिल्लामा काँग्रेस क्रियाशील सदस्यता विवाद टुङ्गियो

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गरी नामावली सार्वजनिक गरेको छ । समितिले डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाको क्रियाशील सदस्यता विवाद समाधान गरेको काँग्रेस सहमहामन्त्री प्रकाशसरण महतले  बताउनुभयो । योसँगै ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएको छ भने अब ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन बाँकी छ । काँग्रेसको ५४ जिल्लामा पालिका हिजो अधिवेशन भएको थियो । बाँकि पालिकामा आज अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार