रामेछाप जिल्लाका ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका हालसम्म ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ७२ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका २ सय जनामा गरी ३ सय ७२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लाका धेरैले कोरोना संक्रमणलाई जितेका छन । अहिले जिल्लाको विभिन्न ठाउँमा १२ जना संक्रमतिहरुको आईसोलेसनमा उपचार भईरहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म दुईहजार २८२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार ९८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अझै जिल्लाका १२ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार