‘रामेछाप कप–२०७७’ स्थगित

‘रामेछाप कप–२०७७’ स्थगित

दीपशिखा ब्वाईज युनाईटेड क्लवले स्थापना काल देखि नै गर्दै आएको ‘रामेछाप कप’ यस वर्ष भने तत्कालका लागि स्थगित भएको छ । विश्वभरी महामारीको रुपमा फैलिई रहेको कोरोना भाइस नेपालमा पनि तिव्र रुपमा फैलिई रहेको कारण यस वर्ष संचालनको तयारीमा रहेको ‘रामेछाप कप–२०७७’ तत्कालका लागि स्थगित भएको हो । क्लवले प्रेस विज्ञप्ती जारी गर्दै यहि असोज २७ गते देखि कार्तिक ५ सम्ममा प्रतियोगिता गर्ने गरी मिति समेत तोकेर अधिकासं आन्तरिक तयारी गरी सक्दा समेत कोरोनका कारण खेलकुद गतिविधिमा लगाईएको प्रतिवन्ध फुकुवा नभएको हुँदा तत्कालका लागि उक्त प्रतियोगिता स्थगित गर्नु परेको जनाएको छ । कोरोना भाइरसका कारण स्थगित गर्नु परेको प्रतियोगिता परिस्थिति अनुकुल हुने बित्तिकै संचालन हुने गरि निर्णय भएको क्लवका अध्यक्ष रंजन खड्काले हस्तक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार