नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा सागर बोहरा, महिला उपाध्यक्षमा सम्झना खड्गी, सचिवमा मिलन विक, सहसचिवमा टंकनाथ गौतम र कोषाध्यक्षमा राजन महतारा निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरूमा श्रीराजा चन्द्र महत, इश्वर विक, अनिता रसाइली, कर्ण श्रेष्ठ र सुशिला बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनले जिल्लामा पत्रकारिता क्षेत्रको व्यावसायिकता, पत्रकारको हकहित तथा प्रेस स्वतन्त्रताको संरक्षणका लागि सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएको छ ।
नवनिर्वाचित कार्यसमितिले रामेछापको पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउँदै पत्रकारहरूको क्षमता विकास तथा पेशागत सुरक्षाका विषयमा समेत प्राथमिकताका साथ काम गर्ने अपेक्षा गरिएको छ ।


