हामीले ’राम्रो रामेछाप, हाम्रो रामेछाप’ र ’समृद्ध रामेछाप’ को परिकल्पना गरेका छौँ : माधव ढुंगेल

हामीले ’राम्रो रामेछाप, हाम्रो रामेछाप’ र ’समृद्ध रामेछाप’ को परिकल्पना गरेका छौँ : माधव ढुंगेल

फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ एक निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा १७ जनाले मनोनयन दर्ता गराएका छन । नेकपा एमालेबाट माधव प्रसाद ढुंगलले पनि मनोनय दर्ता गराउनुभएको छ । हामिले माधव प्रसाद ढुंगललाई सोधेका छौँ : 

प्रतिनिधि सभामा तपाईको उम्मेदवारी किन ?

अहिले नेपाली समाजमा एउटा निराशा छ । खासगरी युवा पुस्तामा एउटा छटपटी छ । अब के होला ? कसरी देश बन्ला ? भन्ने खालको जुन खालको चिन्ता र एउटा आक्रोश पनि व्यक्त भइरहेको छ । यो बेलामा हामीले के भन्न खोजेका छौँ भने— देश बन्छ, बनाउन सकिन्छ । हाम्रो पुस्ताले बनाउनुपर्छ । त्यसको निम्ति एउटा सपना देख्नुपर्छ र त्यो सपनालाई कार्यान्वयन गर्ने एउटा आँट पनि हुनुपर्छ । हामीसँग त्यो भिजन छ, हामीसँग त्यो इच्छाशक्ति छ ।

मैले विशेषगरी रामेछापको विकासको सन्दर्भमा एउटा खाका प्रस्तुत गरेको छु । जसमा हामीले ’राम्रो रामेछाप, हाम्रो रामेछाप’ र ’समृद्ध रामेछाप’ को परिकल्पना गरेका छौँ । यहाँको जल, जमिन, जङ्गल र जडिबुटीलाई कसरी अधिकतम उपयोग गरेर यहाँको जीवनस्तर उकास्न सकिन्छ भन्ने कुरामा मेरो ध्यान केन्द्रित छ । विशेषगरी युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने, कृषिमा आधुनिकीकरण गर्ने र पर्यटनको प्रचुर सम्भावनालाई उजागर गर्ने कुराहरू मेरो प्राथमिकतामा छन् ।

त्यसकारण, म सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई के अपिल गर्न चाहन्छु भने— अब हामी गफ गरेर मात्र बस्ने होइन, काम गरेर देखाउने बेला आएको छ । मलाई विश्वास छ, तपाईँहरूको साथ र समर्थनले हामीले सोचेको जस्तो सुन्दर र विकसित रामेछाप बनाउन सफल हुनेछौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार