रामेछाप नगरपालिकामा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रामेछाप नगरपालिकामा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा आठौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबार (आज)देखी सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले प्रतियोगिताको उद्धघाटन गर्नुभयो ।

प्रतियोगिताको उद्धघाटन गर्दै प्रमुख अतिथि न्यौपानेले खेल र खेलाडीको हौसलासँगै विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउनमा यो प्रतियोगिताले धेरै सहयोग गरेको बताउनुभयो । उहाँले हरेक वर्ष आयोजना हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखी विद्यार्थीहरुमा खेल प्रति रुचि बढेको बताउनुभयो । यो प्रतियागिताले विद्यार्थीहरुको क्षमता पहिचान गर्न सहयोग पुग्नुभएका साथै उनिहरुको वृद्धि विकासमा पनि रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्वपुर्ण भुमिका खेलेको उहाँको भनाई छ ।

रामेछाप नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा नगरपालिका भरीका १३ वटै माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । ३ दिनसम्म सन्चालन हुने प्रतियोगिता रामेछाप नगरपालिकाको वडा नं ८ टुँडिखेलमा सन्चालन भईरहेको छ । प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका खेलहरु खेलाईने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार