फर्म दर्ता गरेकै भोलिपल्टदेखी अनुदान खोज्छन,काम चाहिँ गर्दैन्न : नगर प्रमुख न्यौपाने

फर्म दर्ता गरेकै भोलिपल्टदेखी अनुदान खोज्छन,काम चाहिँ गर्दैन्न : नगर प्रमुख न्यौपाने

रामेछापको रामेछाप नगरपालिकामा ९ वटा वडाहरु छन । नगरपालिकाको केन्द्र रामेछाप बजारबाट हरेक वडाहरुसम्म सहजै पुग्न सकिने गरी सडकहरु निर्माण भएका छन । स्थानिय सरकार संचालनमा आएपछि नगरका सबै गाउँबस्ती र टोलहरुमा सडक,विद्युत र यातायात पुगेको छ । रामेछाप नगरको विकास र परिवर्तनहरुमा रहेर नगरपालिका प्रमुख लबश्री न्यौपानेसँग गरिएको कुराकानीको सम्पादि अंश :

आजभोली के काममाव्यस्त हुनुहुन्छ ?

भदौको अन्तिमसम्म खासै कुनै काम भएन । पाँच वटा बाटोको टेन्डर आह्वान गर्ने काम भएको छ । साघुँटार गोठगाउँ देउरालीको सडक, रामेछाप च्यास्कु हुँदै कोलन्जोर घाट झर्ने सडक, टावरडाँडा धनेघाट सुकाजोर ७ को बाटो, भर्ले कारागार सडक, रामपुर काभ्रे भञ्ज्याङ्ग हुँदै चुकियाघाट सम्मको बाटोको लागि टेण्डर आह्वान भएको छ ।

चाडपर्व लक्षित गरेर के योजना बनाउनु भएको छ ?

हामी कार्यक्रम गर्ने पक्षमा थियौँ तर मुलक नै सोकमा परेको बेला के कार्यक्रम गर्नु र ? भर्खरै बालमैत्री शासनयुक्तनगर घोषणा गरेका छौँ । स्कुल गएका बालबालिका मरेका हुनाले बालबालिकाको नाममा भएको वर्वर दमनको लागि भएपनि चाडपर्व लक्षित कार्यक्रम नभएको हो ।

गाउँतिर जाने सडकको अवस्था कस्तो छ ?

वडा वडामा वडाले सरसफाई मर्मत संभार गर्ने काम भएको छ । मुख्य प्राथमिकता हाइवेय हो टोलटोल जाने बाटो होइन । यसले आर्थिक संकट निम्त्याउछ । कुनै सडक अवरुद्ध भएको अवस्था छैन । मुख्य सडक राम्रै छ । साघुँटार सेलेघाट सडक पनि राम्रो छ । दशैँ पछि यो सडकमा काम शुरु हुन्छ । एक वर्षमा काम सक्छ । देखिने काम भएको छ । विस्तारै हुन्छ । रामेछाप नगरले पनि १० किलोमिटर जति पिच गछौँ । च्यास्कुदेखि चारघरेसम्म पिच हुन्छ । रामपुर वडा कार्यालयसम्म जाने बाटो पिच हुन्छ ।

गाउँबस्तीमा खोनपानीको समस्या छ ? नगरले के गर्दैछ ?

वृहत रामपुर खानेपानी आयोजनाको काम शुरु हुने क्रममा छ । ३ करोड विनियोजन भएको छ । डिपिआर भइसकेको छ । ५,६ र ७ नम्बरको दक्षिणी भेगलाई समेट्नेछ । ४ नम्बरको खानेपानी सुचार हुनेछ ।

ठुलो बुद्धको मूर्ति निर्माणको काम के हुँदैछ ?

बुद्धको मुर्ति रामेछाप ६ मा स्थापना हुँदैछ । यो जिल्लाकै टुरिजमलाई आकर्षण गर्ने खालको प्रोजेक्ट हो । यो प्रोजेक्ट पूरा भयो भने रामेछाप नगरपालिकाको मात्र नभएर जिल्लाकै प्रतिष्ठा बढाउनेछ । काम सुरुवातभएको छ । २० लाख परेको छ । नगरको १०/१२ लाख छ ।

रामेछाप नगरपालिकामा संघ प्रदेशको योजना कतिको परेको छ ?

प्रदेश र संघले त यसपाली हेर्दै हेरेन । संघबाट ३ वटा योजना र प्रदेशको ५ वटा योजना जतिहोला । प्रदेशको ३ सडक २ खानेपानी छन् । संघको २ योजना र १ खानेपानी हो । दिनेले दिएनन् गर्नु के । केहि टुक्रे योजनाहरू परेका छन् ।

युवालक्षित कार्यक्रम सञ्चालन बारे के छ ?

युवालक्षित कार्यक्रम नगरले सञ्चाल नगरिरहेको छ तर युवाहरू आएनन् । गर आउ । तालिम लेउ । सीपसिक ।भनिरहेका छौँ । नगरले सीप पो सिकाइदिने हो । सीप सिक्ने काम नगर्ने हो भने केही अर्थ लाग्छ ? यो काम गर भनेर वीऊ पो हाल्दिने हो त । वीऊ हाल्दा उम्रने उम्रन्छ नउम्रने जान्छ खेर । एकै व्यक्तिले धेरै तालिम लिने तर काम नगर्ने पनि धेरै छन् । हामीले तालिम दिएकाहरू मध्ये केहीले अहिले हातिबारको जुत्ता बनाउन लागिरहेका छन् ।

साघुँटारका मान्छेले उत्पादन गरिरहेका छन् धागो बनाएर । त्यस्तो काममा लागे पो काम लाग्छ । २÷४ वर्षलाग्ने । छोडिदिने अनी हिड्ने । काममा लगनी गरेपछि हाताहातीखोज्ने चलनले विग्रिरहेको छ ।केहि न केहि गरेका युवाहरूका लागि विधिभित्र छिरेर दिएका छौँ । काम गर्नेलाई रोकतोक छैन गफ गर्नेलाई त कहाँबाट दिनु ।

नगरपालिका कृषिमा सम्भावना भएको क्षेत्र हो । जुनार खेतिपनि हुन्छ यहाँ । कृषिमा लाग्ने युवाको लागि के कस्तो काम भएको छ
कृषिगर्ने किसालाई प्रोत्साहन स्वरुप हामीले सम्मान गरेका छौँ । पकेट क्षेत्र पनि घोषणा गरिदिएकै छौँ । ४ नम्बरमा बाख्रा पकेट क्षेत्रको लागि काम भइरहेको छ । ६ नम्बरमा जुनारको पाटोलाई हेरेकै छौँ । १ नम्बरमा पनि राम्रो काम भइरहेको छ । मिठो खान खोज्ने । राम्रो लाउन खोज्ने हामी युवाहरू । तर उत्पादनको लागिसिन्को नभाच्ने । भैसीपाल्न नसक्ने दुध मात्र खान खोज्ने ।

भैसी पाल्न घाँस काट्न पर्यो । गोबर सोहोर्न पर्यो । त्यो चाहि नसक्ने । दुध मात्र खान खोजेर हुन्छ ? मिठो खानको लागि दुःख गर्न पर्छ । दुःखनगरी त केहि पनि खान पाइदैन । श्रम बेच्न पर्छ । विदेश पनि श्रम बेच्नै जाने हो । श्रम यहि गर्ने युवाको लागि सबै कुरा यहि छ । युवालक्षित कार्यक्रको लागि कति तालिम लिन बोलायौँ तर आएनन् तर यहाँ आएर भन्छन् मैले फर्म दर्ता गरेर आए अनुदान दिनु पर्छ मेयरसाप भन्छन् । दर्ता गरेर आएको भोलिपल्टै अनुदान मिल्छ भनेर आउने व्यक्तिले काम गर्न सक्छन् ? अनुदानको लागि प्रपोजल दर्ता गरेर हुन्छ । कम्तीमा पनि २ वर्ष काम गरेको हुनुपर्छ भन्ने छ ।

रामेछाप नगरपालिकामा सम्भावना के के देख्नु हुन्छ ?

रामेछाप नगरपालिकाको सम्भावना टुरिजम नै हो । ताराखसे पोखरी । लामसिंङ डाँडा । गणेशटार मन्दिर । दाइजोरमा लुकेको मन्दिर छ । तिल्केस्थान गढि । ढुकुरसिं डाँडा । बालकन्यामन्दिर । हायूहरूको उप्छिनी रानीको मन्दिर । यहाँ आन्तरिक र बाह्य टुरिजम आउने सम्भावना छ । दोलखा यसै बनेको छैन । गौरीशङ्कर हिमाल अली टाढा होला यहाँ रामेछाप बजार उत्तरतिर फर्केको जग्गाबाट छर्लङ्गै देखिन्छ ।

चरिकोट बस्ने मान्छे एक रात रामेछाप पनि बस्न सक्ने वातावरण मिलाउन सक्नु पर्छ । यहाँगर्न थाल्यो भने यहाँको मान्छेले ए फलानोले काम न काजले काम गर्यो भन्ने चलन छ यहाँ । टाउन प्लानिङ गर्ने सहरी करण गर्ने विकास गर्ने खेतिपातीफलफूलको विकास गर्ने गर्न सकिने सम्भावनायहाँ धेरै छ ।

यहाँ डिल मुनीआप फल्छ डिल माथिजुनार फल्छ । यस्तो राम्रो मौसम छ यहाँको तर थोरै प्रकृतिले ठगेको ठाउँ हो । दक्षिण भुभागखुख्खाउत्तरी चिस्यान तर सिंचाई प्रयाप्त छैन । बालीनालीकम फल्छ । गेडागुडीको विकास छ । बाख्राको विकास छ । २ कुरामाहामीआत्मनिर्भर छौँ तरकारी र मासुमा । यसकारण सम्भावनाभएका कुरा यिनै हुन् ।

अब दुईवर्षको कार्यकाल बाँकी रहदा नगरलाई यस्तो बनाउछु भन्ने के खाका तयार पार्नु भएको छ ?

मैले गर्न सक्ने एउटा बालमैत्री घोषणा गरेँ । कोलन्जोर घाटसम्म मोटरबाटो पुर्याउने लक्ष छ । चारघरे भालुखोपदेखि कुसबसेरी बोलङबोलङको सडक बनाउने, देउरालीगोठगाउँ हुँदै साँघुटारसम्मको सडक बनाउने । यि कामहरु मेरो कार्यकालमा पुरा गर्ने लक्ष्य छ । अब हेरौँ,गर्दै जाऔँ के कति सकिन्छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार