जनआकाश साप्ताहिकको १७औं वार्षिकोत्सव तथा ‘कृपज’ नामक पुस्तको बिमोचन

जनआकाश साप्ताहिकको १७औं वार्षिकोत्सव तथा ‘कृपज’ नामक पुस्तको बिमोचन

काठमडौं । ‘सत्य तथ्य र प्रभावकारी समाचार’ सम्प्रेषित गर्दै आएको जनआकाश साप्ताहिकले आफ्नो १७औं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानामगरले दियो प्रज्वलन गरी १७ओं वार्षिकोत्सवको उद्घाटन गरेकी हुन् ।

जनआकाश मिडिया प्रा. लि. को आयोजनामा मुक्तिनाथ विकास वैंक,एनएमबी बैंक, कामना सेवा विकास बैंक लि. तथा म्याक लुब्रिकेन्टको प्रायोजन तथा अखवार नेपाल एवं सैलुङ अनलाइन मिडियाको संयोजनमा विहिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीस्थित लेखनाथ सदनको प्रेक्षालयमा एक विशेष समारोहको आयोजनामा उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यता तथा जनआकाश मिडियाका अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा बिशेष अथितिहरुमा नेपाल व्यवसायी रास्टि«य महासघका अध्यक्ष कुमार कार्की, नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य शन्तराम विडारी,पर्यटन बिज्ञ खुम बहादुर सुवेदि, वरिष्ठ साहित्यकार तथा पुर्व साहायक रथी तेजप्रकाश बानियाँ, वरिष्ठ पत्रकार चेतनाथ धमला रहेका थिए ।

अतिथिहरुमा साहित्यकार डा. गोविन्द बहादुर कार्की, रामेछाप काठमाडौ पत्रकार समाजका पुर्व अध्यक्ष तथा नयाँ पत्रीका दैनिकका पत्रकार प्रेम गौतम, रामेछाप निवासी समाजवेसी सिव श्रेष्ठ, वरिष्ठ साहित्यकार गंगा लिगल, साहित्यकार तथा सुसेलि फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी, नेपाल पत्रकार महासघ काठमाडौ शाखाका अध्यक्ष सुर्य सुवेदि रहेका थिए ।

रास्ट« र समाजलाइ योगदान पु¥उने व्यक्तित्वहरुलाई सम्मान पत्रले सम्मानित गरिएको थियो ।सामाज र नागरिकहरुलाई सेवा गरेको उच्च मुल्याङकन गर्दै प्रशंसापत्रले किही कम्पनीहरुलाई सम्मानित गरेको थियो ।

जनआकाश साप्ताहिकमा लेख, रचना पठाइ उत्कृष्ट हुनेहरुलाई र जन आकाश टिभी युटुब च्यानलमा गीत, कविता, गजल, प्रशारणमा भाग लिइ उत्कृष्ट प्रस्तुती दिने प्रतिभा तथा नवप्रतिभाहरुलाई कदरपत्रले सम्मानित गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्ने क्रममा उपसभामुख इन्दिरा रानामगरले संघर्षबाट खारिएर अघि बढेका सम्पादक मोहन कार्कीकृत ‘कृपज’ (कृषि,पर्यटन र जलविद्युतले) समग्रतामा विकास निर्माणका लागि स्पष्ट निर्देश गरेकोमा खुशी व्यक्त गर्दै कृति सफलकको शुभकामना व्यक्त गरिन् । उनले भनिन् ‘’म आफै पनि सानो छँदा दुःख गरेरै अघि बढेको बताउँदै अहिले पनि सामाजिक क्षेत्रमै बालबालिकाको लागि काम गरेर आएको व्यक्ति हुँ । कतिपय बालबालिकाको आमा बाबुकै टुङ्गो नलागेका कोहीका बाबु–आमा जेल परेका पिडितहरु छन् , तीनिहरुलाई बिभिन्न ठाउँबाट सहयोग जुटाएर शिक्षा,दिक्षा दिईरहेको छु , र उनिहरुलाई एउटै परिवार जस्तो गरी बुबा–आमा, दाजु–भाई दिदी बहिनी जसरी पालन पोषण गरी हुर्काइरहेको उल्लेख गर्दै हाल स्कुल सञ्चालन गरिरहेको बताइन् । म पनि सानो हुँदा दुःख नै गरेर आएको हुनाले यस्ता सघर्षहरुलाई बुझेको छु भन्दै सञ्चार क्षेत्र निष्पक्ष र सन्तुलित हुन नसकेको वर्तमान अवस्थामा जनआकाशले निष्पक्ष पत्रकारिताको धर्म निर्वाह गरेकोमा प्रशंसा गर्दै आफू १६औं वार्षिकोत्सवका अवसरमा समेत आएर शुभकामना दिन पाएको र यसपाली पनि त्यो संयोग जुरेकोमा खुशी व्यक्त गरिन् । जनआकाश साप्ताहिकद्वारा आयोजित उक्त समारोहमा उनले लोकतान्त्रिक मुलुकमा नागरिक अधिकार संरक्षण गर्न सञ्चार क्षेत्र राज्यका सबै निकायले प्रभावबाट मुक्त भएर तटस्थ हुनुपर्नेमा जोड दिईन् ।साथै समाजमा भएका सत्यतथ्य घटनालाई सञ्चारकर्मीले ऐनाको रुपमा जस्ताकोत्यस्तै देखिने गरी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

उक्त अवसरमा मोहन कार्कीद्वारा लिखित ‘कृपज’ माथि समिक्षात्मक टिप्पणी गर्दै दामोदर दीपकले विद्रोह संघर्ष र लगनशीलताका परिचायकका रुपमा पहिचान स्थापित गरेका मोहन कार्की राष्ट्र निर्माणका संवाहकका रुपमा स्थापित भएको बताउँदै यो देशका योजनाविद तथा राजनैतिक नेतृत्वले मोहन कार्कीद्वारा लेखिएको ‘कृपज’ कृषि पर्यटन र जलविद्युतका क्षेत्रमा इमान्दारीका साथ लागू गर्ने हो भने देश विकासका लागि लामो समय कुर्न नपर्ने बताए । उनले ‘कृपज’ विकासको लागि सुत्रात्मक कृति रहेको उल्लेख गर्दै कृति सफलताको शुभकामना ब्यक्त गर्दै सवैले कृति पढ्नुपर्नेमा जोड दिएका छन् । ‘कृपज’ शब्दकोषमा अटाएर मोहनलाई न्याय गर्न अनुरोध गरेका थिए ।

सो अवसरमा विशेष अतिथिका रुपमा आएका नेपाल राष्ट्रिय व्यवसायी महासंघका कुमार कार्कीले विचौलियाहरुको अन्त नभईकन देशको विकास गर्न नसकिने धारण राखेका थिए । त्यसैगरी पर्यटन विज्ञ खुम बहादुर सुवेदीले शुभकामना दिदै भने पर्यटन क्षेत्रको बृहत्तर विकासको लागि पर्यटनको समुचित विकास गर्नुपर्ने आवश्यकता औल्याएका थिए । यसैगरी विशेष अतिथिकै रुपमा आएका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम विडारीले स्वदेशी र आत्मनिर्भरमुखी पत्रपत्रिकालाई जोगाउन सरकारले उपर्युक्त भूमिका खेल्नुपर्नेमा जोड दिंदै नेपालको विज्ञापन वोर्डको औचित्य नभएको भन्दै विज्ञापन वोर्डले पछिल्लो समय गरेको गलत निर्णयप्रति आक्रोश पोखेका थिए ।

समाजका बिभिन्न क्षेत्र बित्तिय साहित्य ,पत्रकारिता बहुआयामिक प्रतिभा लगायत लोकबिधा,सुसेली,साहित्य लगायत,समाजसेवी समेत गरि समाजमा विशिष्ट योगदान दिएका विभिन्न विधाका व्यक्तित्वहरु लाई सम्मान पत्र,कदर(पत्रले तथा मायाको चिनो प्रदान गरी सम्मानित गरिएको थियो । सोही अवसरमा सामाजिक र आर्थिक दुवैं क्षेत्रवाट उत्तरदायित्व निभाएको भनि सिप्रदी ट्रेडिंग प्रा.लि. लाई प्रशंसापत्रले सम्मानित गरिनुका साथै ज्योति विकास बैंकलाई बालबालिका र स्वास्थ्यको क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गरेको भनि प्रशंसापत्रले सम्मानित गरिएको थियो । साथै सो अवसरमा वरिष्ठ साहित्यकार डा.शैलेन्दु प्रकाश नेपाल,गोरखा एक्सप्रेसका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार राजन कार्की, बाल साहित्यकारका रुपमा प्रशिद्धि कमाएकी ललिता दोषी लगायत विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।

अन्त्यमा सभाध्यक्ष मोहन कार्कीले योग्य तथा अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्दै विशिष्ट व्यक्तित्वहरुलाई सम्मान पत्र,कदर(पत्र तथा मयाको चिनो प्रदान गरी सम्मानित गर्न पाउँदा अत्यंत हर्ष लागेको बताउँदै कार्यक्रमलाई सफल बनाउन उपस्थित हुनुभएका सम्पूर्ण अभ्यागतहरु प्रति हार्दिक आभार व्यक्त गरे ।

भने सोही अवसरमा साहित्यकार दुर्गा अधिकारी ‘भमरकोटे’कवि द्वारिका कुइँकेल,एली खड्का,सानू शर्मा, लगायतले रचना वाचन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य जन आकाश मिडियाका पत्रकार विनोद कार्कीले गरेका थिए । कार्यक्रमको सञ्चालन रामेछाप सांस्कृतिक कालकार समाजका सचिव नकुल गौतमले सहजरुपमा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार