रामेछापको सुनारपानीमा बोलेरो गाडी दुर्घटना,वडा सदस्यको मृत्यु,५ जना घाइते

रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा बोलेरो गाडी दुर्घटना भएको छ । सदरमुकाम मन्थलीबाट वडा नं ४ सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो । गाडी दुर्घटनामा परी वडा नं ४ सालुका वडा सदस्य पदम मायाँ नेपालीको मृत्यु भएको वडा नं ५ का वडाअध्यक्ष नविन कार्की (रबिन) ले […]

रामेछाप नगरपालिकाको पर्यटकिय सम्भावना,यस्तो छ नगरपालिकाको योजना

रामेछापको रामेछाप नगरपालिका प्राकृतिक रुपमा सुन्दर र ऐतिहासिक नगरपालिका हो । यो नगरपालिकाका धेरै ठाउँहरुमा धार्मिक ,ऐतिहासिक तथा पर्यटकीय स्थलहरु रहेका छन । ९ वटा वडाहरु रहेको यस नगरपालिका धार्मिक,ऐतिहासि र पर्यटकिय सुन्दरताले भरिपूर्ण छ । श्री स्वथानी व्रत कथामा भगवान शिवले श्रीमती सतीदेवीको मृत्यु भएपछि उनको मृत शरिरलाई बोकेर हिँड्ने क्रममा एउटा अंग पतन […]

सुनापति गाउँपालिकाको पर्यटकिय सम्भावना,यस्तो छ गाउँपालिकाको योजना

रामेछापको सुनापति डाडाँको नामबाट नामाकरण भएको सुनापती गाउँपालिका पर्यटकिय,धार्मिक तथा ऐतिहासिक रुपमै सम्भावना बोकेको ठाउँ हो । सुनापति डाडाँकोे एक अलग पहिचान रहेको छ । एकातिर यो साविकका हिलेदेबी,बेथान र खनियापानी गाउँ विकार समितिहरुको संगम स्थल हो भने अर्को तर्फ हिन्दु र वौद्ध धर्मालम्वीहरुको धार्मिक र सांस्कृतिक केन्द्र विन्दु पनि हो । सुनापति डाडाँमा महादेवको […]

रामेछापमा दुर्घटना न्यूनीकरणका लागि सवारीचालक प्रतिबद्धता अभियान

रामेछापमा चाडपर्वलक्षित दुर्घटना न्यूनीकरणका लागि सवारीचालकको प्रतिबद्धता कार्यक्रम शुभारम्भ गरिएको छ । जिल्ला सदरमुकाम मन्थलीमा बिहिबार एक कार्यक्रमको आयोजना गरी कार्यक्रम शुभारम्भ गरिएको हो । नेपालीहरुको महान पर्व दशैँ,तिहारलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा अभियानको शुभारम्भ गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख दिपक चौलागाईले बताउनुभयो । बिहिबार मोटरसाईकल चालक […]

उद्घाटनको दिन कुर्दै सैनिक स्मुति पार्क

डिभिजन बन कार्यालय रामेछापले जिल्ला अस्पताल रामेछापको मूल ढोका नजिक करिब २५ लाख रुपैयाँको लगानीमा सैनिक स्मृती पार्क निर्माण गरेको छ । पार्क निर्माण सम्पन्न भएको एक वर्ष भन्दा बढि भइसकेको भएपनि उद्घाटन भने हुन सकेको छैन । निर्माण सम्पन्न भएको यतिका समय भइसकेको भएपनि पार्क किन उद्घाटन हुन सकेन भनेर चौतर्फी आलोचना भइरहेको छ […]

राष्ट्रिय दलित कल्याण सङ्घ रामेछापको अध्यक्षमा पुनः लेखबहादुर विक चयन

नेपाल राष्ट्रिय दलित कल्याण सङ्घ जिल्ला शाखा रामेछापको अध्यक्षमा पुनः लेखबहादुर विक चयन हुनुभएको छ । शनिवार सदरमुकाम मन्थलीमा सम्पन्न भएको सङ्घको तेस्रो जिल्ला अधिवेशनले पुनः विकको नेतृत्वमा ११ सदस्यिय नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले सङ्घको उपाध्यक्षमा राजु मुग्राती, सचिवमा शर्मिला विसुन्के, कोषाध्यक्षमा गोपाल नेपालीलाई चयन गरेको हो । त्यसैगरी सदस्यहरूमा मिलन विक, […]

सम्मृद्ध रामेछाप निर्माणको लागी बहस,मन्त्री ठकुरीले जनाए प्रतिबद्धता

रामेछाप जिल्लाको पहिलो राष्ट्रिय दैनिक पत्रिका ‘गन्तव्य टुडे’को ८औँ स्थापना दिवसको अवसरमा सम्मृद्ध रामेछाप निर्माणको लागी बहस कार्यक्रम गरिएको छ । शनिबार बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले रामेछापको पर्यटन विकास र समृद्धिका लागि आगामी बजेटमार्फत विशेष सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । […]

रामेछाप नगरपालिकाले मनायो ६० औँ राष्ट्रिय बाल दिवस

राष्ट्रिय बाल दिवसको अवसरमा रामेछाप नगरपालिकाकाले विभिन्न कार्यक्रम गरेको छ । शुक्रबार ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा नगरपालिकाकाले विभिन्न कार्यक्रमहरु आयोजना गरेर भव्य रुपमा मनाएको हो । नगरपालिकाले हाजिरी जवाफ, वक्तृत्वकला,विज्ञान प्रदर्शनी र एसइई परीक्षा तथा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो । नगरभरी रहेको विद्यालयहरु बिचमा भएको […]

रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएका छन् । दोरम्बा शैलुङ्ग गाउँपालिकामा समीर रेग्मीलाई खटाउने निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको हो । यस अघि दोरम्बा शैलुङ्ग गाउँपालिकामा नरेश महतो प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । एकै पटक एक सय गाउँपालिकाले पाए प्रमुख प्रशासकीय अधिकृतको पदस्थापन  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले […]

मुख्य चाडपर्वहरुमा मात्र किन बजार अनुगमन ?

पूर्वीय संस्कृति सबैभन्दा पुरानो, समृद्ध र वैज्ञानिक छ। चाडपर्व, परम्परा र पूजाआजालाई संस्कृतिअनुसार नै पूरा गर्छौं । हरेक चाडपर्वको वैज्ञानिक महत्व छ, हाम्रा हरेक चाडपर्व जीवनशैली, खानपान, बाली र प्रकृतिमा आएको परिवर्तनमा आधारित हुन्छन् । हाम्रा चाडपर्वहरूमा पौराणिक कथाहरू उल्लेख भएसँगै खगोलीय घटनाहरू, पृथ्वीको वातावरण, मानव मनोविज्ञान र सामाजिक कर्तव्यहरूका पाठहरू पनि झल्किन्छन्। हाम्रो जीवनमा […]