बोलङ्ग बोलङ्ग,गोठगाउँ र शैलुङ्गमा टेलिकमको टावर बनेको तिन वर्षसम्म पनि सञ्चालनमा आएन

रामेछापको दुर्गम गाउँ बोलङ्ग बोलङ्गमा टेलिकमको टावर बनेको तिन वर्षसम्म पनि सञ्चालनमा आउन नसकेको भन्दै स्थानियले गुनासो गरेका छन । रामेछापको रामेछाप नगरपालिका वडा नं ४ बोलङ्ग बोलङ्ग भौगोलिक रुपमा विकट गाउँ हो । मगर समुदायको बाहुल्यता रहेको यो गाउँमा अझै नेपाल टेलिकमको टावर टिप्न कि रूख चढ्नुपर्छ कि त अग्लो डाँडा चढ्नुपर्छ । नेपाल […]

वितेको ५ वर्षमा रामेछापबाट २५ हजार बढी युवा वैदेशिक रोजगारीमा गए

वितेको ५ वर्षमा श्रम स्वीकृति लिएर रामेछाप जिल्लाबाट २५ हजार बढी युवा वैदेशिक रोजगारीमा गएका छन । सुरक्षित आप्रवास कार्यक्रम(सामी) रामेछापका अनुसार विगत ५ वर्षको अवद्यिमा २५ हजार ४ सय १० जना युवाहरु वैदेशिक रोजगारीमा गएका हुन । वैदेशिक रोजगारीमा जानेहरुमा महिलाभन्दा पुरुषको संख्या बढी रहेको छ । २० हजार २ सय ६८ जना पुरुषहरु […]

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान जिल्ला शाखा रामेछापको अध्यक्षमा नविन घिमिरे

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान जिल्ला शाखा रामेछापको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा नविन घिमिरे निर्विरोध निर्वाचित हुनुभएको हो । उपाध्यक्ष महिलामा अन्जु घिमिरे,उपाध्यक्षमा दामोदर घिमिरे,सचिवमा सुन्दर घिमिरे,सह सचिवमा वेद कुमार घिमिरे,कोषाध्यक्षमा सुन्दर घिमिरे,सदस्यहरुमा विनोद घिमिरे,दुर्गा घिमिरे,रन्जु घिमिरे,अप्सरा घिमिरे सुवेदी,शिवजी घिमिरे,डोरदेव घिमिरे,सरस्वती घिमिरे,विनोद घिमिरे, रन्जु घिमिरे,द्रोण घिमिरे र यशोदा घिमिरे चयन हुनुभएको […]

रामेछापको भंगेरी धारापानीमा पोखरीमा डुबेको अवस्थामा वृद्धको शव फेला

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ भंगेरी धारापानीमा पोखरीमा डुबेको अवस्थामा एक वृद्धको शव फेला परेको छ । सोही वडाको बाबियाखर्क घर भएका वर्ष ६७ को रामकृष्ण बुढाथोकी मृत अवस्थामा फेला परेका हुन । पोखरीमा घोप्टो परेको अवस्थामा उनको शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी रामेछाप डाँडाका अनुसार बिहिबारदेखी मृतक परिवारको […]

रामेछापको बोलङ्ग बोलङ्गमा माघि पर्व मेला

रामेछापको रामेछाप नगरपालिका वडा नं ४ बोलङ्ग बोलङ्गमा माघि पर्व मेला कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नेपाल मगर संघ वडा समितिले एक कार्यक्रमको आयोजना गरी माघि पर्व मेला कार्यक्रम गरेको हो । मगर समुदायको बाहुल्यता रहेको बोलङ्ग बोलङ्गमा हरेक वर्ष विभिन्न कार्यक्रमहरु गरी माघि पर्व मेला गरिदै आएको छ । यस वर्ष पनि विभिन्न […]

माघे संक्रान्ति घिउ, चाकु, तरुल र पिडालु

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि बिभिन्न भेग र समुदायमा बिभिन्न ढङ्गले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो । यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई […]

लोकतन्त्र, सामाजिक सञ्जाल र अभिव्यक्ति स्वतन्त्रता

डा.केदार कार्की इन्टरनेट अघि, टेलिभिजन च्यानलहरू र रेडियो फ्रिक्वेन्सीहरू जस्ता यसको सक्षम पूर्वाधारहरूमा पहुँच सीमित गर्ने बाधाहरूको कारण केही खेलाड़ी हरू सार्वजनिक बहसमा भाग लिन सक्षम थिए। डिजिटल प्लेटफर्महरूले प्रयोगकर्ता–उत्पन्न सामग्रीको लागि खुला अनलाइन समुदायहरू सिर्जना गरेर यो ढोका तोड्यो, सम्पादकीय नियन्त्रण बिना र कुनै शुल्क बिना प्रकाशित हुन थाल्यो । यसले सार्वजनिक छलफलमा सहभागिता […]

देशभक्ति र नैतिकता सहितको उत्पादनमूलक शिक्षा विधेयक कहिले ?

देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ । बदलिँदो राजनीतिक व्यवस्था अनुसार शिक्षामा पनि समय सापेक्ष परिवर्तन हुनु अनिवार्य छ । नेपालमा २०४६ सालको जनआन्दोलनबाट निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय व्यवस्था स्थापना भई दक्षिण एसियाकै उत्कृष्ट संविधानमा राजालाई पनि राखियो । वि सं २०५२ बाट सुरु भएको […]

रामेछाप अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको सेवा प्रवाह : १ सय ४५ जनाले लिए सेवा

रामेछाप अस्पताल रामेछापमा आइतबार(आज) भएको विशेषज्ञ चिकित्सक सहितको सेवा प्रवाहमा १ सय ४५ जनाले सेवा लिएका छन । मुटु रोग विशेषज्ञ,स्त्री रोग विशेषज्ञ,नाक कान तथा घाँटी रोग विशेषज्ञले सेवा दिएका हुन । मुटु रोगका ६० जना,स्त्री रोगका ३५ जना र नाक कान तथा घाँटी रोगका ५० जना बिरामीले सेवा लिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. […]

सातौँ रास्ट्रपति रनिङ शिल्डको उपाधी गौरीशंकर माविले जित्यो

“स्वास्थ्यका लागी खेलकुद,राष्टका लागी खेलकुद”भन्ने मुल नाराका साथ रामेछापको रामेछाप नगरपालिकामा शुक्रबारदेखि सुरु भएको सातौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्री गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा २७ स्वर्ण, २३ रजत र […]