रामेछापको खिम्तीस्थित छतिउने खोलामा बोलेरो दुर्घटना,५ जना घाइते
रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीस्थित छतिउने खोलामा बोलेरो जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। गोकुलगंगा गाउँपालिका–६ फर्पुबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२९ च ६३६० नम्बरको बोलेरो गाडी बिहीबार दिउँसो दुर्घटनामा परेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक सुवास चन्द्र मण्डलका अनुसार दुर्घटनामा गोकुलगंगा–५ नामाडीका २२ वर्षीय चालक नोर्वु तामाङ, […]

