रामेछापमा यो वर्ष पनि मकै बालीमा फौजि किराको प्रकोप

फौजी किराको प्रकोप बढेपछि रामेछापका किसान चिन्तित बनेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा लगाएको मकै बालीमा फौजी किराले क्षति पु¥याएको छ । किराको हुलले मकैको पात, गुभा र डाँठ समेत खाएपछि मकैबाली नै सखाप हुने हो कि भन्ने चिन्ताले किसानलाई सताएको छ । जिल्लाका धेरै जसो स्थानमा फौजी किराको प्रकोप देखिएको छ । जोत्ने बेला […]

छुवाछूतमुक्त घोषणाको १९ वर्षः जातीय छुवाछूत भने कायमै

रामेछापका सरोकारवालाले कानुनको व्यवहारिक कार्यान्वयन नहुँदा समाजमा अझै जातीय भेदभाव तथा छुवाछूत कायमै रहेको बताएका छन् । १९ औँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल जिल्ला शाखा रामेछापले सदरमुकाम मन्थलीमा सोमबार आयोजना गरेको साझा सवाल र जबाफदेहिता सहितको अन्तरक्रिया तथा छलफल कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् । मन्थली नगरपालिका […]

रामेछापको मन्थलीमा रक्तदान कार्यक्रम सम्पन्न,४५ जनाले गरे रक्तदान

रामेछापको सदरमुकाम मन्थलीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज(शनिबार) बिहान देवकोटा चोकमा भएको खुल्ला रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन । मन्थली बचत तथा ऋण सहकारी संस्थाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाईटी रामेछाप शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । तामाकोसी सेवा समिति ,रामेछापका सहयोगी मनहरु,रामेछाप काठमाण्डौँ सृजनशिल समाज र […]

रामेछाप बजार अनुगमन,आजभोली उपभोक्तासँगै व्यवसायिहरु पनि सचेत

रामेछाप नगरपालिकाले बजार अनुगमन गरेको छ । रामेछाप नगरपालिकाको केन्द्र समेत रहेको जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारको अनुगमन गरिएको हो । शुक्रबार बजार क्षेत्रमा रहेका खाद्यान्न,मासु,किराना,कस्मेटिक तथा अन्य विभिन्न पसलहरुको अनुगमन गरिएको अनुगमन समितिका संयोजक नारायण सुवेदीले बताउनुभयो । बजारमा दिनप्रतिदिन भइरहेको अस्वभाविक मूल्यवृद्वि नियन्त्रण गरी बजारलाई स्वच्छ, प्रतिस्पर्धी र सुपथ बनाउनको लागि बजार अनुगमन […]

रामेछाप नगरपालिका गणतन्त्र दिवस मनाउन एकिकृत घुम्ती शिविर सहित धारापानी बसेरीमा

रामेछापको रामेछाप नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा मंगलबार(आज) वडा नं ४ को विकट ठाउँ धारापनी बसेरीमा एकिकृत घुम्ती शिविर संचालन गरेको छ । नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की,नगर प्रबक्ता समिर कार्की सहित नगरको टिम नै घुम्ती सेवा शिविर लिएर धारापनी बसेरी पुगेको हो । घुम्ती सेवा शिविरमा स्वास्थ्य,कृषि,पशु,जेष्ठ नागरीक परिचय पत्र वितरण लगाएतको विभिन्न […]

रामेछापको रामेछाप नगरपालिकाको जम्मा बजेट खर्च ५९.४७ प्रतिशत

रामेछापको रामेछाप नगरपालिकाको जम्मा बजेट खर्च ५९.४७ प्रतिशत रहेको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ को हालसम्म यति रकम खर्च गरेको जनाएको छ । चालू तर्फ ५१ करोड २६ लाख १२ हजार १ सय ३० रुपैया ३२ पैसा र पुँजीगत तर्फ २४ करोड ६९ लाख ८५ हजार ५ सय ११ रुपैया ३४ पैसा गरी […]

रामेछाप नगरपालिकाका जनप्रतिनिधी र स्थानियले गणेश हिमाल तराइ र अरनिको बस रोके

रामेछापको रामेछाप नगरपालिकाका केही जनप्रतिनिधि र बजारका स्थानियहरुले शनिबार(आज) बिहानै काठमाण्डौँ हिँडेको बसलाई रोकेका छन । रामेछाप नगरपालिकाको विभिन्न ठाउँका यात्रुहरु लिएर काठमाण्डौँ तर्फ हिँडेको गणेश हिमाल तराइ यातायात र अरनिको यातायातको ४ वटा बस १ घण्टा रामेछाप बजारमा रोकिएका हुन । रामेछाप नगरपालिका १ का स्थानिय कृष्ण कार्कीले गोठगाउँ,देउराली,साँघुटार र हिमगंगामा यि समितिहरुले बस […]

जुनार कृषकका लागी उत्पादन र बजारीकरण सम्बन्धि तालिम सुरु

रामेछापको रामेछाप नगरपालिकामा जुनार कृषकका लागी जुनार उत्पादन र बजारीकरण सम्बन्धि तालिम आजदेखी सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाइ रामेछापको आयोजनामा तालिम सुरु भएको हो । तालिममा रामेछाप र मन्थली नगरपालिकाका जुनार खेती गर्ने कृषकहरुको सहभागीता रहेको छ । ३ दिनसम्म संचालन हुने तालिममा जुनारको विरुवा रोपेदेखी दाना फलेर टिप्ने बेलासम्मको […]

रामेछापका ५५ सय बढी बालबालिकालाई पोलियोविरुद्धको आई.पी.भी. खोप लगाईँदै

रामेछापका ५ हजार ५ सयभन्दा बढी बालबालिकालाई पोलियो भाईरस विरुद्धको आईपीभी खोप लगाइने भएको छ । यहि जेठ १३ देखि २६ गतेसम्म देशव्यापी रुपमा आईपीभी खोप अभियान सञ्चालन हुँदैछ । जिल्लामा रहेका दुई नगरपालिका र ६ वटा गाउँपालिकाका पाँच हजार ५ सय १५ जना बालबालिकालाई पोलियो विरुद्धको आईपिभी खोप लगाइने जनस्वास्थ्य कार्यालय रामेछापका खोप कार्यक्रमका […]

रामेछापको दुरागाउँमा करेन्ट लागेर बालकको मृत्यु

रामेछापको दुरागाउँमा करेन्ट लागेर बालकको मृत्यु भएको छ । लिखु तामाकोशी गाउँपालिका वडा नम्बर १ दुरागाउँ स्थित कट्टी भन्ने स्थानमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु भएको हो । बुधबार(आज) बिहान घरमै साउन्ड सिस्टम (डेक) बजाउने क्रममा करेन्ट लागेर पाण्डव खुट्टेको मृत्यु भएको वडा अध्यक्ष प्रदीप कुमार तामाङले जानकारी दिनुभया । उहाँका अनुसार बालकको शव […]