नेपाल औषधि व्यवसायी संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

नेपाल औषधि व्यवसायी संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ । रामेछाप अस्पताल रामेछापमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको हो । २०३० असार १० गते स्थापना भएको संघले आज(सोमबार) ५१ औं स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ संयुक्त जिल्ला शाखा रामेछाप/दोलखाले बिरामीलाई फलफुल वितरण गरेको हो […]

रामेछापकी दीपशिखा कार्की‘नेसन गट ट्यालेन्ट’मा दोश्रो हुन सफल

नेशन गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) रियालिटी सो मा रामेछापकी दीपशिखा कार्की दोश्रो हुन सफल भएकी छिन । रामेछापको रामेछाप नगरपालिका ८ कि दीपशिखाले देशभरिका २ हजार ४ सय प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै दोश्रो हुन सफल भएको उनको बुबा केदार कार्कीले बताउनुभयो । आईतबार(आज) भएको फाईनलमा उनी दोश्रो भएकी हुन । उनले १ लाख ४६ […]

रामेछाप नगरपालिकाकोे वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

रामेछापको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आईतबार(आज) १५ औँ नगरसभामा उपप्रमुख बाल कुमारी कार्कीले पेश गर्नुभएको नीति तथा कार्यक्रम र बजेट पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो । नगरपालिकाका प्रबक्ता समिर कार्कीले वार्षिक नीति तथा कार्यक्रम र बजेट पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो […]

गोलन्जोर गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज गाउँपालिकाले गाउँसभाको १५ औँ अधिवेशन कार्यक्रम मार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सम्मुनत र समृद्ध पालिका निर्माण गर्ने लक्ष्य अनुसार योजना तथा कार्यक्रमहरु तयार गरिएको बताइएको छ […]

बिद्यालयको बार्षिक उत्सवमा वडाध्यक्ष घिमिरे सम्मानित

रामेछापको मन्थली नगरपालिका ४ मा रहेको श्री सेती देवी माध्यमिक बिद्यालयले आफ्नो बार्षिक उत्सवको अवसरमा वडाध्यक्षलाई सम्मान गरेको छ । बिद्यालयले ६४ औ बार्षिक उत्सवको अवसरमा वडाध्यक्ष राजन घिमिरेलाई वडा भरिमै शैक्षिक सुधारका लागि प्राथमिकतामा राखेर काम गरेको भन्दै सम्मान गरेको हो। वडाध्यक्ष निर्वाचित भएर जिम्मेवारी सम्हाले देखि नै वडाको शैक्षिक स्थित सुधारलाई प्राथमिकतामा राखेर […]

समाजसेवी संगिता घिमिरेद्वारा जन्मदिनमा सडकमानवलाई भोजन सेवा

जापानमा बस्दै आएकी समाजसेवी संगिता घिमिरेले आफ्नो जन्मोत्सवको अवसर पारेर असार ४ गते काठमाडौंका विभिन्न सडकपेटी, पुलमुनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य भएका सयौं मानिसहरुलाई भोजन गराएकी छिन् । उनले दुःखी, गरीब एवम् असहाय हुनुभएका मानिसहरुलाई भोजन गराउन युवा समाजसेवी प्रदिप घिमिरेलाई पन्ध्र हजार आर्थिक सहयोग उपलब्ध गराएकी थिइन् । समाजसेवी प्रदिप […]

रामेछापको मन्थली नगरपालिकाको नीति कार्यक्रम र बजेट सार्वजनिक,एक अर्ब बढीको बजेट प्रस्तुत

रामेछापको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले नगरसभाको १५ औँ अधिवेशन माफर्त नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब एक करोड ९७ लाख ८१ हजार रुपैयाँ बजेट प्रस्तुत गर्नुभयो । […]

भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका हाकिम मदिराले झ्याप

भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका हाकिमले मदिरा सेवन गरेर आतंक मच्चाएका छन । कार्यालय प्रमुख सुरेश दाहाल सोमबार बिहानै मदिराले लठ्ठिएर होहल्ला गर्दै गरेको अवस्थामा फेला परेको हुन । कार्यालयमै अपशब्द बोल्दै ठुलो आवाजमा कराउँदै गरेका दाहालले आतंक मच्चाएका हुन । उनले कार्यालयमा काम गर्ने कर्मचारीहरु,विभिन्न राजनीतिक दलका प्रमुखहरु,रामेछापका प्रमुख जिल्ला अधिकारी,सांसद,जनप्रतिनिधी लगायतलाई नाम […]

रत्न गौतम विपन्न र असहायको सहारा बन्दै

नेकपा एमाले राष्ट्रिय परिषद् सदस्य रत्न गौमले विगत लामो समयदेखि विपन्न र असहाय नागरिकको समस्यामा समाधानमा सयोगी भूमिका निभाउँदै आउनु भएको छ । सक्रीय राजनीति यात्रामा आफूलाई समाहित गरिरहनु भएका गौतम पेशाले निर्माण व्यवसायी हुनुहुन्छ । जिल्लामा निर्माण व्यवसायको क्षेत्रमा लागेर सम्पत्ति आर्जन गर्ने नेताहरु त धेरै छन् । अन्य निर्माण व्यवसायी र नेताहरुको तुलनामा […]

बागमती प्रदेशसरकारले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट,सडक र कृषिलाई प्राथमिकता

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ । शनिबार आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले चालु आर्थिक वर्षको भन्दा करिब २ अर्ब रुपैयाँ बढीको बजेट ल्याएका हुन् । बागमतीमा चालु आर्थिक वर्षको बजेट ६२ अर्ब ७१ अर्ब थियो । बागमती सरकारले चालुतर्फ २६ […]