रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएका छन् । दोरम्बा शैलुङ्ग गाउँपालिकामा समीर रेग्मीलाई खटाउने निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको हो । यस अघि दोरम्बा शैलुङ्ग गाउँपालिकामा नरेश महतो प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । एकै पटक एक सय गाउँपालिकाले पाए प्रमुख प्रशासकीय अधिकृतको पदस्थापन  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले […]

सिन्धुलीको जुनारमा सुँडे पुतलीको प्रकोप

सिन्धुलीको जुनारमा सुँडे पुतलीको प्रकोप देखिएको छ । जुनारको फल चुस्ने सुँडे मोथ पुतली व्यापक मात्रामा देखा परेको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले बताउनुभयो । पुतलीबाट क्षति हुने दरले प्रकोपकै रूप लिएपछि पालिकाले पुतली समात्ने र मार्ने उपाय निकालेको उहाँले बताउनुभयो । यहि १५ भाद्रमा गोलन्जोर ५ खनियाखर्कमा सुँडे मोथ पुतली रोकथाम तथा नियन्त्रण सम्बन्धी […]

सेजल एण्ड सिस्टर फाउण्डेसनद्वारा वृद्धहरुको गाँस, बास र कपासको व्यवस्था गर्दै संयुक्त गृह शिलान्यास

भदौ, २५ । झापाको बेलडाँगी शिविर र मोरङको पथरी शनिश्चरे क्याम्पमा सेजल एन्ड सिस्टर फाउण्डेसनद्वारा एकल, वृद्धवृद्धा र अशक्तहरुको लागि खाने बस्ने संयुक्त गृहको गत साता शिलान्यास भएको छ । पुनर्वासका क्रममा तेस्रो मुलुक संयुक्त राज्य अमेरिका बस्दै आउनुभएका समाजसेवी मेघ सुवेदी अमेरिकादेखी नेपाल आएर क्याम्पमा विविध कारण वृद्ध अवस्थामा कष्टकर जीवान यापन गर्दै आएका सामान्य […]

सैनिक स्मृती पार्क निर्माण भएको लामो समय बित्यो,किन उद्धघाटन भएन ?

डिभिजन बन कार्यालय रामेछापले जिल्ला अस्पताल रामेछापको मूल ढोका नजिक करिब २५ लाख रुपैयाँको लगानीमा निर्माण गरेको पार्क निर्माण सम्पन्न भएको लामो समय वितिसक्दा समेत उद्धघाटन हुन सकेको छैन । कार्यालयको कुल २५ लाख रुपैयाँ र श्रमदान १० प्रतिशत(एक लाख रुपैयाँ) गरी कुल २६ लाखको लागतमा स्थानीय उपभोक्ता समितिले २०८० साल असार १३ गते नै […]

सभापति कान्छारामले आतङ्क मच्चाएको सचिवको आरोप,भण्डाफोर गर्ने चेतावनी

नेपाली कांग्रेस रामेछाप जिल्ला कार्यसमितिका पदाधिकारीबीच असन्तुष्टि बढ्दै गएको छ । पार्टीको १४औं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका पूर्णबहादुर तामाङ (कान्छाराम) ले निरङ्कुशता लाद्न खोजेको आरोप छ । कान्छारामले कसैसँग सल्लाह नगरी एकलौटी ढंगले निर्णय गर्ने, हस्तक्षेप गर्ने, पदाधिकारीको मर्यादामा समेत असर पर्ने किसिमको गतिविधि गर्ने कांग्रेस रामेछाप जिल्ला सचिव दीपक खड्काको आरोप छ । […]

संबिधान दिवसमा रामेछापका दुई कैदी छुट्दै

संबिधान दिवसको अवसरमा रामेछापका २ जना कैदीको कैद सँजाय मिनाहा गरेर थुनामुक्त गरिने भएको छ । कारागार व्यवस्था विभागले देशभरवाट करिव एक हजार कैदीको कैद मिनाहा गर्ने तयारी गरिरहेका बेला रामेछापका २ जना कैदीको पनि कैद मिनाहा हुन लागेको हो । विभागले कैद मिनाहाका लागि भदौ १६ गते सार्वजनिक गरेको ४९२ जनाको सूचिमा रामेछापका २ […]

मन्थलीमा उद्योग तथा वाणिज्य कार्यालय रामेछापको अन्तरकृया

उद्योग तथा वाणिज्य कार्यालय रामेछापले आफनो कार्यालयले गर्ने सेवा प्रवाह र कार्यालयले गर्दे आएको सेवा प्रवाह र प्रगतिको वारेमा अन्र्तरक्रिया गरेको छ । कार्यालयले मंगलबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा र बुधबार आफनै कार्यालयमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेको हो । कार्यालयले बुधबार वागमति प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण समिति सभापति एवं साँसद आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा […]

रामेछापको मन्थलीमा स्ववियुले चलायो लोकसेवा तयारी कक्षा

मन्थली शहिद स्मृति क्याम्पस स्वतन्त्र विद्यार्थि युनियन मन्थलीले क्याम्पस भित्र लोकसेवा आयोगको तयारी कक्षा आरम्भ गरेको छ । क्याम्पसमा अध्ययनरत लोक सेवा आयोगको तयारी गर्न चाहने विद्यार्थिहरुलाई सहज होस भन्नका लागि स्ववियुले बुधबारबाट कक्षा आरम्भ गरेको हो । उक्त तयारी कक्षाको शुभारम्भ कार्यक्रमका प्रमुख आतिथ्यता वागमति प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण समिति सभापति एवं साँसद आनन्द […]

रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

नेपाल रेडक्रस सोसाइटी उपशाखा रामेछापले ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज ६२ औँ स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा रामेछाप अस्पतालमा भर्ना भएका ११ जना बिरामीलाई फलफूल वितरण गरिएको हो । रामेछाप नगरपालिकाका प्रबक्ता समिर कार्की,रामेछाप नगर उद्योग वाणिज्य संघका अध्यक्ष अमित कुमार तामाङ्ग,अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.केशव श्रेष्ठ सहितको उपस्थितीमा फलफूल वितरण […]

बिस्कुट उद्योग चलाइरहेकी तारा देवीको सफलता र संघर्ष

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ लामागाउँमा जन्मिएकी तारा देवी श्रेष्ठको चार जनाको परिवार छ । उनलाई पैसा आवश्यकता परेको बेला आफन्तले सापटी नदिएको कारण व्यवसायमा लाग्ने प्रेरण मिल्यो । उनले रामेछाप बजारमा ताम्राकार बेकरी उद्योग संचालन गरेकी छिन् । उनको श्रीमान पहिला देखी नै विष्कुट कारखानामा काम गर्दै आएकाले पनि उनले श्रीमानको सहयोमा विष्कुट […]