रामेछाप महोत्सवः न दर्शक तान्यो, न व्यापार, २४ वटा स्टल रित्तो

रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा माघ १६ गतेदेखि शुरु भएको ‘रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी, २०८१’ प्रायः सुनसान देखिन्छ । महोत्सव शुरु हुने केही दिनअघि मात्रै पत्रकार सम्मेलन गरी यस वर्षको महोत्सवमा ५० हजार दर्शक भित्र्याउने उद्धघोष गरेको रामेछाप उद्योग वाणिज्य संघको आँकलन अहिले अपेक्षित दर्शकको उपस्थिति नहुँदा निरर्थक बन्ने निश्चित देखिन्छ । माघ […]

रामेछापको मानेडाँडामा बुद्धको मूर्ति अनावरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मानेडाँडामा बुद्धको मूर्ति अनावरण गरिएको छ । बुधबार(आज) रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने र बौद्ध धर्मका गुरु टुल्कु साङ्गे शेडुब तेन्जीन ठिन्ले पालश्याङपो रिन्पोक्षले संयुक्त रुपमा मूर्ति अनावरण गर्नुभयो । धर्म गुरु रिन्पोक्षले बुद्ध मूर्ति प्राणप्रतिष्ठा,छेवाङ तथा टाप्चे गर्नुभयो । रामेछाप नगरपालिकाको १५ लाख र स्थानियबाट सहयोग संकलन भएको […]

रामेछापको ६ पालिकाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप लगाउन सुरु

रामेछापको ६ वटा पालिकाका छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप लगाउन सुरु गरिएको छ । आज(मंगलबार) मन्थली नगरपालिका,उमाकुण्ड गाउँपालिका,गोकुलगंगा गाउँपालिका,खाँडादेवी गाउँपालिका,दोरम्बा शैलुङ गाउँपालिका र सुनापती गाउँपालिकामा यो खोप अभियान सुरु भएको हो । यि पालिकाहरुमा यहि माघ २४ गते सम्म यो खोप खभियान संचालन हुनेछ । दोश्रो चरण अन्तर्गत माघ २८ देखी ३० गते सम्म […]

प्रेस चौतारी रामेछापको अध्यक्षमा बिक चयन

प्रेस चौतारी रामेछापको अध्यक्षमा लेख बहादुर बिक चयन हुनुभएको छ । मंगलबार भएको पाँचौ जिल्ला अधिवेशनले बिकलाई अध्यक्षमा चयन गरको हो । उपाध्यक्षमा शान्ता श्रेष्ठ,सीता पुरी,सचीवमा शंकर बरुवाल,सह सचीवमा कुमार मिजार,मणिराज सुनुवार,कोषाध्यक्षमा शर्मिला बिसुन्खे सदस्यहरुमा भवानी खड्का र सन्जना रसाइली चयन हुनुभएको हो । यसैगरी केन्द्रिय प्रतिनिधिमा युनिक बिफा घिसिङ,पार्बती घिमिरे चयन हुनुभएको हो । […]

रामेछाप अस्पतालमा २४ सै घण्टा बाल रोग विशेषज्ञले सेवा दिँदै

बच्चाहरुको हरेक किसिमको उपचार अहिले रामेछाप अस्पताबाटै भैरहेको छ । अस्पतालमा नियमित रुपमा २४ सै घण्टा बच्चाहरुको लागी ओपीडी,ईमर्जेन्सी र एसएनसियु सेवा संचालन भैरहेको अस्पतालका निमिक्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालमा बाल रोग विशेषज्ञ डा निरज श्रेष्ठले नियमित रुपमा ओपीडी,ईमर्जेन्सी र एसएनसियु सेवा दिँदै आउनुभएको छ । बच्चाहरुको विभिन्न रोगको उपचार […]

तामाकोशी नदिमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु

तामाकोशी नदिमा करेन्ट लगाएर माछा मार्ने क्रममा रामेछापमा एक युवकको ज्यान गएको छ । गएराति १० बजेको समयमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा जिल्लाको मन्थली नगरपालिका–८ चिसापानी स्थित जखनीटारका २१ वर्षीय सुरेश माझीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीका अनुसार करेन्ट लगाएर माछा मार्न भन्दै गए राति जखनीटारका मृतक […]

शिक्षकदम्पतीद्धारा विद्यालयमा सरस्वती मन्दिर निर्माण पछि हस्तान्तरण

रामेछापको मन्थली नगरपालिका–५ स्थित भैरवी मावि सुनारपानीको हाताभित्र निर्मित सरस्वति मन्दिरको उद्घाटन गरिएको छ । उक्त विद्यालयमा अध्यापन गराउने शिक्षक दम्पत्ति द्वारिका कार्की र शिक्षक महालक्ष्मी कार्कीले निजि लगानिमा निर्माण गरिदिएको सरस्वति मन्दिरको वसन्तपंचमीको अवसर पारेर प्राण प्रतिष्ठा सँगै मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले एक औपचारिक कार्यक्रमका विच सोमबार उद्घाट्न गर्नु भएको हो । लामो […]

राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरको सभापतिमा दुर्गा बहादुर बस्नेत चयन

राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिकाको सभापतिमा दुर्गा बहादुर बस्नेत चयन हुनुभएको छ । शनिबार रामेछाप बजारमा भएको रामेछाप नगरपालिका भेलाले बस्नेतको सभापतित्वमा ११ सदस्य कार्यसमिति चयन गरेको हो । जस अनुसार सभापतिमा दुर्गा बहादुर बस्नेत,उप–सभापतिमा रमा हायु,सचिबमा बुद्धिराज श्रेष्ठ,कोषाध्यक्षमा अम्बिका तामाङ,सदस्यहरुमा क्रमश..रामकुमार श्रेष्ठ,सानीमाया तामाङ र ज्ञानबहादुर श्रेष्ठ चयन हुनभएको हो । बाँकी सदस्यहरु सबै वडालाई […]

निशान बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारण सभा सम्पन्न

‘खुशी,सुशी र समृद्धिको पहिचान,हाम्रो आफ्नै सहकारी निशान’ भन्ने मूल नाराका साथ स्थापना भएको निशान बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नु हुँदै रामेछाप नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्गले जुन उद्धेश्यले यो संस्था स्थापना भएको हो […]

अपाङ्गता भएका १ सय ६६ जनालाई जाडोमा ओढ्ने न्यानो बल्याङकेट वितरण

रामेछापको रामेछाप नगरपालिकाले शारीरिक रूपमा अपाङ्गता भएका नगरका १ सय ६६ जनालाई जाडोमा ओढ्ने न्यानो कपडा बल्याङकेट वितरण गरेको छ । नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले वडावडामै पुगेर बल्याङकेट वितरण गरिरहनुभएको हो । अपाङ्गता भएका नगरका नागरीकहरुले जाडोमा ओढ्ने बल्याङकेट माग गरे अनुसार वितरण गरिएको उपप्रमुख कार्कीले बताउनुभयो । महिला,बालबालिका तथा जेष्ठ नागरीकहरुले नगरपालिकाबाट विभिन्न […]