रामेछापमा योग अभ्यास गर्नेको सङ्ख्या बढ्दै

स्वस्थ रहनका लागि योगको महत्व बढ्दै गएको छ । विभिन्न कारणले मानिस अस्वस्थ हुने क्रम बढेसँगै योगतर्फको आकर्षण अझ बढेको हो । रामेछापमा स्वस्थ जीवनशैली र तनाव व्यवस्थापनका लागि योग साधना केन्द्रमा दैनिक योग गर्न जानेको सङ्ख्या बढिरहेको छ । विशेष गरी बजार क्षेत्रका नागरिक योग अभ्यासका लागि साधना केन्द्रहरूमा पुग्ने गरेका छन् । जिल्लामा […]

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा मन्थली नगरपालिका पहिलो

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा रामेछापका आठ स्थानीय तहमध्ये मन्थली नगरपालिका पहिलो भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार जारी गरेको नतिजा अनुसार ७४.५० अङ्क सहित मन्थली नगरपालिका पहिलो भएको हो । मन्थली नगरपालिकाले प्रशासकीय प्रबन्धमा कुल अङ्कको ८.५ अङ्क¸सङ्गठन तथा प्रशासनमा ७ अङ्क¸वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७.५ अङ्क¸ वित्तीय […]

रामेछापका विनय घिमिरे त्रिवि पहिलो सेमेस्टरमा ’टप’

रामेछाप जिल्लाको रामेछाप नगरपालिका–०८ बाबियाखर्कका विनय घिमिरेले त्रिभुवन विश्व विद्यालय अन्तर्गतको पहिलो सेमेस्टरमा ’टप’ गर्नुभयो । शारदा संस्कृत मावि बाबियाखर्कबाट आफ्नो प्रारम्भिक अध्ययन थालेका घिमिरेले त्रिविले लिएको वार्षिक परीक्षामा (बिबिए) तर्फ शंकरदेव क्याम्पस काठमाडौँबाट विश्व विद्यालय टप गर्नुभयो । त्रिभुवन विश्व विद्यालय गत मङ्गलवार नतिजा प्रकाशित गरेको थियो । यस अगाडि पनि शंकरदेव क्याम्पसले लिएको […]

रामेछापको मन्थलीमा फ्रिजको कम्प्रेसर चोरी गर्ने पुरुष पक्राउ

रामेछापको मन्थलीमा फ्रिजको कम्प्रेसर चोरी गर्ने पुरुष पक्राउ परेका छन । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १ बिच बजारमा प्रत्युस इन्टरप्राइजेजको फ्रिजको कम्प्रेसर चोरी गर्ने मन्थली नगरपालिका १ बस्ने हरी खड्कालाई पक्राउ गरिएको हो । पक्राउ परेको खड्काले कृषी बिकास बैंकबाट हाटेचौर तर्फ जाने बाटोमा रहेको प्रत्युस इन्टरप्राइजेजको स्टोरमा मर्मत गरेर राखेको १९० लिटरको […]

रामेछापमा वर्तमान अवस्थामा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रामेछापमा वर्तमान अवस्थामा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल जिल्ला शाखा रामेछापको आयोजनामा बुधवार कार्यक्रम सम्पन्न भएको हो । जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष मिलन घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा रामेछापमा राजनैतिक दलका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।कार्यक्रममा सहभागी पत्रकारहरूले पछिल्लो समय […]

रामेछाप भंगेरीका नेवार समुदायको लाखेनाच सुरु

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ भंगेरीमा रहेका नेवार समुदायले देखाउने लाखेनाच आज (सोमबार) देखी सुरु भएको छ । भंगेरी लाखे नाच सांस्कृतिक समुहले यहि भदौ ३ देखी १० गतेसम्म लाखेनाच प्रदर्शन गर्न लागेको हो । २००९ सालदेखी निरन्तर रुपमा भंगेरीका नेवार समुदायले लाखे नाच प्रदर्शन गर्दै आएका छन । यस बर्ष ५ गते हिले […]

रामेछापको सालुमा नगद सहित मोबाईल चोरी गर्ने ३ जना पक्राउ

रामेछापको सालुबाट नगद सहित मोबाईल चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । यहि साउन ३१ गते मन्थली नगरपालिका ४ सालु सामलस्थानका सोम बहादुर खत्रीको घरबाट ओप्पो कम्पनीको मोबाईल र केही नगद चोरी भएको थियो । खत्रीले नगद सहित मोबाईल चारी भएको जानकारी प्रहरी चौकी सालुमा गराउनुभयो । उजुरी प्राप्त हुनसाथ प्रहरी चौकी सालुले […]

रातको समयमा रामेछापबाट खसी चोरी गर्ने सिन्धुलीका युवक पक्राउ

रातको समयमा रामेछापबाट खसी चोरी गर्ने सिन्धुलीका युवकलाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप नगरपालिका ४ का विर बहादुर मगरले पालेको ३ वटा खसी चोरी गर्ने सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं २ का वर्ष २७ का गोपीलाल सुनुवारलाई प्रक्राउ गरिएको हो । पक्राउ परेका सुनुवारले मगरको गोठबाट ३ वटा खसी चोरी गरेका थिए । उनलाई […]

रामेछापमा बाँदर लगायत जङ्गली जनावरको आतङ्क,किसानलाई सास्ती

रामेछापका धेरै ठाउँमा जङ्गली जनावरका कारण किसानले सास्ती ब्यहोर्नु परिरहेको छ । खासगरी बाँदर,बँदेल,दुम्सी लगायत विभिन्न जङ्गली जनावरले बालीनाली सखाप पारिदिनाले किसानले बर्सेनि करोडौँ रुपैयाँको नोक्सानी ब्यहोर्नुपरिरहेको हो । जिल्लाको लिखु तामाकोशी गाउँपालिका ४ मा पनि जङ्गली जनावरले बालीनाली सखाप बनाउने गरेको छ । बाँदर,मृग र दुम्सीले बालिनाली नै नष्ट गर्ने गरेको श्रीराज महतले बताउनुभयो […]

शिक्षा क्षेत्र सुधारको लागी रामेछाप नगरपालिकाले दस वर्षे शैक्षिक योजना निर्माण गर्दै

रामेछापको रामेछाप नगरपालिकाले शिक्षा क्षेत्र सुधारको लागी दस वर्षे शैक्षिक योजना निर्माण गर्ने भएको छ । नगरपालिकाले शिक्षालाई सर्वसुलभ, पहुँचयोग्य एवं गुणस्तरीय बनाउनका लागि योजना निर्माण गर्न लागेको नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले बताउनुभयो । विगतको अवस्था, वर्तमानको यथार्थ र भविष्यको सपना बोध हुने गरी योजना निर्माण हुने उहाँले बताउनुभयो । नगरपालिकाले बनाउन लागेको योजनामा ज्ञान, […]