आठ दिने ‘इएलडीएस’ तालिम सञ्चालनः लिखुतामाकोशी गाउँपालिकाका ३५ शिक्षकको सहभागिता
सेतो गुराँस राष्ट्रिय बालविकास सेवा संस्थाले ३५ जना बाल शिक्षकहरुलाई ‘प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित निर्माणात्मक मूल्याङ्कन’ सम्बन्धी आठ दिने तालिम प्रदान गरेको छ । “प्रारम्भिक बालविकासमा लगानी, दिगो राष्ट्र विकासको थालनी” भन्ने मूल नाराका साथ सञ्चालन गरेको आठ दिने तालिममा रामेछापको लिखुतामाकोशी गाउँपालिकाभित्रका ३५ विद्यालयका ३५ जना बालविकास शिक्षकहरु सहभागी भएका थिए । […]