रामेछाप नगरपालिकामा ईसिडी हार्मेनी परियोजनाको वार्षिक समिक्षा

रामेछापको रामेछाप नगरपालिकासँगको सहकार्यमा चाइल्ड एड नेटवर्क फाउन्डेसनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्राविधिक सहयोगमा सञ्चालित ईसिडी हार्मोनी परियोजनाले एक वर्षभरी गरेको कामको समिक्षा गरिएको छ । शनिबार(आज) नगरपालिकाको सभाहलमा परियोजनाको वार्षिक समिक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । परियोजनाले एक वर्षभरी गरेका कामहरुको बारेमा परियोजना संयोजक मैयाँ बस्नेतले जानकारी गराउनुभयो । […]

मन्थली नगरपालिकामा ‘प्रारम्भिक बालविकासमा प्रधानाध्यापकको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण’ कार्यक्रम

रामेछापको मन्थली नगरपालिकाले सबै विद्यालयका प्रधानाध्यापकहरुलाई ‘प्रारम्भिक बालविकासमा प्रधानाध्यापकहरुको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण  गरेको छ । जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाले नगर भित्रका ६८ वटै विद्यालयका प्रधानाध्यापकहरुलाई प्रारम्भिक बालविकामा प्रधानाध्यापकको नेतृत्व विकास सम्बन्धी दुई दिने अभिमुखीकरण गरेको हो । यो दुई दिने अभिमुखीकरण कार्यक्रमबाट आफूहरुले धेरै कुरा सिक्ने अवसर पाएको सहभागीहरुले बताएका छन् । अभिमुखीकरण […]

मन्थली नगरपालिकाले प्रारम्भिक बालविकास रणनीति  बनाउने

रामेछापको मन्थली नगरपालिकाले स्थानीय प्रारम्भिक बालविकास रणनीति बनाउने भएको छ । जिल्ला सदरमुकाम मन्थली नगरपालिकाले प्रारम्भिक बालविकास रणनीति निर्माण सम्बन्धी दुई दिने कार्यशालाको आयोजना गरी रणनीति बनाउने विषयमा छलफल गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलाय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको समझदारीअनुसार मन्थली नगरपालिकासँगको सहकार्यमा चाइल्डएड नेटवर्क फाउण्डेशनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय […]

रामेछापका आधारभूत विद्यालयहरूमा विद्यार्थीको अभाव,विद्यालय टिकाउनै समस्या

आजभन्दा १०/१२ वर्ष अघिसम्म रामेछाप जिल्लामा रहेका आधारभूत विद्यालयहरुमा विद्यार्थीको चाप थियो । एउटा विद्यालयमा थोरैमा पनि २ देखी ३ सयको हाराहारीमा विद्यार्थीहरु अध्यन गर्थे । एउटै कक्षामा ३ वटासम्म सेक्सन बनाएर विद्यार्थी पढाएको सम्झनुहुन्छ रामेछाप नगरपालिका ७ मा रहेको आवि मुडेखोलाका प्रधानाध्यापक प्रेम कुमार श्रेष्ठ । रामेछापका मात्रै नभएर आवि मुडेखोलामा सिन्धुलीको वितिजोरदेखीका विद्यार्थीहरु […]

मन्थली नगरपालिकाले बालश्रमको अनुगमन गरी विश्‍व बाल दिवस मनायो

रामेछापको मन्थली नगरपालिकाले बाल श्रमको अनुगमन गरी आज विश्‍व बाल दिवस मनाएको छ । जिल्ला सदरमुकाम मन्थली नगरपालिकाले आज “बालबालिकामा लगानी सुनिश्‍चित भविष्यको थालनी” भन्‍ने मूल नाराका साथ बाल श्रमको अनुगमन गरी विश्‍व बाल दिवसको मनाएको हो । मन्थली नगरपालिकाको सहयोगमा नमुना मन्थली नगर बाल सञ्‍जाल र १ नं. वडा बाल सञ्‍जालको संयुक्त आयोजनामा भएको […]

रामेछाप नगरपालिकाले विभिन्न प्रतियोगिताहरु आयोजना गरी मनायो विश्व बाल दिवस

विश्व बाल दिवसको अवसरमा रामेछाप नगरपालिकामा विभिन्न कार्यक्रम गरिएको छ । माध्यमिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता,माध्यमिक विद्यालयस्तरीय बिज्ञान प्रदर्शनी प्रतियोगिता र आधारभूत विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिएको हो । शैक्षिक सुधारमा स्थानिय तहको भूमिका विषयक शिर्षकमा भएको माध्यमिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगितामा माध्यमिक विद्यालय भंगरीकी छात्रा जेशिका श्रेष्ठ प्रथम,गौरीशंकर माविका छात्र प्रेम बहादुर खड्का द्धितिय,कालिका माविकी छात्रा शिक्षा […]

मन्थली नगरपालिकाको १४ वटै वडामा ‘वडा स्तरीय प्रारम्भिक बालविकास समिति गठन’

रामेछापको मन्थली नगरपालिकाको १४ वटै वडामा वडा स्तरीय प्रारम्भिक बालविकास समिति गठन गरिएको छ । कात्तिक १६ गतेदेखि २८ गतेसम्म नगरका सबै वडाहरुमा वडास्तरीय प्रारम्भिक बालविकास समिति गठन तथा अभिमुखीकरण सम्बन्धी १ दिने कार्यशाला सञ्‍चालन गरी समिति गठन गरिएको हो । २०७७ सालमा नेपाल सरकार राष्ट्रिय योजना आयोगले प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति, २०७७-२०८८ प्रकाशित गरेको […]

जापानमा रहेका सितारामको सहयोगमा १८ जना बालबालिकाले पाए पोशाक

श्री गौरीशङ्कर माध्यमिक विद्यालयमा अध्यनरत १८ जना टुहुरा,असहाय तथा जेहेन्दार बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको छ । रामेछाप नगरपालिका ८ का बासिन्दा हाल जापानमा रहनुभएका सिताराम श्रेष्ठले बालबालिकाहरुलाई विद्यालय पोशाक उपलब्ध गराउनुभयो । सितारामका आमा छत्र कुमारी श्रेष्ठले विद्यालयमा पुगेर सर्ट,पाईन्ट,जुत्ता,मोजा र झोला बालबालिकालाई हस्तान्तरण गर्नभयो । आफै अध्यन गरेको विद्यालयका टुहुरा,असहाय तथा जेहेन्दार बालबालिकालाइ […]

रामेछाप नगरपालिकाको ९ वटै वडाहरुमा ‘वडास्तरीय प्रारम्भिक बालविकास समिति गठन’

रामेछापको रामेछाप नगरपालिकाको ९ वटै वडाहरुमा ‘वडास्तरीय प्रारम्भिक बालविकास समिति गठन‘ गरिएको छ । रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ,वडा नं २ देउराली,वडा नं ३ साँघुटार,वडा नं ४ हिमगंगा,वडा नं ५ रामपुर,वडा नं ६ ओख्रनी,वडा नं ७ सुकाजोर,वडा नं ८ रामेछाप र वडा नं ९ ल्याङल्याङमा समिति गठन गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि […]

मन्थली नगरपालिकामा ‘वडास्तरीय प्रारम्भिक बालविकास कमिटी गठन’

रामेछापको मन्थली नगरपालिकाको दुई वटा वडामा  “वडास्तरीय प्रारम्भिक बालविकास गठन तथा अभिमुखीकरण सम्बन्धी एक दिने कार्यशाला” सम्पन्‍न भएको छ । मन्थली नगरपालिकाअन्तर्गतका वडा नं. ३ र वडा नं. ५ मा “वडास्तरीय प्रारम्भिक बालविकास गठन तथा अभिमुखीकरण सम्बन्धी एक दिने कार्यशाला” सम्पन्‍न भएको हो । कार्यशाला वडा नं. ३ मा असोज २ गते बिहिबार र वडा […]