मेरो उम्मेदवारी समग्र सुसंस्कृत राजनीतिको लागि : डा.कृष्णहरी बुढाथोकी

फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ एक निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा १७ जनाले मनोनयन दर्ता गराएका छन । राष्ट्रिय स्वतन्त्र पाटीबाट डा. कृष्णहरी बुढाथोकीले पनि मनोनय दर्ता गराउनुभएको छ । हामिले डा. कृष्णहरी बुढाथोकीलाई सोधेका छौँ : प्रतिनिधि सभामा तपाईको उम्मेदवारी किन ? मेरो उम्मेदवारी समग्र यो सुसंस्कृत राजनीतिको लागि,यो नैतिकवान राजनीति […]

रामेछापमा एमालेको कार्यकर्ताले हातपात गरेको रास्वपाको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापले आफ्ना कार्यकर्तामाथी एमालेका कार्यकर्ताले हातपात गरेको भन्दै आपत्ति जनाएको छ । मंगलबार(आज) उम्मेदवारको मनोनयन दर्ताका क्रममा आयोजित शान्तिपूर्ण ¥याली तथा कार्यक्रमको बेला अवाञ्छित गतिविधि भएको रास्वापाको आरोप छ। पार्टीका अनुसार कार्यक्रमकै क्रममा नेकपा एमालेका केही व्यक्तिहरूबाट असहिष्णु व्यवहार देखिनुका साथै भौतिक आक्रमण गर्ने उद्देश्यले हातपातसमेत भएको घटना घटेको बताइएको छ । […]

रामेछापमा उत्साहपूर्वक १७ जना उम्मेदवारको मनोनयन दर्ता

फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ एक निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा १७ जनाले मनोनयन दर्ता गराएका छन । नेपाली काँग्रेसबाट रामचन्द्र खड्का,नेकपा एमालेबाट माधव प्रसाद ढुंगेल,नेपाली कम्युनिस्ट पार्टीबाट श्याम कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभयो । यसैगरी रास्वपाबाट डा. कृष्ण हरी बुढाथोकी,उज्यालो नेपाल पार्टीबाट दिपबहादुर योञ्जन,राप्रपाबाट गोरेबहादुर तामाङ,श्रम संस्कृति पार्टीबाट डिबि थापा मगले […]

रामेछापमा प्रतिनिधि सभा निर्वाचनका लागि सबै दलले उम्मेदवारको टुंगो लगाए

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रामेछापबाट प्रमुख दलहरूले आफ्ना उम्मेदवार टुंग्याएका छन्। मुख्य चार दलका उम्मेदवार सार्वजनिक भएपछि जिल्लामा चुनावी प्रतिस्पर्धा औपचारिक रूपमा चहलपहल देखिन थालेको छ। नेपाली कांग्रेसले फेरी पनि पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई उम्मेदवार बनाएको छ। यस अघि पनि चुनाव जितेर उर्जा,जलश्रोत तथा सिँचाई राज्य मन्त्री बन्नु भएका कान्छारामलाई […]

नेपाली काँग्रेस रामेछापमा ‘युवा नेतृत्व’ को बहस,युवाहरुको विशेष कार्यक्रम

नेपाली काँग्रेस रामेछापमा ‘युवा नेतृत्व’ को बहस सुरु भएको छ । नेपाली काँग्रेस रामेछापको वर्तमान संगठनात्मक अवस्था तथा पछिल्लो राष्ट्रिय राजनीतिक परिदृश्य लाई मध्यनजर गर्दै,रामेछाप काँग्रेससँग आबद्ध युवाहरूले काठमाण्डौँमा विशेष कार्यक्रम गरेका छन । सनराईज फुडल्याण्ड मध्येबानेश्वरमा एक कार्यक्रमको आयोजनागरी नेपाली काँग्रेस रामेछापका युवाहरुले आगामी प्रतिनिधिसभा निर्वाचनमा युवाहरुलाई नेतृत्वको अवसर दिनुुपर्ने बताएका छन । उनिहरुले […]

रामेछापका कुलमान घिसिङले सम्हाले ३ वटा मन्त्रालयको जिम्मेवारी

रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं ४ बेथानमा जन्मिनुभएका कुलमान घिसिङले ३ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री घिसिङले पदभार समेत ग्रहण गर्नुभएको छ । आज दिउँसो सिंहदरबारमा रहेको मन्त्रालयमा पुगेर उहाँले पदभार सम्हाल्नुभएको हो । पदभार ग्रहण गर्दै मन्त्री घिसिङले डेडिकेटेड र […]

११२ औं बिपी जन्मजयन्तीको अवसरमा रामेछापमा बिरामीलाई फलफूल वितरण

पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११२ औँ जन्मजयन्तीको अवसरमा रामेछापमा अस्पतालहरुमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ । मंगलबार(आज) बिहान मन्थली स्थित बिपीको शालिकमा माल्यार्पण गरे पश्चात रामेछाप अस्पताल,मन्थली अस्पताल,तामाकोशी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा वेड भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएकोे हो । नेपाली कांग्रेस रामेछापका सभापति एवं प्रतिनिधि सभा सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम) […]

रामेछापमा पनि जेन जी भनिने नवयुवा पुस्ताको प्रदर्शन

रामेछापमा पनि जेन जी भनिने नवयुवा पुस्ताहरुले प्रदर्शन गरेका छन । सोमबार काठमाण्डौँमा भएको प्रदर्शनमा १९ जनाको ज्यान जानेगरी राज्यले बर्बर दमन गरेको भन्दै यसको विरोधमा मन्थलीमा युवा पुस्ताले प्रदर्शन गरेका हुन । मन्थली बजारमा नेपालको झण्डा सहित प्लेकार्ड बोकेका युवाहरुले नारा लगाउँदै प्रदर्शन गरेका छन । सोमबार प्रदर्शनमा १९ जनाको ज्यान गएको छ भने […]

रास्वपा रामेछापको हस्ताक्षर अभियान जारी,तिन हजारले गरे हस्ताक्षर

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान संचालन गरिरहेको छ । सोही अभियान रामेछापमा पनि जारी रहेको रास्वपा रामेछापका उपसभापति मोहन कार्कीले बताउनुभयो । अभियान सुरु भएदखी हालसम्म ३ हजार भन्दा बढी नागरीकले हस्ताक्षर गरेको उपसभापति कार्कीले बताउनुभयो । बिहिबार(आज) रामेछाप बजारमा भएको हस्ताक्षर अभियानमा ७ सय जनाले हस्ताक्षर गरेका […]

रामेछापमा नगण्य र अन्यायपूर्ण बजेट वितरणबाट हामी असन्तुष्ट छौँःकान्छाराम

निवर्तमान उर्जा,जलश्रोत तथा सिँचाई राज्य मन्त्री एवं रामेछापबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पूर्ण बहादुर तामाङ्ग(कान्छाराम) ले रामेछापमा संघिय तथा प्रदेश सरकारबाट नगण्य र अन्यायपूर्ण बजेट वितरण गरेकाले आफु असन्तुष्ट रहेको बताउनुभयो । बुधबार रामेछाप सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरेर कान्छारामले उप प्रधान मन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रतिनिधि सभामा व्यक्त गर्नुभएको गलत र […]