मिलन एक्लै, युवराजलाई गठबन्धनको भर, चुनाव जित्ने दुबैको दाबी

४ मंसिरमा हुने निर्वाचनमा रामेछापको प्रदेश सभा– २ मा यो पटक दुबै जना नयाँ अनुहार हुन । एमालेबाट मिलन घिसिङ र सत्ता गठबन्धनबाट युवराज चौँलागाई प्रतिस्पर्धा गर्दैछन् । घिसिङ गैर सरकारी संघसंस्था चलाएर राजनितीमा आएका व्यक्ति हुन भने चाँैलागाई माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन । २०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएका कारण […]

शान्ति प्रसाद एक्लै, तारानारायणलाई गठबन्धनको भर

४ मंसिरमा हुने निर्वाचनमा रामेछापको प्रदेश सभा– १ मा पूर्वसांसद शान्ति प्रसाद पौडेल र पूव संविधान सभा सदस्य तारानारायण श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् । पौडेल २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए भने श्रेष्ठ २०६४ को संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । २०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएका कारण शान्ति प्रसादले […]

राकाथुमको समस्याको बारेमा गुम्देल र गौश्वारामा बोलेको छु, निर्वाचित भएपछि सबै पुरा गर्छु- कान्छाराम

रामेछापबाट लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ (कान्छाराम) ले राकाथुमको समस्या समाधानको लागि निर्वाचित भएपछि आफू प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार लोकतान्त्रिक बाम गठबन्धनले खाँडादेबीको राकाथुममा आयोजना गरेको चुनावी सभामा भनाइ राख्ने क्रममा काँग्रेस पार्टी सभापति समेत रहेका उम्मेद्वार तामाङले राकाथुमको भौतिक विकास देखि सामाजिक विकासका हरेक समस्याका बारेमा […]

रामेछापमा उम्मेदवारहरू मतदाता रिझाउनमै व्यस्त

निर्वाचनलाई लक्षित गर्दै मत माग्न जनताको घरदैलोमा पुगेका उम्मेदवारलाई रामेछापका मतदाताले सडक,खानेपानी,शिक्षा,रोजगार जस्ता कुराहरुलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन । रामेछापको सुनापति गाउँपालिकाका ३ का बद्रि बहादुर कार्कीले आफनो गाउँमा व्यवस्थित सडक र गाउँमै राम्रो अस्पतालको व्यवस्था गरिदिन मत माग्न जनताको घरदैलोमा पुगेका उम्मेदवारलाई आग्रह गर्नुभयो । भौगोलिक विकटताका कारण विभिन्न आधारभुत आवश्यकता […]

रामेछापमा चुनाव जित्ने कान्छाराम र ढुंगेल दुबैको दाबी

प्रतिनिधि सभा सदस्यका लागि रामेछापमा २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । तर मुख्य प्रतिस्पर्धा भने नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) र नेकपा एमालेका कैलाश ढुंगेलबीच हुने देखिएको छ । तामाङ २०७४ सालको निर्वाचनमा पनि कांग्रेसबाट उम्मेदवार थिए । तर वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठसँग ६ हजार ३७६ मतान्तरले पराजित भए । […]

दोरम्बामा सार्वजनिक जग्गा मिचेर घर बनाउनेलाई कसरी भोट हाल्ने ?’ – कमनसिं मोक्तान

नेकपा माओवादी केन्द्रका नेता एवं दोरम्बाशैलुङ्ग गाउँपालिकाका निवर्तमान अध्यक्ष कमन सिं मोक्तानले दोरम्बामा सार्वजनिक जग्गा मिचेर घर बनाउने उम्मेद्वारलाई कसरी भोट हाल्ने भन्दै मतदातालाई प्रश्न गरेका छन् ।‌ सोमबार लोकतान्त्रिक बाम गठबन्धन दलका उम्मेद्वारले दोरम्बाशैलुङ्गको वडा न ७ लखनपुरमा आयोजना गरेको चुनावी सभामा भनाइ राख्ने क्रममा एमालेबाट रामेछाप प्रदेश सभा (ख) को उम्मेद्वार रहेका मिलन […]

निर्वाचन आउन अब १३ दिन मात्रै बाँकी,उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन अब १३ दिन मात्रै बाँकी छ । निर्वाचनको ३ दिन पहिले नै मौन अवधि सुरु हुने भएकाले दल र दलका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । देशभर चुनावी माहोल बनेकाले उम्मेदवारहरूलाई चुनावी कार्यक्रम गर्न भ्याइनभ्याई छ । पार्टीका शीर्ष नेतादेखि नेता कार्यकर्ता सबै यतिबेला घरदैलो अभियानमा व्यस्त […]

नागरीक भछन : रामेछापका नेता आश्वासन बाड्छन्, विकास गर्दैनन्

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै जाँदा रामेछाप जिल्लामा मतदाता त्यती उत्साहित देखिएका छैनन् । राजनीतिक दलहरूले यतिबेला सर्वसाधारण नागरिकलाई विभिन्न आश्वासन बाडेर योजना दिने नाउँमा भोट माग्दै हिडिरहेका छन् । सधैं झैँ यो पालिको चुनावमा पनि मतदाताको घरदैलोमा तिनै पूराना नेताको अनुहार देखिन्छ । गाउँमा विकास निर्माणका योजना दिने, […]

नेकपा (माले) रामेछापको घोषणापत्र सार्वजनिक

पत्रकारीता क्षेत्रमा आबद्ध एवं प्रतिनिधिसभाका उम्मेद्वार मोहन कार्कीको नेतृत्वमा बुधबार मन्थलीको एस एस एभर ग्रीन होटलमा पत्रकार भेटघाट गरि पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । हंसिया र तारा चुनाव चिन्ह् लिएर निर्वाचनमा होमिएका कार्की सहितको टिमले ३१ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ।  क्रान्ति बिना मुलुकमा परिवर्तन सम्भवन नभएको घोषणापत्रमा उल्लेख छ। सो पार्टीले […]

रामेछापका नागरिक उम्मेदवारको धारणा र योजनाबारे सोधिखोजी गर्दै

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार यतिबेला घरदैलोमा व्यस्त छन् । आफूलाई मत दिन आग्रह गर्दै घरदैलोमा पुगेका उम्मेदवारसँग रामेछापका मतदाताले भने विकास, स्थायित्व, रोजगारी लगायत विषयबारे उम्मेदवारको धारणा र योजनाबारे खोजी गरिरहेका छन् । सबै काम गरिदिने भन्दै निर्वाचनका बेला ठिक्क पार्ने गरेपनि निर्वाचनपछि नाकमुख नदेखाउने नेताको […]