रामेछापमा ७ उम्मेदवारले १०० मत पनि कटाउन सकेनन्

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछापका ७ उम्मेदवारले १०० मतसमेत कटाउन सकेनन्। एक मात्रै निर्वाचन क्षेत्र रहेको रामेछापमा ३ स्वतन्त्रसहित १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। निर्वाचन परिणामअनुसार मंगोल नेशनल पार्टीका विनोद घिसिङ र नेपाल मजदुर किसान पार्टीकी केशरी श्रेष्ठले समान ५६ मत प्राप्त गरेका छन्। नेशनल रिपब्लिक नेपालका यमबहादुर मोक्तानले ७५ मत पाउँदा […]

रामेछापमा प्रत्यक्ष र समानुपातिक दुबैमा रास्वपा पहिलो

रामेछापमा प्रत्यक्ष र समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल बनेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रामेछापमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपा पहिलो र एमाले दोस्रो दल बनेको हो। समानुपातिकमा रास्वपाले २७ हजार ५७० मत, एमालेले १५ हजार ६७३, कांग्रेसले १४ हजार ३८३, नेकपाले १२ हजार ४० मत प्राप्त गरेका छन्। उज्यालो अर्थात् राष्ट्रिय परिवर्तन […]

रामेछापबाट रास्वपाका डा. बुढाथोकी निर्वाचित

रामेछापबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. कृष्णहरी बुढाथोकी निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणना अनुसार बुढाथोकी निर्वाचित हुनुभएको हो । उहाँ २४ हजार ८०८ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका माधवप्रसाद ढुङ्गेलले १७ हजार ६०९ मत पाउनुभयो । नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टी […]

रामेछापमा भोलि हुने मतदानको आवश्यक सम्पूर्ण तयारी पूरा

रामेछापमा भोलि हुने मतदानको आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाको सबै मतदान केन्द्रहरुमा सबै प्रकारका तयारीहरु सकिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जानकारी दिएका छ । सबै मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पुगिसकेका छ । बुथ निर्माण, सामग्री व्यवस्थापन र सर्वदलीय समन्वयका काम भैरहेको छ । निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार यस निर्वाचनका […]

गौश्वाराबासीको एउटै स्वर, सडकको बिकासमा जोड

अप्रिल अधिकारी  रामेछाप गौश्वारा । जिल्लाको दुर्गम मानिने दोरम्बा शैलुङ गाउपालिका ४ गौश्वाराका स्थानीयलाई अहिले सम्म बनेका सरकाले सामान्य चित्त बुझाउन सक्ने गरि बिकास निर्माणको काम नगरिदिएकोमा गुनासो ब्यक्त गरेका छन । धेरै सरकार वने, ब्यबस्था परिवर्तन भए तर गौश्वारा सधै नि ओझेलमा नै पर्यो स्थानीय रोशन थापा मगरले बताए । सरकार धेरै फेरिए, ब्यबस्था […]

एमाले रामेछापको चुनावी अभियान, ढुंगेल र श्रेष्ठलाई जिताउन संगठन परिचालन तीव्र

नेकपा (एमाले) रामेछापले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीको सम्पूर्ण शक्ति निर्वाचन परिचालनमा केन्द्रित गर्ने निर्णय गरेको छ। पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा तथा केन्द्रीय कमिटी सदस्य माधवप्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यतामा शनिवार मन्थलीमा सम्पन्न एमाले जिल्ला कमिटी रामेछापको सातौँ विस्तारित बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा केन्द्रीय कमिटी सदस्य […]

पार्टीभित्रको एकता र सद्भाव मेरो चुनाब जित्ने आधार हो : रामचन्द्र खड्का

नेपाली काङ्ग्रेस रामेछापबाट प्रतिनिधि सभा सदस्यका उमेदवार बनेका रामचन्द्र खड्काले पार्टी भित्र देखिएको अभुतपुर्व एकता र सद्भाव आफ्नो चुनाब जित्ने पहिलो आधार बनेको बताएका छ्न । चुनावी घरदैलो कार्यक्रममा क्रममा खाडादेबी गाउपालिकाको मझुवामा कार्यकर्ता भेट्का क्रममा खडकाले आफुले टिकट लिएर आएपछि नेतृत्वमा देखिएको अभुतपुर्वा एकता र सद्भाव मेरो लागि चुनाब जित्ने पहिलो आधार बनेको बताए […]

भ्रष्टाचार अन्त्य गर्ने अभियानको नेतृत्व गर्न चाहन्छु : श्यामकुमार श्रेष्ठ

फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ एक निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा १७ जनाले मनोनयन दर्ता गराएका छन । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) बाट श्यामकुमार श्रेष्ठले पनि मनोनय दर्ता गराउनुभएको छ । हामिले श्यामकुमार श्रेष्ठलाई सोधेका छौँ : प्रतिनिधि सभामा तपाईको उम्मेदवारी किन ? म नेता हुनका लागि मात्रै होइन, म पदका लागि मात्रै […]

उमेरले हैन विचार र सक्रियताले निर्भर गर्छ : रामचन्द्र खड्का

फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ नेपाली काँग्रेसपार्टीबाट रामेछापमा रामचन्द्र खड्काले मनोनयन दर्ता गराउनुभएको छ । एक निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा १७ जनाले मनोनयन दर्ता गराएका छन । सबै उम्मेदवारभन्दा उमेर र अनुभवले निखारिएका खड्कालाई त्यागि,निष्ठावान र नैतिकवान नेताको रुपमा चिनिन्छ । हामिले रामचन्द्र खड्कालाई सोधेका छौँ :  प्रतिनिधि सभामा तपाईको उम्मेदवारी […]

हामीले ’राम्रो रामेछाप, हाम्रो रामेछाप’ र ’समृद्ध रामेछाप’ को परिकल्पना गरेका छौँ : माधव ढुंगेल

फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ एक निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा १७ जनाले मनोनयन दर्ता गराएका छन । नेकपा एमालेबाट माधव प्रसाद ढुंगलले पनि मनोनय दर्ता गराउनुभएको छ । हामिले माधव प्रसाद ढुंगललाई सोधेका छौँ :  प्रतिनिधि सभामा तपाईको उम्मेदवारी किन ? अहिले नेपाली समाजमा एउटा निराशा छ । खासगरी युवा पुस्तामा […]