सेती देवी मावी सालुले मनायो ६५ औ बार्षिक उत्सब

रामेछापको मन्थली नगरपालिका ४ मा रहेको सेती देवी माध्यमिक विद्यालय सालुले आफ्नोस्थापनाको ६५ औ बार्षिक उत्सब शुक्रवार बिबिध कार्यक्रम गरि मनाएको छ । मन्थली नगरपालिकाका निवर्तमान नगर प्रमुख रमेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको बार्षिकउत्सवमा बिद्यालयको बिकासमा योगदान गर्ने,  उत्कृष्ट कार्य गर्ने शिक्षक शिक्षिकालाई सम्मानगर्नुका साथै उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो । बार्षिक […]

रामेछाप नगरपालिका वडा नं ८ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछाप नगरपालिका वडा नं ८ ले चालु आर्थिक वर्ष २०८१/८२ को सुरुदेखि हालसम्म सञ्चालन भएका वडा भित्रका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार (आज) सम्पन्न उक्त कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा वडाका सचिव दिपा बरालले जानकारी गराउनुभयो । वडाले चालु आबको हालसम्मको अवद्यिमा […]

माओवादी केन्द्रले रामेछाप नगरपालिका प्रमुखलाई बुझायो ज्ञापन पत्र

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) रामेछाप नगर समितिले रामेछाप नगरपालिका प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा जनताको पक्षमा आशालाग्दो,रहरलाग्दो र भरलाग्दो समाजवादी बजेट निर्माणको लागी माओवादी केन्द्रले माग गरेको छ । माओवादी केन्द रामेछाप नगरका ईन्चार्ज शिशिर खड्गीले नगरपालिका प्रमुख लबश्री न्यौपानेलाई ज्ञापन पत्र बुझाउनुभयो । ईन्चार्ज खड्गी सहितका नेता […]

बाढीको जोखिमबाट सतर्क रहन रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले सुनकोशी नदी किनारमा वसोवास गर्ने नागरीकहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विहिबार एक सार्वजनिक सूचना जारी गर्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो । चीनको तिब्बत क्षेत्रमा असार ७ गते सम्म भारी बर्षा हुने र त्यसबेला सुनकोशी नदीमा बाढीको उच्च जोखिम हुने भएकाले सुनकोशी आसपासको क्षेत्रमा बसोवास गर्ने नागरिकलाई उच्च […]

नीति तथा कार्यक्रम र बजेटका लागि सरोकारवालाहरुको सुझाव संकलन गर्दै रामेछाप नगरपालिका

रामेछापको नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा सरोकारवालासँग राय–सुझाव सङ्कलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालीकाको सभाहलमा सम्पन्न कार्यक्रममा बोल्ने सरोकारवालाले अहिलेको बजेटले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका हुन । नगरप्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको बैठकमा नगरस्तरीय राजनीतिक दलका प्रमुख […]

विश्व रक्तदाता दिवसको अवसरमा रामेछापमा रक्तदान र अन्तरक्रिया

विश्व रक्तदाता दिवसको अवसरमा रामेछापमा रक्तदान र अन्तरक्रिया कार्यक्रम गरिएको छ । जनस्वास्थ्य कार्यालय रामेछापले दिवसको अवसरमा रक्तदान सहित अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । रामेछाप अस्पतालमा भएको रक्तदानमा १४ जनाले रगत दान गरेका छन । रामेछाप अस्पतालको प्राविधिक सहयोग,नेपाल रेडक्रस सोसाइटी रामेछापको समन्वय र जनस्वास्थ्य कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । यसैगरी दिवसकै […]

अनेरास्ववियुको अध्यक्षमा रामेछापका डा. सुजन कडरिया विजयी

नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा रामेछापका डा. सुजन कडरिया विजयी हुनुभएको छ । अर्का प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतको झिनो अन्तरले पराजित गर्दै कडरिया अखिलको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।  कडरियाले सात सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले सात सय २५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना शिवाकोटी, महासचिवमा […]

६ वर्षमा रामेछापबाट वैदेशिक रोजगारीमा गएका ३१ जनाको मृत्यु

वितेको ६ वर्षमा रामेछापबाट वैदेशिक रोजगारीमा गएका ३१ जनाको मृत्यु भएको छ । राजगारीको शिलशिलामा कामको लागी विभिन्न देश गएका ३१ जनाको मृत्यु भएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का जिल्ला संयोजक दीपक केसीले बताउनुभयो । पत्रकारहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा केसीले वैदेशिक रोजगार सम्बन्धि विविध कुराहरुको बारेमा जानकारी गराउनुभयो । ६ वर्षको अवद्यिमा १५ जना अंगभंग […]

रामेछापको बोलङ बोलङमा सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ

रामेछापमा धारिलो हतियार प्रयोग गरी सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ परेका छन् । रामेछापको रामेछाप नगरपालिका–४ हिमगंगा बोलङ बोलङ का २९ वर्षीय लव कुमार थापामगरलाई हत्या गरेको आरोपमा उनका भिनाजु नाता पर्ने ५० वर्षीय बिनोद कुमार यसमाली पक्राउ परेका हुन् । यही जेठ २७ गते लव कुमार थापामगरको घरकै कोठामा बसिरहेको अवस्थामा हत्या भएको […]

मन्थली नगरपालिकाको १४ वटै वडा बालमैत्री स्थानिय शासनयुक्त घोषणा

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको १४ वटै वडा बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा भएको छ । बुधबार (आज) नगरपालिकाको सबै वडाहरुलाई एकैसाथ बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा गरिएको हो । सबै वडाहरुको सूचक पुरा भएर जिल्ला समन्वय समितिबाट अनुगमन भैसकेपछि सबै वडालाई एकैदिन बालमैत्री घोषणा गरिएको मन्थली नगरपालिकाका उपप्रमुख इश्वरी बस्नेतले बताउनुभयो । बालमैत्री […]