जुनार जोन संचालन समन्वय समिति रामेछापको संयोजकमा गुन्ज ब कार्की चयन 

जुनार जोन संचालन समन्वय समिति रामेछापको संयोजकमा गुन्ज ब कार्की चयन हुनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाइ रामेछापले आयोजना गरेको एक भेलाले कार्कीको संयोजकत्वमा ९ सदस्यीय समन्वय समिति गठन गरेको हो । जसअनुसार संयोजकमा गुन्ज बहादुर कार्की,उपसंयोजकमा पदम बहादुर लामा,सचीवमा कैलाश चौहान,सह सचीवमा चिना कुमारी तामाङ,सदस्यहरुमा क्रमशः ढाल बिक्रम कार्की,दिपक कुमार खत्री,तारादेवी […]

राष्ट्रिय फोटो पत्रकार समुह नेपाल जिल्ला शाखा सिन्धुली गठन

राष्ट्रिय फोटो पत्रकार समुह नेपाल जिल्ला शाखा सिन्धुली गठन गरिएको छ । बुधबार(आज) सिन्धुलीमा भएको प्रथम जिल्ला भेलाले उद्धव कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्य कार्यसमिति गठन गरेको हो । अध्यक्षमा उद्धव कुमार श्रेष्ठ,उपाध्यक्षमा बुद्ध नेपाली,सचिवमा राधिका बुढाथोकी,सहसचिवमा अशोक काफ्ले,कोषाध्यक्षमा कुमार दुलाल,सदस्यहरुमा क्रमश गंगा विसङखे,दिलीप कुमार श्रेष्ठ,बिमला रजन मगर,पुनम सुनुवार,राजकुमार श्रेष्ठ र आस्था विश्वकर्मा रहेका छन […]

रामेछाप जिल्लामा ७ सय ७६ घरमा छैन शौचालय

मंगलबार(आज) विश्व शौचालय दिवस मनाईदैछ । हरेक वर्ष नोभेम्बर १९ तारिखमा सरसफाइका लागि शौचालयको महत्वबारे चेतान जगाउन विश्व शौचालय दिवस मनाउने गरिन्छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार रामेछाप जिल्लाका ७ सय ७६ घरमा अझै शौचालय छैन । जिल्लामा सबैभन्दा धेरै शौचालय नहुने पालिका मन्थली नगरपालिका रहेको छ । मन्थली नगरपालिकामा अझै १ सय ६६ […]

उमाकुण्ड गाउँपालिकाले प्रधानाध्यापकलाई प्रोत्साहन गर्न थप गर्‍यो भत्ता 

रामेछापको उमाकुण्ड गाउँपालिकाले प्रधानाध्यापकलाई प्रोत्साहन गर्न भन्दै संघीय सरकारले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई दिँदै आएको भत्तामा केही रकम थप गरेको छ । माध्यमिक तहको प्रधानाध्यापक भत्ता २ हजार रुपैयाँ थपेर २५०० पुर्‍याएको छ भने आधारभूत तह १-८ का प्रधानाध्यापकको भत्तामा १२०० थपेर १५०० पुर्‍याएको छ र आधारभूत तह १-५ का प्रधानाध्यापकको भत्ता ८०० थपेर १००० रुपैयाँ […]

रामेछाप नगरपालिका–८ मा बालमैत्री वडा घोषणा हुन ३७ वटा सूचक पुरा

रामेछापको रामेछाप नगरपालिका बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका घोषणाको तयारीमा छ । नगरका ९ वटै वडाहरु बालमैत्री वडा घोषणा गर्न विभिन्न सूचकहरु पुरा गर्ने अभियानमा छन । रामेछाप नगरपालिकाको केन्द समेत रहेको वडा नं ८ रामेछाप बजारले ५१ वटा सूचकमध्ये ३७ वटा सूचक पुरा गरेको छ । वडा कार्यालयमा आज सूचक मापन कार्यशाला तथा अन्तरक्रिया कार्यक्रमको […]

रामेछापमा यस वर्ष ४५ सय ३६ मेट्रिकटन जुनार उत्पादन हुने अनुमान

जुनारको जिल्ला भनेर पहिचान बनाएको रामेछापमा यस वर्ष ४ हजार ५ सय ३६ मेट्रिकटन जुनार उत्पादन हुने अनुमान गरिएको छ । यस वर्ष जुनारमा कुनै प्रकारको रोग किरा नदेखिएका कारण पनि जुनार उत्पादन बढ्ने अनुमान गरिएको छ । गत वर्ष ४ हजार ५ सय मेट्रिकटन जुनार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले जनाएको छ । […]

बेथानमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति

रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नं ४ बेथानको एक घरमा आगलागी भएको छ । मंगलबार बिहान अन्दाजी ४ बजेको समयमा ध्यान बहादुर खड्काको घरमा आगलागी भएको हो । टिनको छानो भएको ढुंगा,माटोले बनेको २ तले कच्ची घर भित्र गाईवस्तुलाई कुँडो पकाउने क्रममा अचानक आगो लागेको थियो । आगलागीबाट घर भित्र रहेको १५ वटा कुखुरा जलेर […]

राष्ट्रिय फोटो पत्रकार समुह नेपाल रामेछाप उत्कृष्ट जिल्ला शाखा घोषित 

राष्ट्रिय फोटो पत्रकार समुह नेपाल रामेछापले उत्कृष्ट शाखाको पुरस्कार प्राप्त गरेको छ । राष्ट्रिय फोटो पत्रकार समुह नेपालको २७ औँ वार्षिकोत्सब तथा १३ औँ अधिवेशन कार्यक्रमको अवसरमा रामेछाप शाखालाई उत्कृष्ट शाखा घोषणा गरिएको हो । खानेपानी मन्त्री प्रदीप यादवले रामेछाप जिल्ला शाखाका अध्यक्ष मिलन घिमिरेलाई सम्मान पत्र प्रदान गर्नुभयो । रामेछाप जिल्ला शाखाले स्थापनाकालदेखि जिल्लामा […]

हत्या गरी तामाकोशी नदिमा फालेको अभियोगमा एक जना पक्राउ

हत्या गरी तामाकोशी नदिमा फालेको अभियोगमा एक जना पक्राउ परेका छन । रामेछापको मन्थली नगरपालिका वडा नं १ का विर वहादुर भुजेलको कार्तिक १६ गते राति हत्या गरी तामाकोशी नदिमा फालेको अभियोगमा मिन बहादुर बिक पक्राउ परेका हुन । यहि कार्तिक १६ गते शुक्रबार रातिदेखि हराइरहेका भुजेललाई सोही वडा बस्ने विकले शुक्रबार राती हत्या गरी […]

रामेछापमा लोप हुँदै देउसी भैलो खेल्ने परम्परा,मादलको प्रयोग पनि घट्यो

तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज रामेछापमा देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिक कार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् ।देउसीभैलोको मौलिक परम्परा भने गाउँघरमा हट्दै गएको छ […]