लिखु तामाकोशी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी झट्टेश्वर मावीले जित्यो 

रामेछापको लिखु तामाकोशी गाउँपालिकाको आयोजनामा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा झट्टेश्वर माध्यमिक विद्यालय, धोबीले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको छ । झट्टेश्वर माविले २९ स्वर्ण, २० रजत र २० कास्य सहित जम्मा ६९ पदकका साथ रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ३० हजार प्राप्त गर्दै प्रथम स्थान सुरक्षित गर्न सफल भएको छ […]

आठौँ पटक रास्ट्रपति रनिङ शिल्डको उपाधी गौरीशंकर माविले जित्यो

“स्वास्थ्यका लागी खेलकुद,राष्टका लागी खेलकुद”भन्ने मुल नाराका साथ रामेछापको रामेछाप नगरपालिकामा यहि मंसिर ११,१२ र १३ गते भएको आठौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि श्री गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको हो । गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा […]

रामेछाप नगरपालिकामा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा आठौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबार (आज)देखी सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै प्रमुख अतिथि न्यौपानेले खेल र खेलाडीको हौसलासँगै विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउनमा यो प्रतियोगिताले धेरै सहयोग गरेको […]

रामेछाप नगरपालिकाका सबै माविहरुलाई खेलकुदका सामाग्रीहरु वितरण

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने विद्यालयका खेलाडीहरुको अभ्यासलाई लक्षितगरी रामेछाप नगरपालिकाकाले खेलकुदका समाग्रीहरु वितरण गरेको छ । नगरभरीका १३ वटै माविहरुलाई शनिबार(आज) रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले खेल सामाग्रीहरु हस्तान्तरण गर्नुभयो । भलिबल,फुटबल,नेट,एथलेटिक्सका सामाग्री,सर्टफुट लगायत खेल समाग्रीहरु वितरण गरिएकोे हो । “स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाप नगरपालिकामा यहि मंसिर […]

मन्थली नगरपालिकामा ८ औँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

रामेछापको मन्थली नगरपालिकामा ८ औँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको छ । बिहीबार मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले मन्थली माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिताको उद्घाटन गर्नुभयो। नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता मङ्सिर ६ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नगरभित्रका २० वटा माध्यमिक विद्यालय सहभागी भएका छन्। प्रतिस्पर्धामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, उसु र […]

गोकुलगंगा गाउँपालिकामा यहि मंसिर १९ गतेदेखी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछापको गोकुलगंगा गाउँपालिकामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यहि मंसिर १९,२० र २१ गते ३ दिन प्रतियोगिता संचालन हुने गाउँपालिकाले एक सुचना मार्फत जानकारी गराएको छ । प्रतियोगिता कमलादेवी मावि नामाडीको प्राङगणमा हुनेछ । प्रतियोगितामा भलिबल,कबड्डी,एथलेटिक्स लगायतका खेलहरु खेलाईनेछ । प्रतियोगितामा गाउँपालिकाभरीका […]

रामेछाप नगरपालिकामा यहि मंसिर ११ गतेदेखी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछापको रामेछाप नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यहि मंसिर ११,१२ र १३ गते ३ दिन प्रतियोगिता संचालन हुने नगरपालिकाले एक सुचना मार्फत जानकारी गराएको छ । प्रतियोगिता रामेछाप बजार नजिकै रहेको टुँडिखेल खेल मैदानमा हुनेछ । प्रतियोगितामा भलिबल,कबड्डी,एथलेटिक्स लगायतका खेलहरु खेलाईनेछ । […]

सातौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कृष्णपुरी माविले जित्यो

रामेछापको सुनापति गाउँपालिकामा सातौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कृष्णपुरी माध्यमिक विद्यालय, सुनापती–५ रुपाकोटले ७ स्वर्ण पदक सहित समग्र नतिजा आफ्नो पक्षमा पार्दै यस वर्षको रनिङ सिल्ड उपाधि जितेको छ । प्रतियोगितामा डहु माध्यमिक विद्यालय, सुनापती–४ डहुले ४ स्वर्ण पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ […]

रामेछापको सुनापति गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

रामेछापको सुनापति गाउँपालिकामा आईतबार (आज)देखी सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगिताको उद्धघाटन गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले गर्नुभयो । पालिकाभरीका ८ वटा माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएको उपाध्यक्ष गिता विष्टले जानकारी दिनुभयो । प्रतियोगिता ३ दिनसम्म संचालन हुनेछ । प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका विभिन्न खेलहरु खेलाईने छ । यस वर्षको […]

खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि कुनौरीले जित्यो

रामेछापमा शुक्रबारदेखी चलेको खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि न्यु स्टार युवा क्लब मन्थली कुनौरीले जितेको छ । प्रथम हुँदै न्यु स्टार युवा क्लबले नगद २५ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेको हो । प्रतियोगितामा आयोजक बटारे युवा क्लब रामेछाप द्धितिय भएको हो । बटारे युवा क्लबले द्धितिय हुँदै नगद १५ हजार सहित ट्रफी,मेडल […]