वडाअध्यक्ष (जनप्रतिनिधि) को सुविधाबाट किसानलाई निशुल्क रासायनिक मल वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले आफुले पाउने सुविधाबाटै किसानलाई निशुल्क मल वितरण गर्नुभएको छ । देशका धेरै ठाउँका किसानले भनेको समयमा रासायनिक मल नपाइरहेको अवस्थामा वडा नं ७ सुकाजोरका किसानले भने समयमै मल पाएका छन । मकै तथा धान खेती गर्ने कृषकलाई गत वर्ष पनि रासायनिक मल वितरण गरेको वडाले […]

रामेछाप नगरपालिकाकोे वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

रामेछापको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आईतबार(आज) १५ औँ नगरसभामा उपप्रमुख बाल कुमारी कार्कीले पेश गर्नुभएको नीति तथा कार्यक्रम र बजेट पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो । नगरपालिकाका प्रबक्ता समिर कार्कीले वार्षिक नीति तथा कार्यक्रम र बजेट पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो […]

रामेछापमा खडेरीले सुक्यो मकै,किसान चिन्तित 

रामेछापमा समयमै वर्षा नहुँदा खडेरीले बारीमै बाली सुक्न थालेको छ । रहर लाग्दो हुर्कदै गरेको मकैको बोट नै सुक्न थालेपछि यहाँका किसान चिन्तामा छन् । ढिलो गरी वैशाखको अन्तिमतिर मकै रोपिए पनि त्यसयता पर्याप्त वर्षा नभएका कारण मकैका बिरुवा मर्न थालेपछि किसानलाई चिन्ता भएको हो । चैतसम्म नभएको वर्षा जेठको पहिलो सातामा आएर भएको थियो […]

रामेछापमा यो वर्ष पनि मकै बालीमा फौजि किराको प्रकोप

फौजी किराको प्रकोप बढेपछि रामेछापका किसान चिन्तित बनेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा लगाएको मकै बालीमा फौजी किराले क्षति पु¥याएको छ । किराको हुलले मकैको पात, गुभा र डाँठ समेत खाएपछि मकैबाली नै सखाप हुने हो कि भन्ने चिन्ताले किसानलाई सताएको छ । जिल्लाका धेरै जसो स्थानमा फौजी किराको प्रकोप देखिएको छ । जोत्ने बेला […]

रामेछाप नगरपालिका गणतन्त्र दिवस मनाउन एकिकृत घुम्ती शिविर सहित धारापानी बसेरीमा

रामेछापको रामेछाप नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा मंगलबार(आज) वडा नं ४ को विकट ठाउँ धारापनी बसेरीमा एकिकृत घुम्ती शिविर संचालन गरेको छ । नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की,नगर प्रबक्ता समिर कार्की सहित नगरको टिम नै घुम्ती सेवा शिविर लिएर धारापनी बसेरी पुगेको हो । घुम्ती सेवा शिविरमा स्वास्थ्य,कृषि,पशु,जेष्ठ नागरीक परिचय पत्र वितरण लगाएतको विभिन्न […]

जुनार कृषकका लागी उत्पादन र बजारीकरण सम्बन्धि तालिम सुरु

रामेछापको रामेछाप नगरपालिकामा जुनार कृषकका लागी जुनार उत्पादन र बजारीकरण सम्बन्धि तालिम आजदेखी सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाइ रामेछापको आयोजनामा तालिम सुरु भएको हो । तालिममा रामेछाप र मन्थली नगरपालिकाका जुनार खेती गर्ने कृषकहरुको सहभागीता रहेको छ । ३ दिनसम्म संचालन हुने तालिममा जुनारको विरुवा रोपेदेखी दाना फलेर टिप्ने बेलासम्मको […]

रामेछाप नगरपालिकालाई वार्षिक नीति, कार्यक्रम र बजेट बनाउन पत्रकारले दिए विभिन्न सुझाव

रामेछाप नगरपालिकालाई जिल्लामा रहेका पत्रकारहरुले विभिन्न सुझावहरु दिएका छन । बुधबार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम निर्माणका लागि पत्रकारहरुसँग नगरपालिकाले सुझाव लिएको हो । जिल्लामा पहिलो पटक नगरपालिकाले यस्तो कार्यक्रम आयोजना गरेको हो । जिल्लामा रहेका रेडियो,पत्रिका र अनलाईन संचार माध्यममा क्रियासिल पत्रकारहरुले नगरपालिकालाई विभिन्न सुझावहरु दिएका छन । कार्यक्रममा पत्रकारहरुले नगरको […]

रामेछापको पुरानागाउँबासीले गाउँमै पाए जनस्वास्थ्य,कृषि र पशुपन्छीको विभिन्न सेवा

रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ । आईतबार मन्थली नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सहितको एकीकृत घुम्ती सेवा शिविर संचालन गरेको हो । जनस्वास्थ्य,कृषि र पशुपन्छीको विभिन्न सेवाहरु शिविरमा प्रदान गरिएको थियो । एकीकृत घुम्ती सेवा अन्तरगत स्वास्थ्य शिविरबाट ४१३ जनाले सेवा लिएका छन् । शिविरबाट १४२ जना पुरुष र २७१ […]

रामेछापको लिखु तामाकोशीका किसानलाई अनुदानमा मकैको बिउ वितरण

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले उन्नत जातको मकैको बिउ वितरण गरेको छ । पालिकाले वडा न. ३,४ र ५ मा उन्नत जातको मकैको बिउ वितरण गरेको हो । पालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको मकैको बिउ वितरण गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष केशव महतले जानकारी दिनुभयो । किसानहरूको माग भए अनुसारको मकैको बिउ वितरण गर्न […]

रामेछापमा रैथाने बालीको खेती गर्ने क्रम घट्दै

रामेछापमा रैथाने बालीको खेती गर्ने क्रम घट्न थालेको छ । नेपालका रैथाने बालीमध्ये करिब ५० प्रतिशत बाली लोप भइसकेको छ । बाँकी ५० प्रतिशत बालीमा पनि अधिकांश सङ्कटमा परेको भन्दै सरकारले रैथाने बालीको प्रवद्र्धन र बजारीकरणमा जोड दिएको छ । तर रैथानेबालीको खेती गरिँदै आएका जिल्लाहरूमा यसको खेती क्रमशः घट्न थालेको छ । रामेछाप नगरपालिका […]