साँघुटारमा प्रस्तावित रामेछाप नगर अस्पतालको उद्धघाटन

रामेछापको रामेछाप नगरपालिका वडा नं ३ मा रहेको साँघुटार स्वास्थ्य चौकीलाई प्रस्तावित रामेछाप नगर अस्पतालको रुपमा विकास गरिएको छ । एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुद्दढीकरण कार्यक्रम अन्तर्गत उक्त स्वास्थ्य चौकीमा एक जना डाक्टर सहितको स्वास्थ्य सेवा सुरु भएको हो । मंगलबार(आज) उक्त प्रस्तावित नगर अस्पतालको बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उतम जोशी र प्रतिनिधी […]

जिल्ला अस्पताल रामेछापमा आईसियू र ‘माईक्रोबायोलोजी कल्चर’सेवा सुरु

जिल्ला अस्पताल रामेछापमा मंगलबार(आज)देखी आईसियू र ‘माईक्रोबायोलोजी कल्चर’ सेवा सुरु भएको छ । अस्पताल विकास समितिले एक कार्यक्रमको आयोजना गरी यि सेवाहरुको शुभारम्भ गरेको हो । बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उतम जोशीले आईसियू र ‘माईक्रोबायोलोजी कल्चर’सेवाको उद्धघाटन गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै उहाँले बाग्मती प्रदेश सरकारले स्वास्थ्यको क्षेत्रमा धेरै कामहरु गरेको बताउनुभयो । प्रदेशको १३ […]

दिप बहादुर कार्की स्मृति प्रतिष्ठानद्धारा विद्यार्थीलाई न्यानो कपडा तथा पुस्तक वितरण

दिप बहादुर कार्की स्मृति प्रतिष्ठान रामेछापले विद्यार्थीलाई न्यानो कपडा र विद्यालयलाई विभिन्न पुस्तकहरु वितरण गरेको छ । आइतबार (आज) रामेछाप नगरपालिका वडा नं ७ सिम्लेमा रहेको सेतीदेवी आधारभूत विद्यालय र मुगानमा रहेको सिद्धेश्वर आघारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । सेतीदेवी आधारभूत विद्यालयका २६ जना र सिद्धेश्वर आघारभूत विद्यालयका २५ जना विद्यार्थीलाई ट्रयाक […]

रामेछापमा जुनार उत्पादन बढ्यो तर बजारको समस्या

रामेछापमा यस वर्ष जुनार उत्पादन बढेको छ । रामेछाप जुनारका लागि प्रसिद्ध जिल्ला हो । यस वर्ष रामेछापबाट २० करोड रुपैयाँको जुनारको कारोबार हुने अनुमान गरिएको छ । ओख्रेनी, गाईटार, सुकाजोर, रामपुर, हिमगङ्गालगायत ठाउँका किसानका बगैँचा जुनारले पँहेलपुर बनेका छन् । जुनार किन्न र बगैँचा घुम्न आउने बढेका छन् । पोहोर परार जुनारमा रोग किरा […]

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको मार्च पासमा रामेछाप नगरपालिका प्रथम

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रितीमा शुक्रवारदेखि ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । प्रतियोगिताको उद्धघाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले गर्नुभयो । प्रतियोगिताको उद्धघाटनको क्रममा प्रदर्शन गरिएको मार्च पासमा रामेछाप नगरपालिका प्रथम भएको छ । मार्च पासमा उमाकुण्ड गाउँपालिका दोश्रो भएको छ भने मन्थली नगरपालिका तेश्रो […]

रामेछाप नगरपालिकाको १४ औं नगर सभामा भएका निर्णयहरु सार्वजनिक

रामेछाप नगरपालिकाले १४ औँ हिउँदे नगर सभा बुधवार सम्पन्न गरेको छ । नगरपालिकाले बिहिवार (आज) कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर सो कुराको जानकारी दिएको छ । रामेछाप नगरपालिकाका प्रबत्ता समीर कार्कीले एक प्रेस विज्ञप्ती जारी गर्दै नगर सभामा भएका निर्णयहरु सार्वजनिक गर्नुभयो । प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ – समग्रमा रामेछाप नगरपालिकाको चालु आ.व २०८०/८१ […]

चालु आव २०८०/८१ को हालसम्म रामेछाप नगरपालिकाको प्रगति २०.८६ प्रतिशत

रामेछाप नगरपालिकाको चालु आर्थिक बर्ष २०८०/८१ को हालसम्म अर्थात पहिलो चौमासिक अबद्यिसम्म २०.८६ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । नगरपालिकामा संचालित विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार (आज) सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका बरिष्ठ शाखा अधिकृत एवम सुचना अधिकारी होम बहादुर थापाले नगरको […]

किवी खेतीका लागि प्रस्ताव गर्न रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको आह्वान

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले किवी खेती विस्तार कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत किवी खेती विस्तार कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान गरेको हो । वडा नं १ मा सो कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै जनाएको छ । कार्यक्रममा सहभागी हुन इच्छुक […]

गोलन्जोर गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्डको उपाधि कौशिका मावि ग्वालटारले जित्यो

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा भएको राष्ट्रपति रनिङ शिल्डको उपाधि कौशिका मावि ग्वालटारले जितेको छ । गत शुक्रवारदेखि सुरु भएको अन्तर माद्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कौशिका मावि ग्वालटारले जितेको हो । आइतबार सम्पन्न खेलमा १५ स्वर्ण, ८ रजत र ६ कास्यसहित कौशिका माविले ग्वाल्टारले उपाधि जितेको गोलन्जोर गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रन्जित देवकोटाले […]

रामेछाप नगरपालिका–७ सुकाजोरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवद्यिसम्म संचालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आईतबार(आज) सम्पन्न उक्त कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा वडाका प्राविधिक भागवत कुमार श्रेष्ठले जानकारी गराउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा सुकाजोरका हिमाल […]