मन्थली नगरपालिका जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
रामेछापको मन्थली नगरपालिका जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भएको छ । बुधबार(आज) बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्नुभयो । बालबालिकाको सर्वाङ्गीण विकासका लागि मन्थली नगरले विगत दुई वर्षदेखि विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। नगरभित्रका सबै १४ वटै वडा गत जेठ २८ गते नै […]

