रामेछाप नगरपालिकाको ९ वटै वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
रामेछापको रामेछाप नगरपालिकाको ९ वटै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मंगलबार(आज) रामेछाप नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी वडामा रहेका स्वास्थ्य संस्थाहरुलाई प्रमाण पत्र वितरण गरिएको हो । रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले वडाहरुलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गर्नुभयो । यसका लागी लागिपर्ने सम्पूर्णमा उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो […]

