९ महिनामा मन्थली नगरपालिकाको विकास बजेट खर्च न्युन

रामेछाप सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा जम्मा बजेटको ५१ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । नगरपालिकाको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा चालु आर्थिक वर्षका लागि एक अर्ब एक करोड ९७ लाख ८१ हजार रुपैयाँ बजेट स्वीकृत भएको थियो । जसमा चालु खर्च ६१ प्रतिशत र पुँजिगत खर्च […]

गौरीशंकर बहुमुखी क्याम्पस रामेछापको नयाँ भवन निर्माण भएसँगै फर्निचर व्यवस्थापन

गौरीशंकर बहुमुखी क्याम्पस रामेछापको नव निर्मित विद्यालय भवनमा नयाँ डेस्क बेन्च,सेतो पाटी र रोस्टम आईपुगेको छ । बाग्मती प्रदेश शिक्षा निर्देशनालयको ४ लाख ९३ हजार लागतमा खरिद गरिएका फर्निचरका सामाग्रीहरु कक्षाकोठामा राखिएको हो । क्याम्पस संचालक समितिका अध्यक्ष सन्देश घिमिरे,क्याम्पस प्रमुख प्रदिप कुमार श्रेष्ठ सहितको उपस्थितीमा फर्निचरका सामाग्रीहरु व्यवस्थापन गरिएको हो । क्याम्पस संचालक समितिका […]

महाकाली आवि मुडाजोरको नतिजा रामेछाप नगरपालिकाभरीमै उत्कृष्ट

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयले नगरभरीमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । २०८१ चैत्र महिनामा सम्पन्न भएको कक्षा ८ को वार्षिक परीक्षामा महाकाली आविले २० वटा विद्यालयलाई पछि पार्दै उत्कृष्ट हुन सफल भएको हो । नगरपालिकाले संचालन गरेको कक्षा ८ को वार्षिक परीक्षामा महाकाली आविले समग्रमा ३.०९ प्रतिशत […]

रामेछापमा करेन्ट लागेर एक युवकको मृत्यु

रामेछापमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । शनिवार साँझ ६ः३० बजेको समयमा टिफरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लागेर रामेछापको लिखुतामाकोशी गाउँपालिका–५ नागदहका अन्दाजी २४ वर्षीय मणिराज तामाङको ज्यान गएको छ । मृतक तामाङका दाइले चलाएको बा ३ क १५०५ नम्बरको टिफरमा बसी सेलेघाट–साघुँटार निर्माणाधीन सडक खण्डको लागि श्री भारत कन्स्ट्रक्सन सिद्धि साई […]

निर्माण सम्पन्न भएको ३४ महिनापछि उद्धघाटन भयो सैनिक स्मृति पार्क

डिभिजन बन कार्यालय रामेछापले जिल्ला अस्पताल रामेछापको मूल ढोका नजिक करिब २५ लाख रुपैयाँको लगानीमा निर्माण गरेको पार्क निर्माण सम्पन्न भएको ३४ महिनापछि उद्धघाटन भएको छ । सो पार्कको शुक्रबार(आज) श्री नं ९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी युवराज कार्की र रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले संयुक्त रुपमा उद्धघाटन गर्नुभयो । स्थानीय उपभोक्ता समितिले २०८० […]

रामेछापमा ९ महिनामा सवारी कारबाहिबाट २३ लाख बढि राजश्व संकलन

रामेछापमा ९ महिनाको अवद्यिमा सवारी साधन कारबाहिबाट २३ लाख बढि राजश्व संकलन भएको छ । साउनदेखी चैत्र मसान्तसम्म अर्थात यो ९ महिनाको अवद्यिमा २१ सय ४९ सवारी साधन कारबाहिबाट २३ लाख २५ हजार ५ सय २ रुपैयाँ राजश्व संकलन भएको हो । ट्राफिक नियम विपरित चलेका सवारी साधनहरु कारबाहीबाट उक्त राजश्व संकलन गरिएको जिल्ला ट्राफिक […]

रामेछापमा ९ महिनामा ३५ वटा सवारी दुर्घटना,११ जनाले ज्यान गुमाए

रामेछापमा ९ महिनाको अवद्यिमा भएको सवारी दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन । साउनदेखी चैत्र मसान्तसम्म अर्थात यो ९ महिनाको अवद्यिमा ३५ वटा सवारी दुर्घटना भएको हो । जिल्लाको विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ५७ जना घाईते भएका छन । साउन महिनामा १ वटा,भदौमा कुनै पनि दुर्घटना नभएको,असोजमा ३ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक […]

रामेछापमा झ्याप्प-झ्याप्प बत्ति जाने समस्याले उपभोक्ता हैरान

रामेछापमा बिजुली आपूर्ति अनियमित हुँदा उपभोक्ता हैरान भएका छन । दिनमा सयौँ पटक बिजुली झ्याप्प झ्याप्प जाने समस्याले विद्युतिय सामाग्रीहरु बिग्रन थालेका छन । बिजुली छिनमा आउने छिनमा जाने समस्याले कम्युटर लगायत विद्युतिय सामानहरुमा समस्या देखिन थालेको हजुरको रेडियोका प्राविधिक श्रीराज महतले बताउनुभयो । बिजुली आपूर्ति अनियमित हुँदा ब्याकअपमा समेत समस्या देखिएको कारण रेडियोको नियमित […]

मिथिलाको नयाँ वर्ष जुड–शीतलः वातावरण संरक्षण र जनचेतनाको प्रतीक

डा. केदार कार्की। (अप्रिल १४) “सतुआनी“ को पर्व हो र  (अप्रिल १५) “जुड–शीतल“ अर्थात् बिहारको मिथिलाको नयाँ वर्ष हो। सतुआनीको यो पर्व बिहारमा मात्र नभई उत्तर प्रदेश र नेपालका केही भागहरूमा पनि रबि बाली काट्ने समयमा मनाइन्छ। शीतलताको लोक पर्व, जुड–शीतल, १४ अप्रिलदेखि सुरु हुँदैछ। मिथिलामा यसलाई नयाँ वर्षको रूपमा मनाइन्छ। जुधा शीतलमा, सम्पूर्ण समाजले […]

रामेछाप नगरपालिका–८ का ५० जनालाई तरकारी खेती,हाउस वाईरिङ्ग र पशुपंक्षि सम्बन्धि तालिम

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ की कोपिला मगरले तरकारी खेती सम्बन्धि १५ दिने तालिम लिनुभयो । उहाँले १५ दिने तालिममा तरकारी खेतीसँग सम्बन्धित विभिन्न कुराहरुको बारेमा जानकारी लिँदै सिप समेत सिक्नुभयो । टनेला बनाउने तरिका,नर्सरीमा बिरुवा उत्पादन गर्दा ध्यान दिनुपर्ने कुराहरु तालिमबाट सिकेको उहाँले बताउनुभयो । तरकारी खेती गरिरहेको भएपनि प्राविधिक ज्ञान नहुँदा सोचे […]