घरमै थलिएका वृद्धलाई वडाअध्यक्ष कार्कीले दिए दशैँ खर्च

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ का वडाअध्यक्ष समीर कार्कीले बिरामी भएर घरमै थलापरेका एक वृद्धलाई दशैँ खर्च दिनुभएको छ । सोही वडाको भाङलाङ हिलेपानीका वर्ष ६७ का हिकमत बहादुर कार्कीलाई व्यक्तिगत नगद १० हजार रुपैयाँ सहयोग गरेको वडाअध्यक्ष कार्कीले बताउनुभयो । आर्थिक अवस्था निकै कमजोर रहेको वृद्ध कार्कीको परिवारको कुनै पनि सदस्यको स्थायी पेशा […]

बडादशैँको महत्व र महिमा

नेपालीहरुको महान पर्व दशैँ प्रत्येक वर्ष असोज शुक्ल प्रतिपदादेखि पुर्र्णिमासम्म मनाइन्छ । यो विशेष गरेर हिन्दु धर्मसँग सम्बन्धित पर्व भएपनि अन्य धर्मावलम्बीहरु जस्तै बौद्ध किरात र केही मुस्लिम धर्म मान्ने मानिसहरुले पनि मनाउने गर्दछ्न। यो पर्व नेपालमा मात्र नभएर नेपाली भाषा बोल्ने नेपाल भन्दा बाहिर स्थायी र अस्थायी रूपमा बसोबास गर्ने प्राय सबै मानिसहरुले मनाउने […]

चाडपर्वको बेला सवारी दुर्घटना हुन नदिन रामेछापमा ट्राफिक प्रहरी सकृय

चाडपर्वको बेलामा हुनसक्ने सवारी दुर्घटनालाई मध्येनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारी चेक जाँचमा कडाई गरेको छ । यो समयमा कुनै पनि दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले विभिन्न कामहरु गरिरहेको छ । जिल्लाका ३ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्लामा ट्राफिक व्यवस्थापन लगायत विविध विषयमा ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख सुवाशचन्द्र […]

चाडपर्वमा रामेछाप जिल्ला भरी ४ सयको हाराहारीमा प्रहरी परिचालन हुन्छ : डिएसपी भट्ट

दशैँ सुरु भएसँगै रामेछापमा प्रहरीले कुनै अप्रिय घटना हुन नदिन चाडपर्व लक्षित सुरक्षा योजना बनाएरै लागू गरेको छ । नागरीकको सुरक्षाको लागी जिल्लाभर ४ सय हाराहारीमा प्रहरीहरु परिचान गरिने बताएको छ । जिल्लाको बढी भिडभाड हुने ठाउँहरुमा प्रहरीले विशेष निगरानी गर्ने छ । कुनै अप्रिय घटना भइहालेमा १०० नम्बरमा फोन गर्न प्रहरीले आग्रह गरेको छ […]

ढुक्क भएर चाडपर्व मनाउनुहोस : प्रजिअ थापा

रामेछापमा चाडपर्व सुरु भएसँगै गाउँघर,शहर र बजारमा दशैँको माहोल तातिएको छ । यो बेला दशैँ मनाउन गाउँघर आउनेहरु बढेका छन । चाडपर्वको समयमा हुन सक्ने अपराधिक घटनाहरु चोरी,डकैती,लुटपाट जस्ता घटना हुन नदिन नागरीकहरु पनि सचेत र सजग हुनु जरुरी छ । जिल्ला प्रशासन कार्यालयले पनि यस्ता गतिबिधिहरु ह्ुन नदिन चाडपर्व लक्षित सुरक्षा योजना बनाएर काम […]

रामेछापको कोलन्जोरघाट –साँघुटार सडक पूर्वाधार कार्यालयले मर्मत गर्ने

रामेछापको कोलोन्जोर घाट देखि साँघुटार बजार सम्म १६ किलो मिटर लम्बाई रहेको लिखु करिडोर अन्र्तगतको कोलोन्जोर –साँघुटार सडक मर्मत गरि नियमित सार्वजनिक यातायातका साधन सँचालन योग्य बनाईने भएको छ । रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा बुधबार सडकको स्थलगत अनुगमनका लागि पुगेको जिल्लाको सरोकारवाला टोलिले गरेको अनुगमन पछि उक्त सडक तत्काल संचालन गर्नका […]

रामेछापका विभिन्न ठाउँमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

दशैँ, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गरी रामेछाप जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यात्रुहरूको सुरक्षित, सहज र व्यवस्थित आवतजावत सुनिश्चित गर्न सेलेघाट, खिम्ति र मन्थलीस्थित देवकोटा चोकमा विशेष सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप प्रमुख सुवाशचन्द्र मण्डलले जानकारी दिनुभयो । सहायता कक्षमा चाडपर्वका कारण बढ्ने यात्रुको भीड […]

मन्थली नगरपालिकामा ‘वडास्तरीय प्रारम्भिक बालविकास कमिटी गठन’

रामेछापको मन्थली नगरपालिकाको दुई वटा वडामा  “वडास्तरीय प्रारम्भिक बालविकास गठन तथा अभिमुखीकरण सम्बन्धी एक दिने कार्यशाला” सम्पन्‍न भएको छ । मन्थली नगरपालिकाअन्तर्गतका वडा नं. ३ र वडा नं. ५ मा “वडास्तरीय प्रारम्भिक बालविकास गठन तथा अभिमुखीकरण सम्बन्धी एक दिने कार्यशाला” सम्पन्‍न भएको हो । कार्यशाला वडा नं. ३ मा असोज २ गते बिहिबार र वडा […]

आगजनी र लुटपाट गर्ने रामेछाप मन्थलीका एक सहित ६ जना समातिए

जेनजी प्रदर्शनको क्रममा प्रहरी प्रभाग इमाडोलमा आगजनी र लुटपाट गरेको आरोपमा रामेछापका एक सहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रामेछापको मन्थली नगरपालिका–९ घर भएका २० वर्षीय कृष्णराज गिरी,काभ्रेको पनौती नगरपालिका–७ घर भएका २० वर्षीय राजकुमार तामाङ, धनकुटाको पाख्रिबास नगरपालिका–६ घर भएका २२ वर्षीय गोकर्ण राई, उदयपुरको सुन्दरपुरका ३१ वर्षीय सुनिल कुमार बस्नेत, […]

मेरो बालापनको दशैं

कमल एक्चै मगर (चलचित्र निर्देशक)  दशैं नेपालीहरुको सबैभन्दा ठूलो चाड हो अरुको जस्तै मेरो पनि । अहिले पनि दशैं आउँछ तर पहिले-पहिले गाउँमा दशैं आउँदा जुन रमाइलो, उत्साह र आत्मीयता हुन्थ्यो त्यो आज धेरै हदसम्म हराइसकेको जस्तो लाग्छ। ती दिनहरू सम्झिँदा अझै पनि मन भक्कानिन्छ। दशैं नजिकिँदै गर्दा गाउँमा वातावरण नै फरक हुन्थ्यो। खेतमा फुलेका […]