रामेछापमा उद्योग तथा पसलहरुको संयुक्त अनुगमन, कैफियत भेटिएकामा जरिवाना र कारबाही

उद्योग तथा वाणिज्य कार्यालय मन्थली रामेछापको नेतृत्वमा विभिन्न सरोकारवाला निकायको संयुक्त टोलीले मन्थली बजार, सोमवारे हाट र लिखुतामाकोसी गाउँपालिका–५ धोवि बजारमा उद्योग तथा पसलहरुको अनुगमन गरेको छ । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय हेटौडा, नेपाल गुणस्तर तथा नापतौल विभाग जनकपुर, जिल्ला प्रशासन कार्यालय रामेछाप, […]

रामेछापमा योग अभ्यास गर्नेको सङ्ख्या बढ्दै

रामेछापमा स्वस्थ रहनका लागि योगको महत्व बढ्दै गएको छ । विभिन्न कारणले मानिस अस्वस्थ हुने क्रम बढेसँगै योगतर्फको आकर्षण अझ बढेको हो । रामेछापमा स्वस्थ जीवनशैली र तनाव व्यवस्थापनका लागि योग साधना केन्द्रमा दैनिक योग गर्न जानेको सङ्ख्या बढिरहेको छ । विशेष गरी बजार क्षेत्रका नागरिक योग अभ्यासका लागि साधना केन्द्रहरूमा पुग्ने गरेका छन् । […]

स्थानीय तह स्वमूल्यांकनमा रामेछापको ८ स्थानिय तहमध्ये गोकुलगंगा गाउँपालिका पहिलो

रामेछापको ८ स्थानिय तहहरुमध्ये स्थानीय तह स्वमूल्यांकन(लिजा) मा गोकुलगंगा गाउँपालिका पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा गोकुलगंगा गाउँपालिका ८२ अंक प्राप्त गर्दै प्रथम भएको हो । आर्थिक वर्ष २०७९/०८० को स्वमूल्यांकनमा गोकुलगंगा गाउँपालिकाले ४६ अंक मात्रै पाएको थियो । […]

वडा नं ७ सुकाजोरको सेवा काठमाण्डौँबाट प्रवाहः१५० बढीले लिए सेवा

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर वडा कार्यालयले राजधानी काठमाण्डौँमै पुगेर सेवा प्रवाह गरेको छ । वडाका अधिकांश नागरीक काठमाण्डौँमा रहेको र उनिहरुको सहजताको लागी उनिहरु रहेकै ठाउँमा पुगेर सेवा दिइएको वडाअध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार वडाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने अधिकांश लाभग्राही काठमाण्डौँ रहेको र नविकरण गर्नका लागी वडा […]

रामेछापमा दुर्घटना न्यूनीकरणका लागि सवारी साधनहरुको यान्त्रिक परीक्षण

रामेछापमा दुर्घटना न्यूनीकरणका लागि सवारी साधनहरुको यान्त्रिक परीक्षण गरिएको छ । शुक्रबार बिहान ९ बजे देखी १०ः३० बजेसम्मको समयमा सेलेघाट,मन्थली, खिम्ति भएर चल्ने साना ठुला सवारी साधनहरुको यान्त्रिक परीक्षण गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक सुभाष चन्द्र मण्डलको कमाण्डमा भएको यान्त्रिक परीक्षणमा ५० वटा सवारी साधनहरुको यान्त्रिक चेकजाचँ गरिएको […]

रामेछापमा दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरूको स्वास्थ्य परीक्षण

रामेछापका दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मन्थली नगरपालिका–१ मा सवारी दुर्घटना न्यूनीकरणका उद्देश्यले चालकहरूको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक सुभाष चन्द्र मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार बिहान ७ देखि ८ बजेसम्म २६ जना चालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो । स्वास्थ्यमा समस्या […]

रामेछाप गोकुलगंगाको गर्जाङ्ग र शिवालय बजार अनुगमन

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं १ र २ मा रहेका मुख्य बजारहरु गर्जाङ्ग र शिवालयको अनुगमन गरिएको छ । मंगलबार ति बजारका खाद्यान्न,किराना पसल,होटल,कस्मेटिक,फेन्सी,तरकारीतथा फलफूल,कपडा,ईलेक्ट्रोनिक,हार्डवयर,भाँडा पसल र प्राईभेट क्लिनिकहरुको अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय,उद्योग तथा वाणिज्य कार्यालय,पत्रकार महासंघ,वडा कार्यालय,प्रहरी प्रशासनको नेतृत्वमा बजार अनुगमन भएको हो । २४ वटा होटल तथा पसलहरु अनुगमन गरिएको […]

रामेछापको सुनापति र उमाकुण्ड गाउँपालिकामा एकीकृत आँखा इकाई सञ्चालन हुने

आँखाका बिरामीहरुको सहजताका लागी अहिले रामेछापका पालिकाहरुमा रहेका अस्पतालहरुमा एकीकृत आँखा इकाई सञ्चालन भैरहेको छ । तिलगंगा आँखा प्रतिष्ठानले आफ्नो कार्यक्षेत्रका जिल्लामा प्राथमिक अस्पतालमार्फत आँखा सेवा विस्तार गर्ने नीति अनुसार जिल्लाको सुनापति र उमाकुण्ड गाउँपालिकामा पनि एकीकृत आँखा इकाई सञ्चालन गर्न सम्झौता गरेको हो । यसका लागि तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा जिल्ला सर्जिकल आँखा केन्द्र, […]

तामाकोशी नदीमा नुहाउने क्रममा एक वृद्ध बगेर बेपत्ता

तामाकोशी नदीमा नुहाउने क्रममा एक वृद्ध बगेर बेपत्ता भएका छन । मंगलबार(आज) बिहान करिब ११ बजेको समयमा रामेछापको सदरमुकाम मन्थली स्थित तामाकोशी नदीमा नुहाउने क्रममा बगेर वृद्ध बेपत्ता भएका हुन । मन्थली नगरपालिका वडा नं ७ का वर्ष ७५ का श्रीवंश शर्मा कँडेल नुहाउने क्रममा बगेर बेपत्ता भएको रामेछाप प्रहरीले जानकारी दिएको हो । प्रत्यक्षदर्शी […]

अशक्त, असहाय र ज्येष्ठ नागरिकलाई बैङ्क खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न रामेछाप प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सबै बैङ्क तथा शाखाहरूलाई अशक्त, असहाय र ज्येष्ठ नागरिकको बैङ्क खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नगरी सहजता गर्न निर्देशन दिएको छ । प्रशासनले जारी गरेको निर्देशनपत्रमा सामाजिक सुरक्षा भत्ता प्रयोजनका लागि खाता खोल्न आउने सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र नभएको आधारमा सेवा अस्वीकार गरेको गुनासो आएको उल्लेख छ । नेपाल राष्ट्र बैङ्कको […]