महासंघको नेतृत्वले अव नयाँ पुस्ताका पत्रकारलाई तिखार्नुपर्छ

महासंघको नेतृत्वले अव नयाँ पुस्ताका पत्रकारलाई तिखार्नुपर्छ

आजको युग बिज्ञानको युग हो । बिश्वमा घटेका हरेक घट्नाको जानकारी र विवरण छिनभरमै बिश्वको सबै कुनामा पुग्छ । विश्वमा घटेका यस्ता घटनाहरुलाई सबैसामु पु¥याउन संचारको माध्यमबाट पत्रकारहरुले भुमिका खेलेका हुन्छन् । पत्रकारिता राज्यको महत्वपुर्ण अङ्ग हो । यसलाई राज्यको चौथो अंगको रूपमा राखिएको छ । पत्रकारितालाई दुई धारको तरवार पनि भनिन्छ ।

नेपालमा पहिलो पटक प्रकाशन भएको सुधासागर साहित्यिक पत्रिकाबाट नेपालको आमसञ्चार र पत्रकारिताको इतिहास सुरू भएको मानिन्छ । नेपालको सबैभन्दा पुरानो दैनिक पत्रिका गोरखापत्रले प्रकाशन सुरू गरेपछि नेपालको पत्रकारिताले नयाँ मोड लिएको थियो । गोरखापत्रको प्रकाशनपछि नेपालमा पत्रकारिताको क्रमिक विकाश भएको भयो । ततपश्चात देशैभर पत्रकारिता गर्नेहरुको लहर चल्यो । उनिहरुलाई एकत्रित गर्नका लागी महासंघको गठन भयो ।

नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको छाता संगठन हो । पत्रकारहरुलाई संगठित गरी व्यावसायिक नेतृत्व प्रदान गर्दै उनीहरुको हक–अधिकार प्रवद्र्धन गर्ने मूल ध्येय, लक्ष्य र दायित्वसहित महासंघको गठन भएको हो । तथ्यांकअनुसार ६ दशकभन्दा लामो इतिहास रहेको महासंघमा पत्रिका, रेडियो, टेलिभिजन , अनलाइन र स्वतन्त्र सहित १३ हजार भन्दा बढी पत्रकार आवद्ध छन् ।

हालैमात्र पत्रकार महासंघको निर्वाचन सम्पन्न भएको छ। निर्वाचनबाट आगामी तिन वर्षका लागी महासंघको नयाँ नेतृत्व चयन भएको छ । दशकौ लामो ईतिहास बोकेको नेपाल पत्रकार महासंघ रामेछाप शाखाले पनि तिन वर्षका लागी नयाँ नेतृत्व पाएको छ । नेतृत्वको कुर्सीमा हुलाकी पत्रकारिता देखी डिजिटल पत्रकारितासम्मको अनुभव संगालेका सम्मानित अग्रज पत्रकार देखी भर्खरै पत्रकारिताको कखरा सिकिरहेका नयाँ पुस्तासमेत छन् ।

नयाँ नेतृत्वमाथि रामेछापको पत्रकारितालाई नयाँ उचाईमा पु¥याउने चुनौति छ । पुराना सम्मानित व्यक्तित्व देखी नयाँ पुस्ताका भाईबहिनिलाई समेत संगै एउटै बाटोमा सम्मानजनक यात्रा गराउनुपर्ने दायित्व र चुनौति नेतृत्वलाई छ । रामेछापको पत्रकारिताको साख अझ उचो बनाउनुपर्नेछ । पत्रकारितालाई विश्वसनिय बनाउन भुमिका खेल्नुपर्नेछ ।

पत्रकारिता व्यवसाय हुँदै होइन, यो सम्मानित पेशा हो । विश्वमा मर्यादा, जवाफदेहिता, तथ्यपरक र उत्तरदायित्वसहितको सम्मानित पेशा केहि छ भने त्यो पत्रकारिता मात्रै हो । पत्रकारिता नागरिकहरुको आस्था र विश्वासको खम्बा हो । वर्तमान युगमा विश्वको पत्रकारितामा नयाँ क्रान्ति नै आएको छ । प्रविधिमा मात्र होइन, प्रस्तुति र प्रयोगमा पनि । विश्वको पत्रकारिता जगतलाई अध्ययन गर्दै हामीले हाम्रा प्रस्तुतिमा अझ धेरै मेहनत गर्नुपर्नेछ ।

हाम्रा पुराना अग्रज पुस्ताले जसरी पत्रकारीताको जगलाई जोगाईरहे हामीले पनि त्यसै गरेर मात्रै पुग्दैन् । पत्रकारिताको विकाशका लागी पुराना पुस्ता भन्दा एक कदम अगाडी बढेर लाग्नुपर्नेछ अवको पुस्ता । प्रविधि, प्रस्तुति र प्रयोगमा अझ धेरै मेहनत गर्नुपर्नेछ । कपी र पेष्टले मात्रै रामेछापको पत्रकारिताको साख सधैँभरी जोगिईरहने छैन् ।

यो पाली महासँघको नेतृत्वमा हामीले केही जोशिला युवाहरुलाई पठाएका छौँ, आशा र भरोसा सहित। विश्वास छ की उनिहरुले कतैबाट निर्देशित नभई स्वविवेकसहित कार्यसंचालन गर्नेछन् । तर यसअघिका नेतृत्वले जस्तै उनिहरुले पनि स्वविवेक गुमाउन पुगे भने चाँही पछिल्लो पुस्ताका पत्रकारहरुको भविष्य झन डामाडोल नै बन्ने छ ।

सरकारी कार्यालय, सामाजिक सँघसँस्था लगाएतले आयोजना गर्ने छलफल र गोष्ठीजस्ता औपचारिक कार्यक्रमहरुले मात्रै पत्रकारहरुको व्यक्तित्व र क्षमता विकाश हुन सक्दैन् । उनिहरुलाई प्रविधि र प्रयोगका बारेमा धेरै कुरा सिक्नुछ, नेतृत्वले पनि अव उनिहरुलाई यि कुरा सिकाउने ल्याकत राख्नुपर्छ । महासंघले पछिल्लो पुस्ताका पत्रकारहको लेखनलाई अझ धेरै सुधार गर्न तालिमको तालिमको आयोजना गर्नुपर्नेछ ।

पुराना पुस्ताका अग्रज पत्रकारहरुले आफ्ना अनुभव बाँड्दै नयाँ पुस्तालाई अझ धेरै प्रेरित गर्नुपर्नेछ । अग्रजहरुले नयाँ पुस्तालाई पत्रकारिता पढाउनुपर्नेछ । महासंघको नेतृत्व पनि भत्ताकारितामा मात्रै दौडने हैन् अव चाँही सच्चिकै विश्वसनिय पत्रकारितामै लाग्नुपर्नेछ । नेतृत्वकर्ताहरु माला, खादा र सम्मानका लागी मात्रै हैन्, पत्रकारिताको धर्म निभाउन पनि अघि सर्नुपर्नेछ ।

अव पनि नेतृत्वकर्ताहरु सधै जसो कपि र पेष्टमा मात्रै चल्न थाले भने अवका पुस्तामा नैराश्यता छाउने प्रष्ट छ । उनिहरुको हौसला र मनोबल नघट्ला भन्न सकिन्न । अवसरहरुको उपभोग आँफैले मात्र गर्नुपर्छ भन्ने मानसिकता त्यागेर आँफु भन्दा पछिका पुस्ताका बारेमा पनि नेतृत्वले सोच्नुपर्नेछ ।

नयाँ पुस्तालाई अगाडी बढाउन नचाहने नेतृत्वले यसबारेमा सोच्छ जस्तो त लाग्दैन् । तर यो पालिको निर्वाचनबाट अहिलेका युवा पुस्ताको मर्म बुझेका केहि अग्रजहरुले नेतृत्वको बागडोर पाउनुभएको छ । आँफुभन्दा पछिका पुस्तालाई पत्रकारिताका बारेमा बुझाउँदै, उनिहरुको क्षमता तिखार्ने र प्रविधि र प्रयोगमा निपुणता बनाउने अभिभारा उहाँहरुमाथि थोपरिएको छ। आशा र विश्वासहित नेतृत्वमा पुग्नुभएका उहाँहरुले चाहेर पनि मैले काम गर्न सकिन भन्ने छुट पाउनुहुने छैन् ।

व्यवहारतः योजना कार्यन्वयनको दबाब उहाँहरुमाथी छ । पत्रकारिता एउटा यस्तो क्षेत्र हो जहाँ तपाई धेरै मानिसहरुलाई ज्योति देखाउन सक्नुहुन्छ। नेतृत्वकर्ताले अव अन्धकारमा रुमल्लिरहेका पछिल्ला पुस्तालाई पत्रकारिताको ज्योति देखाउनु पर्नेछ । नयँ पुस्ताका पत्रकाहरुलाई अव नेतृत्वले तिखार्नुपर्छ । उनिहरुका लागी विभिन्न तालिमको आयोजना गर्नुपर्नेछ । केन्द्रियस्तरका कार्यक्रममा अघिल्लो पुस्तामात्रै दौड्ने हैन् अव पछिल्लो पुस्तालाई अवसर दिनुपर्छ । त्यसो भएमा उनिहरुले धेरै कुरा वुझ्ने र अनुसरण गर्ने मौका पाउनेछन् ।

पत्रकारिता बहुआयामिक बनिसकेको अवस्था छ । पछिल्लो समय रामेछापको पत्रकारिता धेरजसो औपचारिक कार्यक्रमको समाचार सम्प्रेषण, राजनैतिक घटनाक्रमको व्याख्या र विश्लेषण र भैपरी आउने घट्ना÷दुर्घटनामा मात्रै केन्द्रित छ । समाज र नागरिकहरुको जिवनमा परिवर्तन ल्याउने खालका खोजमुलक पत्रकारिता पनि नभएका भने हैनन् । तर यस्ता गहन विषय ओझेलमा पर्दै जानु र समान्य सामग्रीमात्रै प्राथमिकतामा परिरहनुले समाजमा एक किसिमको निराशा पैदा गरेको छ । राजनैतिक अभिष्ट प्राप्तीका लागी पत्रकारिताका मूल्यमान्यताहरु दिनदिनै निचोरिदै गएको छ।

स्वतन्त्र पत्रकारिताको अभाव त जहिल्यै खड्किरहन्छ । पित्तपत्रकारितालाई मौलाउन दिनुहुदैन् । पत्रकारिता क्षेत्र मर्यादित हुन् जरुरी छ । भाषा अभिव्यक्तिको माध्यम हो । पत्रकारमा भाषा खेलाउने क्षमता चाहिन्छ । शव्दमा शव्द खेलाउन सक्ने शक्ति चाहिन्छ । के हाम्रा पत्रकारहरु हाम्रा सञ्चार माध्यमहरूको समाचार कक्षमा खरोरुपमा उत्रन सक्छन् ?

वाक क्षेमतालाई छाडौ, हाम्रा पत्रकारहरु जो महासंघको सदस्यता खल्तिमा बोकेर हिँडिरहेका छन् उनिहरु नागरिकका कुरा लेख्न सक्छन् ? सदस्यको कुरा छाडौँ, दल र संगठनको छत्रछायाँमा रहेर नेतृत्वमा पुगेका कतिपयले साच्चिकै पत्रकारीताको धर्म निभाएका छन् ? उनिहरु लेखनमा कतिको कलम चलाउँछन् ? सिक्न र सिकाउन कतिको चासो राख्छन् ? की उनिहरुपनि कपि पेस्टमै रमाईरहेका छन् ? नेतृत्वले अब यस बारेमा सोच्नैपर्छ ।

आजकाल एक घर एक पत्रकार,एक व्यक्ति एक अनलाइन अनिर्वाय जस्तै भएका छन् । अस्वस्थ प्रतिस्पर्धाका कारण पत्रकारितामा विकृति बढेको छ र यो क्षेत्र बदनाम बनेको छ । रामेछाप महासंघले अव यस तर्फ ध्यान दिनुपर्छ । सदस्यता सुद्धिकरण गर्नैपर्छ । दलको सिफारिस हैन्, पत्रकारितामा क्रियाशिलता हेरेर सदस्यता दिनुपर्छ । चुनावका बेला भोट बढाउनका लागी मात्रै सदस्यता दिने परम्पराको अन्त्य गर्नुपर्छ ।

चुनावका बेला आफ्ना उम्मेद्धवार समेत नचिन्नेलाई सदस्य बनाएर खल्तिमा चिनो लगाएको चिट हाल्दै मतदानस्थल पठाउने खराब नजिरको अव अन्त्य गर्नैपर्छ । पत्रकारिताको धर्म र मर्म सुविधा लिने र चुनावमा भोट हाल्ने मात्रै हैन् । अव पत्रकार महासंघ रामेछाप निकम्मा भएर रहनुहुन्न, महासंघको धुमिल छविलाई उज्यालो बनाउनका लागी पनि अब कुनै निर्णय गर्न खुटट कमाउनु हुन्न् ।

महासँघको नेतृत्वले दलको छत्रछायाबाट बाहिर रहेर स्वः निर्णय र कार्य संचालन गर्नु पर्नेछ । जुन निकै चुनौतीपूर्ण हुनेछ । भनिन्छ , मान्छेमा काम गर्ने जोश र अठोट रह्यो भने असम्भव केही छैन् । आशा गरौँ महासँघको सदस्य भएकोमा गर्व गर्ने दिन छिटै आउनेछ । (लेखक पत्रकार महासंघ रामेछापका सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार