यात्रा स्मरण : मानवीयता हराएको छैन

यात्रा स्मरण : मानवीयता हराएको छैन

(बास्तविक घटनामा आधारित)

दिन थियो २०७७ साल मंसिर १३ गते शनिवार । म क्याम्पसको कामको शिलसिलामा काठमाडौँ जानु पर्ने भएकाले विहान ६ः३० बजेतिरै रामेछापबाट मोटरसाइकलमा निक्लिएँ । विहानको चिसोमा विस्तारै–विस्तारै वी.पि.राजमार्ग र आपसको रमणीय दृष्य हेर्दै अगाडि बढी रहेँ । अत्याधुनिक विकासको एउटा नमूना वी.पि. राजमार्ग कतै सिधा त कतै नागवेली आकारको,यसको दृष्यवलोकन गरेर नरमाउने मानिस त सायदै कम होलान् । मुलकोट भन्ने स्थानमा आइसकेपछि भोक लागेको महशुस भयो र मैले त्यहाँ नास्ता गरेर केही समय आराम गरी आफ्नो यात्रा अगाडि बढाएँ ।

समय–समयमा आराम गर्दै म करीब विहानको ११ः४५ बजेतिर नीजि निवास सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोट भक्तपुर आइपुगेँ । त्यस दिन कार्यालयमा कामहरू नहुने भएकाले म कतै पनि ननिक्ली घरमै आराम गरेर बसेँ । भोलिपल्ट आइतबार समयमै त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय र शिक्षा शास्त्र संकाय डिनको कार्यालय बल्खु गई सपन्न गर्नुपर्ने र सोधपुछ गर्नु पर्ने काम सबै सकाएँ । म त्यहाँबाट निक्लदा ४ः०० बजिसकेको थियो । पुनःघर फर्किएँ र आराम गरेँ । भोलिपल्ट सोमबारको दिन थियो । म आफूलाई बढी थकान भएको महशुस गरी त्यो दिन घरमै आराम गरेँ ।

भोलि पल्ट मंगलबारको दिन थियो । म घरमा सामान्य नास्ता गरेर रामेछाप आफ्नो कार्य क्षेत्रतर्फ मोटरसाइकलमै अगाडि बढेँ । आफ्नो यात्रालाई बिस्तारै–बिस्तारै अगाडि बढाउँदै थिए विहानको ९ः१५ बजेतिर वी.पि. राजमार्गको झाँगाझोली रातमाटा खण्डमा मोटरसाइकल स्लीप भएर छेउको पिल्लरमा ठोकियो । म दुर्घटनामा परेँ । मोटरसाइकल उत्तानो भएर पल्टियो । म आफू पनि नराम्ररी पछारिएँ । उठ्न खोजे, सकिन । म पुरै अन्धकार देख्दै थिए विहानको सेता टन्टलापुर घाममा पनि । बिस्तारै आफूलाई सम्हालेँ ।

म फेरी उठन् खोजेँ, सकिन । मेरो देब्रे घुडाको पाङ्ग्रो नराम्ररी दुखिरहेको थियो । शायद घुँडाको पाङ्ग्रो (एबतभििब) फुटेको थियो होला । यही कारण हुन सक्छ म उठ्न नसक्नुको कारण ।
म घुँडा समातेर बसेँ ।
संयोग नै मान्नुपर्छ, राजमार्गमा यतिखेर कुनै पनि गाडि चलिरहेको थिएन । म दुर्घटना भएको समय कुनै गाडि आएको भए?कल्पनागर्दा पनिगाह्रो हुन्छ । म अर्को दुर्घटना हुनबाट जोगिएँ ।थपअर्को दुर्घटना हुनपाएन ।
केही समय पछि एउटा गाडि आयो । गाडि कुनै सरकारी निकायवा संस्थानको भएको जस्तो लागिरहेको थियो । म अझै पनिछुट्याउन सक्ने स्थितिमा आइसकेको थिइन ।

गाडि निहालेर हेरेँ । गाडिमा दुई जना सबार हुनुहुन्थ्यो, एकजनाचालक र अर्को हाकिम हुनुपर्छ शायद । गाडि आएको देखेपछि मैले हात उठाएँ । सहयोगको लागियाचना गरेँ । गाडि रोक्नुभयो र उहाँहरू म कहाँआउनु भयो ।
म अशक्तभइसकेको थिएँ ।

म कहाँआउना साथउहाँहरू मध्ये एकजनाले भन्नुभयो – ‘यो भाइहामीसँगै बिस्तारै आएको कसरी लडेछन् ।’ मैले घुँडा समातेर बसेको देखि फेरी मेरो घुँडा हेर्दै फेरी भन्नुभयो – ‘खुट्टा भाच्चियो कि के हो ?’
‘शायद !’, मैले टाउको हल्लाएँ । घुँडा फ्याक्चर भएको बाहिरबाटै प्रष्ट देखिन्थ्यो ।
मैले टाउँको हल्लाए पछि एकजनाले अनपेक्षितप्रश्नगर्नुभयो – ‘भाइ ! तिम्रो विहे भएको छ कि छैन ?’ हाकिमले यो प्रश्नगर्नु भयो या गुरुजीले ? मैले यादगरिनँ तर उहाँको यो सोधाइले मेरो भविश्य के होलाअव?भन्ने प्रष्ट झल्कन्थ्यो ।
मैले उहाँहरूलाई हेरिरहेँ ।

मैले हेरिरहे पछि हाकिमले गुरुजीलाई भन्नुभयो –‘उहाँलाई उठाएर गाडिमा हाल्नुहोस्, नजिकैको अस्पतालमा लगेर छोडिदिउँ तर अस्पताल कहाँ छ ?थाहाँ छैन ।’
मलाई पनि अस्पताल कहाँ छ ? थाहाँ थिएन । यतिखेर सम्मनजिकै होटलको एकजनाभाइ पनि आइसकेको थियो । उसले र गुरुजीभएर मलाई गाडिमा चढाए । उसैले मेरो बाइक होटल छेउमा राखिदिए ।बाइकको चावी मलाई दिए । सोही गाडिमा चढेर मलाई नजिकैको अस्पतालसम्म पु¥याउनको लागि सहयोग गरे ।
यतिखेर सम्म मैले मेरो आफन्तकहाँ म दुर्घटनामा परेको म्यासेज पु¥याएसकेको थिएँ । गाडिका राखिसकेपछि हाकिमले नै ‘तिम्रो सबैभन्दा छिटो को सँग सम्पर्क हुन्छ ?’ भनेर मलाई सोध्नु भएको थियो । मैले मेरो मोबाइल निकाल्दै भतिज कुशुमको नम्बर डायल गरी उहाँलाई दिएको थिएँ । उहाँले नै म दुर्घटनामा परेको, खुट्टा फ्याक्चर भएको र सहयोगको लागि छिटो आउनु प¥यो भनेर भन्नु भएको थियो । मैले पनि पुनःकुशुमलाई आफू दुर्घटनामा परेको कुरा बताएँ ।
मलाई नजिकैको सामुदायिक अस्पताल पु¥याइयो ।

अस्पतालमा डाक्टर नभएको जानकारी दिइत्यहाँको स्टाफ्ले केही गर्न सक्दैनौ, उहाँलाई खाल्टे लग्नुहोस् भनिसकेपछि पुनः फेरी मलाई सोही गाडिमा आत्मीय सामुदायिक अस्पताल खाल्टे, सिन्धुली पु¥याउने काम भयो । उहाँहरूले नै स्टेचरको व्यवस्थामिलाई मलाई इमरजेन्सी वार्डमा वेडमा भर्ना गरिदिए ।
मेरो उपचारको प्रोसेस सुरु भयो । उपचार सुरु हुनथालेपछिउहाँहरूले मसँग केही समय भलाकुसारी गरी मसँग विदाभएर आफ्नो गन्तव्यतिर लाग्नुभयो ।उहाँहरूले मलाई दुर्घटना भएको स्थानदेखि अस्पतालसम्म पु¥याउनको लागिजुन सदासयता र मानवीयता देखाउनु भयोे त्यो मैले कहिल्यै भुल्न सक्दिन । उहाँहरूप्रतिहार्दिक नमन ।

आत्मिय अस्पताल खाल्टेमा मेरो अवस्था हेरी दुखाइ कम गर्ने औषधी दिए । मैले औषधी खाएँ । त्यसपछि मेरो घुँडाको एक्सरे गर्न एक्सरे रुम लिएर गए । एक्सरे भयो । एक्सरेमा मेरो घुँडाको पाङ्ग्रा नराम्ररी फुटेको देखियो । घुँडाको पाङ्ग्रा फुटेको देखिसकेपछि उहाँहरूले मेरो उपचार यहाँ सम्भवनहुने कुरा बताउनु भयो। मलाईतुरुन्तै काठमाडौँ गएर उपचार गर्न सल्लाहदिनुभयो ।
यतिखेरसम्म मेरो आफन्तआइसकेको थिएनन् ।

मलाई बाहिर घाममा गएर बस्न मन लाग्यो । मैले अस्पतालको कर्मचारीसँगबाहिर घाममा गएर बस्न मन लागेको कुरा बताएँ । उहाँहरूले मेरो लागिह्वीलचेयरको व्यवस्थागरिदिएर बाहिर घाम भएको ठाउँसम्म पुग्नको लागि सहयोग गर्नुभयो ।
बाहिर घाममा पुगिसके पछि मेरो मन एकाएकउद्वेलितभयोे । म सोच्दै थिए, म अरुको सहायताविना केहीगर्न नसक्ने अवस्थामापुगिसकेछु । अपरेशन गरी म पहिलेकै अवस्थामानफर्किनुजेल मेरो दैनिकी कसरी बित्ला?आगामीदिनहरू कसरी व्यतितगर्ने होला? अनेक कुराहरू सोच्दै थिएँ, यतिकैमाभतिज रोहित र सविनआइपुगे ।

उनीहरूलाई भतिज ई. कुशुमले जानकारी दिएको रहेछ । कुशुम गाडि लिएर आउने र काठमाडौँ जाने कुरा अस्पतालमा उपचारक्रमको सिलसिलामा नै भइसकेको थियो । मैले उनीहरूलाई कुशुम गाडि लिएर आउदै गरेको जानकारी दिए । बाइकलाईमन्थलीदाइको घरमा लगेर राखिदिनु भनेर चावीदिएँ । केहीपश्चात् पछि भतिज ई.कुशुम, ई. तिलकजी र विक्रमभाई गाडि लिएर आइपुगे ।
मलाई गाडिमा चढाए । यतिखेर मैले म एक्लो छैन भन्ने महशुस गरेँ ।
गाडि अघि बढ्यो ।बिस्तारै हामीमुलकोट पुग्दै थियौँ । उनीहरूले मुल्कोटमाखानाखाने कुरा बताए । गाडि मुलकोटमा रोकियो । उनीहरू होटलमा गए तर म भने गाडिबाट झर्न सकिनँ । उनीहरूले मलाई गाडिमैै खानाल्याइदिए । मैले गाडि भित्रै बसेर खानाखाएँ ।

खाना खाइसकेपछि फेरी गाडि अघि बढ्यो । बिस्तारै हामी धुलिखेल निश्कियौँ । धुलिखेलको जंगलमा केही समय आराम गर्ने कुरा चल्यो । हामी गाडि बाहिर निश्कियौँ । तर म यतिकमजोर भइसकेको रहेछुकि एकछिन पनि अडिन सकिने अवस्था भएन । मैले अस्पताल पुगेर नै आरामगर्नुपर्छ छिटो अस्पताल जाउँभनेँ ।
फेरी अघि बढ्यौँ । हामीकरिब ५ बजेतिर नेपालअर्थाेपेडिक अस्पताल जोरपाटी पुग्यौँ । मलाईइमजेन्सीमालगियो । मेरो उपचार शुरु भयो । कोभिड १९ कोरोनाजाँचगरियोे । रिपोर्टमा नेगेटिभ देखियो । त्यसपछि मेरो घुँडा शल्यक्रियाप्रक्रिया शुरु भयो ।

शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरी सके पछि म ६ दिन अस्पतालमै बसी डिस्चार्ज पश्चात् घरमा आइतोकिएको समयमा अस्पताल फलोअपमाजाँदै आफ्नो स्वास्थ्यलाभगरिरहेको छु । उपचारको क्रममा अस्पतालका डाक्टर नर्स तथा सहयोगीहरूले देखाएको व्यहवार साच्चिनै मानवीय स्वभावको उत्तमनमूनाथियो ।
त्यस्तै अस्पताल बस्ने क्रममा रहनुहुने श्रीमती सुनिता, भान्जाकिशोर र भतिजहरूः कल्याण, कृष्ण लगाएतअन्यव्यक्तिहरू कहिलेकाकाहीँऔषधि खरीदगर्न वाचियाखाजालिनबाहिर जाँदात्यहाँ अरू मानिसहरूले गरेको सहयोग ले पनिउच्चमानवीय गुणकोप्रतिनिधित्वगर्दछ ।

उपचारको क्रममा अस्पतालमा रहदाहोस् वा नीजि निवासमा आइउपचारत रहँदा जे जतिआदरणीय महानुभावहरू आउनुभई शीघ्र स्वास्थ्यलाभको कामना गर्नु हुँदा आफूलाई दुःखीरहेको घाउ केही क्षण भएपनि ध्यान कुराकानीतर्फ जाँदा मथ्थर भए जस्तो लाग्थ्यो । तर जे होस् कतिपयमानिसहरूले अमानवीय,असान्दर्भिक, अस्वभाभिक गतिविधि देखाएको पाएतापनि मैले आफू दुर्घटना पश्चात् मानवीयतालाई मध्यनजर राखीअरूले सहयोग गरेको पाएँ । मलाई अनुभवभयो कीमानवभएर जन्मी सकेपछि विवेकशील, व्यहवारिक र मानवीय ढंगबाट आफूलाई समय र परिस्थितिमा प्रस्तुतगर्न सक्नु पर्दछ ।

मेघप्रसाद भट्टराई
क्याम्पस प्रमुख
श्री गौरीशङ्कर बहुमुखीक्याम्पस, रामेछाप ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार