आफुहरु निर्वाचित भएपछि गाउँपालिकाले मुहार फेर्यो : अध्यक्ष लामा

आफुहरु निर्वाचित भएपछि गाउँपालिकाले मुहार फेर्यो : अध्यक्ष लामा

रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले आफुहरु निर्वाचित भएपछि गाउँपालिकाले मुहार फेरेको बताउनुभएको छ । उहाँले गाउँपालिकामा शिक्षा, स्वास्थ्य , रोजगार , कृषि , सडक , खानेपानी लगायत कुराहरुमा धेरै आमुल परिवर्तन आएको बताउनुभयो । गाउँपालिका अध्यक्ष धावा लामासँग गाउँपालिकामा भएका विकास निर्माण लगायत गाउँपालिकाले अहिले गरिरहेको गतिविधीको सवालमा रहेको गरिएका कुराकानीको सम्पादीत अंश

यहाँको पालिकाले विकास निर्माणको कामको अनुगमनलाई कसरी अगाडी वढाएको छ ?

जुन संविधानले दिएको अधिकार हो उपाध्यक्षले अनुगमन गर्नेछ । अनुगमन गर्ने उपाध्यक्षमात्र नभएर वडामा भएको सदस्यज्यूहरुले र वडाध्यक्ष ज्यूले पनि अनुगमन गर्नु पर्छ त्यो विधी सम्वदवाट जानुपर्दछ सवैभन्दा पहिला उपभोक्ता समिति वन्नु भन्दा अगाडी कुन प्रयोजनका लागि समिति वन्दैछ र त्यसमा रमक कति हो र त्यसलाई कसरी ब्यवस्थापन गर्ने भन्ने वारेमा प्राविधीकले पहिला स्टिमेट गर्छ त्यो स्टिमेटको आधारमा वजेट छ्ट्याउनु पर्दछ । त्यो वजेट छुट्याईसकेपछि त्यसको अनुगमन सवैले गर्ने हो । पहिलो नम्वरमा उपाध्यक्षले गर्ने, कानुन अनुसार उहाँको अधिकार हो । उहाँले गर्ने र त्यो कामको अनुगमन फेरी वडाध्यक्षले पनि गर्ने फेरी वडाध्यक्षले कार्य सम्पन्नको प्रमाण–पत्र दिने । दिईसकेपछि जनताले पनि त्यसको अनुगमन गर्ने र नियन्त्रण गर्ने, नियमन गर्ने र राम कामलाई राम्रो भन्ने नराम्रो कामलाई नराम्रो भन्ने भन्ने अधिकार जनतालाई पनि छ । त्यसकारण ब्यवहारिकरुपमा लानु पर्ने हुन्छ । किनभने अनुगमन नगर्ने, नियमन नगर्ने, नियन्त्रण नगर्ने अनी आईसकपछि विरोध चाही गर्ने त्यो चाही काम भएन भनेर । त्यसैले अहिले उपभोक्ता समितिलाई भुक्तानी दिने वेलामा जनतालाई राम्रो काम भयो भनेर सोधेरमात्र जनताकै विचमा भुक्तानी दिन्छौं ।

हजुर विकास निर्माण कै सन्दर्भमा उपभोक्ता समिति मार्फत गरिएको काम पारदर्शी, छिटो हो की टेण्डर प्रक्रियावाट अगाडी वढाईएका काम छिटो र पारदर्शी हुने यहाँको अनुभव के छ ?

उपभोक्ता समितिले काम गर्दा राम्रो काम गर्ने र अनुगमन गर्न सक्ने र त्यसलाई नियन्त्रण गर्न सक्यौ भने उपभोक्ता समितिको काम पनि राम्रो नै हुन्छ त्यो हामीले देखिनै रहेका छांै । र उपभोक्ता समितिले राम्रो काम गरेको कारण हामीले पुरस्कार पनि दिएका छांै । र अहिले ठेक्का पट्टामा जादाँ इ–टेण्डरमा जाने भनेर ५० लाख भन्दा माथिको गरेका छौ । तर त्यसमा अहिले इ–टेण्डरवाट ठेकेदारसावहरुले काम गर्न ज्यान छोडेको छैन किनभने काममा ४५ प्रतिशत सम्म उहाँहरु वीलमा जान मिल्छ अनि त्यसले काम कसरी गर्न सक्छ । क्वान्टीटी र क्वालिटीमा सम्झौता हुदैन त्यसकारण इमान्दार ठेकेदारसावहरुले मात्र राम्रो काम गरेको भेटिएको छ । त्यसैले उपभोक्तामा जाने होकि भनेर सोचि राखेका छांै ।

बजेट घटाघट गरेर टेण्डर प्रक्रियाबाट काम गर्दा कामको गुणस्तरीयतामा समस्या हुँदैन ?

सवैभन्दा पहिलो कुरा त घटाघटको टेण्डर प्रक्रिया आएको छ यसले गलत कामहरु गरिरहेको छ । एउटा घटनाको वारेमा तपाईको सञ्चारमाध्यवाट के जानकारी गराउन चाहान्छु भने पोहोर हाम्रो चार करोड रुपैया प्रदेशवाट विनियोजन भएको थियो । लुभु सादी डाँडा गाल्पा आउने वाटो कालोपत्रे गर्नुपर्ने र उहाँहरुले साडे दुई करोडमा १३ सय मिटरको कालोपत्रे शुरु ग¥यो । त्यसमा काम छिटो सम्पन्न गर्नको लागि त्यसले फिलिङ भर्ने ठाउँमा नै कालो पत्रे ग¥यौं वर्षायाममा फिलिङ भासिएपछि वाटो फुटी हाल्यो त्यसपछि त प्रदेशवाट आएको पैसा दुरुपयोग भयो भनेर हरेक सामाजिक सञ्जालमा भाईरल भयो भनेपछि यस्ता काम हुदैछ । यो ठेक्काकोे कामलाई ब्यवस्थीत, अनुगमन, नियमन गर्न नसकेको कारणले गर्दा अहिले यस्ता कामहरु पनि हुने गर्छ । तर हामी आफ्नो योजना र वजेट छ्ट्याएर गरेको कामको वारेमा आफ्नो प्राविधीक टीम, वडा सदस्य ज्यूहरु, वटाअध्यक्ष ज्यूहरु र त्यस पछि उपाध्यक्ष ज्यू सहित टाईम टाईममा अनुगमन गर्ने र त्यसलाई नियन्त्रण गर्ने र नियमन गर्ने कामहरुमा हामी अगाडी वढी राखेका छांै ।

तपाईहरुले आफ्नो पालिकामा कुन क्षेत्रमा वढी वजेट विनियोजन गर्नुभयो ?

हाम्रो सवैभन्दा वढी भनेको सडकमा नै वजेट विनीयोजन गरेका छौ प्रदेश सरकारवाट पनि १८ करोड आएर त्यो काम भईरहेको छ र ४ किलोमिटर कालो पत्रे हुँदैछ । त्यसपछि तीनवटा खानेपानी योजनामा १÷१ करोड नै छुट्याएको छ यसरी हामीले कामहरु अगाडी वढाई रहेका छौं ।

टेण्डर प्रक्रियाबाट गरिने काम पारदर्शी नभएपछि यसलाई रोक्न पालिकाले प्रदेश र केन्द्र सरकारलाई कस्ता खालको सुझाव दिनुपर्ला ?

अव हामीले गाँउपालिका राष्ट्रिय महाँसंघको पदाधिकारीहरु सवै, प्रदेशका मुख्य मन्त्री ज्यू, प्रदेशका मुख्य सचिव ज्यू, अर्थ सचिव ज्यू र योजना आयोगका उपाध्यक्ष ज्यू र हामीहरुवीच भर्खरै छलफल ग¥यौ जुन बजेट तपाईहरुले हाल्नुभएको छ त्यो वजेटको वारेमा अनुगमन र सवै ब्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई नै दिनु पर्छ भनेका छौ किनकी पूर्वाधारले जुन कामहरु गर्ने कुरा छन् कर्मचारीहरु राख्ने र काम सम्पन्न भएपछी मात्र फित्ता नाप्ने काम हुन्छ त्यो ठिक होईन भनेर हामीले कुरा राखेका छौं । उहाँहरुले पनि तपाई हामी कोडिनेशन हुनु पर्छ, फोन सम्वाद हुनुपर्दछ तपाई हामी सवैले सल्लाह सुझाव दिएर नै विकास निर्माणको काम अगाडि वढाउन पर्छ भनेका छन् । अव चिठी मार्फत जानकारी गराएर सवै जिम्मेवारी स्थानीयतहलाई दिनेछौ भनेर अहिले कुरा गरेका छन् । अहिले जुन ठेक्कापट्ुटाको काम शुरु भएको छ त्यसलाई ब्यवस्थित ढंगवाट अनुगमन गर्नु पर्नेछ र खानेपानीको काम चाही हामीले जनताहरुले नै खवरदारी गर्नु भनेका छांै त्यसपछि काम राम्रो हुनेछ भन्ने विश्वास लिएका छौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार