रामेछाप जिल्लामा थप कडाई , हाटबजारहरु पुर्ण रुपमा बन्द

रामेछाप जिल्लामा थप कडाई , हाटबजारहरु पुर्ण रुपमा बन्द

रामेछाप जिल्लामा कोरोना भाइरस संक्रमणमो जोखिमता बढेको भन्दै शुक्रबार बसेको जिल्ला स्तरीय संकट व्यस्थापन केन्द्रको बैठकले औषधी र इन्धन बाहेकका पसल व्यवसाय बिहान ५ बजेदेखी अपरान्ह् चारबजेसम्म संचालन गर्न पाउँने लगाएतका १७ वटा निर्णण गरेको छ । जिल्लाभर लाग्ने हाटबजारहरु अर्काे व्यवस्थापन नभएसम्मका लागि पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । रामेछापकी प्रमुख जिल्ला अधिकारी एवं संकट व्यस्थापन केन्द्रकी संयोजक रुद्रादेवी शर्माको अध्यक्षतामा शुक्रबार बसेको बैठकले १७ वटा निर्णयहरु गरेको हो ।

निर्णयहरु 

  1. कोभिड-19 को रोकथाम तथा नियन्त्रण सम्बन्धि भएका कार्य तथा विपद् उद्धार तथा प्रतिकार्य सम्बन्धी भएका कार्य हाल सम्म 892 जनाको RDT परिक्षण, 650 जनाको PCR परीक्षण गरिएको, 27 जनाको कोभिड-19 संक्रमण पुष्टि भएकोमा 23 जनाको Negative प्रतिवेदन आएको, हाल 4 जना आइसोलेसनमा रहेका, हाल 75 जना क्वारेन्टिनमा रहेके समीक्षा गरियो ।
  2. देशभर निरन्तर बढ्दो क्रममा रहेको कोभिड-19 महामारीलाई नियन्त्रण गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी होम क्वारेन्टिन र होम आइसोलेसनको मापदण्ड पूर्ण रुपमा जिल्लामा पालना गर्न नसकिने देखिएकाले अर्को निर्णय नभए सम्मका लागि संक्रमित स्थानबाट जिल्ला भित्रिएकालाई संस्थागत क्वारेन्टिन र आइसोलेसनमा राख्ने व्यवस्था मिलाउनु सबै पालिकाहरुलाई अनुरोध गर्ने ।
  3. जिल्ला भित्र प्रवेश नाकामा चेक जाँचलाई थप कडाई गर्ने
  4. औषधी इन्धन बाहेक सबै पसलहरु विहान 5 बजे देखि दिउँसो 4 बजे सम्म मात्र सञ्चालन गर्ने ।
  5. यस जिल्ला भित्र लाग्ने हाटबजारहरु अर्को व्यवस्था नभए सम्मलाई बन्द गर्ने ।
  6. नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी जनस्वास्थ्य मापदण्ड तथा गृह मन्त्रालयद्धारा जारी सुरक्षा मापदण्ड सबै सरकारी, गैरसरकारी, बैंक, वित्तीय संस्था, सहकारी संस्था, उद्योगी, व्यापारीहरुले कडाईका साथ पालना गर्ने/गराउने ।
  7. सबै पालिकाको समन्वयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी अनिवार्य मास्क, निश्चित दुरी कायम गर्ने र साबुनपानी वा स्यानीटाइजरले हातधुने व्यवस्था जनस्वास्थ्य कार्यालयले मिलाउने ।
  8. सामुदायिक प्रहरी साझेदारी कार्यक्रमद्धारा कोभिड-19 को रोकथाम तथा नियन्त्रण सम्बन्धमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।
  9. जनस्वास्थ्य र सुरक्षाका मापदण्डको उल्लंघन गर्ने, व्यक्ति, समूह, संस्था, सञ्चालनको उच्च निगरानी गरी कार्वाही गर्ने ।
  10. कोरोना जाँचको दायरा बढेसँगै जिल्लामा संक्रमितको संख्या बढ्न सक्ने देखिएकाले आ-आफ्ना पालिकाले आफ्नो नागरिकको उपचारको लागि उपयुक्त स्थान र वेड सहितको आइसोलेसन तयार गर्ने र त्यसका लागि स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालसँग समन्वय गर्ने ।
  11. मिति 2077/04/14 गते स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जारी गरेको कोरोना जाँचको नियमावलीलाई अवलम्बन गर्दै जिल्ला भरी संक्रमित स्थानबाट भित्रिने सबैलाई जिल्ला भित्रिएको 5-10 दिनमा कोरोना जाँच गर्ने, साथै अग्रपङ्तिमा कार्यरत व्यक्तिहरुलाई पनि जाँचको दायरामा ल्याउने र त्यसको लागि जिल्ला कोरोना सम्पर्क व्यक्ति (डा. आनन्द आचार्य) सँग प्रत्यक्ष समन्वय गर्ने ।
  12. खाद्यान्न, इन्धन लगायत अत्यावश्यक बस्तुको आपूर्तिको व्यवस्था रामेछाप उद्योग बाणिज्य संघले मिलाउने ।
  13. जिल्लामा सञ्चालित एम्बुलेन्सहरुले विरामी बाहेक अन्य व्यक्ति बोक्ने, बिरामी बोक्न नमान्ने जस्ता गुनासो आएकाले सबै पालिका, स्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालयले सोको निगरानी गरी नियमित सञ्चालनको व्यवस्था मिलाउने ।
  14. धर्म, संस्कार, विवाह, ब्रतवन्ध, चार्डपर्व, मृत्यसंस्कारमा न्यूनतम व्यक्तिहरु मात्र जम्मा भई सम्पन्न गर्ने ।
  15. होटल एवं रेष्टुरेन्टमा हुने सामुहिक भोज, पार्टी, सेमिनार वा अन्य सामुहिक भेला जस्ता कार्य निषेध गर्ने ।
  16. औषधी व्यवसायीहरुले स्वास्थ्य सुरक्षाका सामाग्रीहरु सुपथ मुल्यमा विक्री वितरणको व्यवस्था मिलाउने यसको अनुगमन जिल्ला स्वास्थ्य कार्यालयले मिलाउने ।
  17. कोभिड-19 को रोकथाम तथा नियन्त्रणको लागि जनचेतनामूलक सूचना सन्देश सबै पालिका/निकाय, संघ/ संस्था, सञ्चार माध्यमहरुले प्रचार प्रसार गर्ने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार