चाड पर्वमा आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै सबै सचेत रहन प्रशासनको आग्रह

चाड पर्वमा आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै सबै सचेत रहन रामेछाप प्रशासनले आग्रह गरेको छ । नेपालीहरूको महान् चाड पर्वहरू दशै, तिहार लगायतका मुख्य चाड पर्वमा बजारमा हुन सक्ने सम्भावित कालोबजारी, म्याद गुज्रेका सामानको बिक्री वितरण, अवैध मदिराको बिक्री वितरण, जुवातास खेल्ने/खेलाउने, चोरी–लुटपाट जस्ता आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै सबै सचेत प्रशासनले आग्रह गरेको हो […]

रामेछापमा सामाजिक संजालबाट ठगिनेको संख्या बढ्दो,सचेत रहन प्रहरीको आग्रह

रामेछापमा पनि सामाजिक सञ्जालमार्फत हुने ठगी धन्दामा पिडित हुनेको संख्या बढ्दै गएको छ । फेसबुक, ह्वाट्स एप्स, ईस्टाग्रामलगायतका सामाजिक सञ्जालमार्फत ठगिनेको संख्या लगातार बढ्दै गएको प्रहरीले जनाएको छ । पछिल्लो समय ह्याकरहरुले अरुको फेसबुक, फेसबुक पेज, जीमेल लगायत संजाल ह्याक गरी म्यासेज पठाई पैसा माग्ने गरेको र चिनजानको साथीलाई साँच्चै समस्या परेको भन्ठानेर पैसा ट्रान्सफर […]

रामेछाप प्रीतिका मिर्गौला पीडित बालकाको उपचारमा खर्च अभाव,सहयोगका लागि आह्वान

रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रीतिका एक ११ वर्षीय बालकको खर्च अभावले उपचारमा समस्या भएको छ। प्रीतिका लीलाबहादुर सुनुवार र मनमाया सुनुवारका छोरा नवराज सुनुवारको दुवै मिर्गौलाले काम नगर्ने र फोक्सोमा पानी जम्ने समस्या भएपछि कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । छोराको उपचारको क्रममा ९ लाख रुपैयाँ बढी खर्च भइसकेको लीलाबहादुरले बताउनुभयो । उपचारको लागि अझै […]

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा मन्थली नगरपालिका पहिलो

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा रामेछापका आठ स्थानीय तहमध्ये मन्थली नगरपालिका पहिलो भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार जारी गरेको नतिजा अनुसार ७४.५० अङ्क सहित मन्थली नगरपालिका पहिलो भएको हो । मन्थली नगरपालिकाले प्रशासकीय प्रबन्धमा कुल अङ्कको ८.५ अङ्क¸सङ्गठन तथा प्रशासनमा ७ अङ्क¸वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७.५ अङ्क¸ वित्तीय […]

रामेछाप नगरपालिकाकोे वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

रामेछापको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आईतबार(आज) १५ औँ नगरसभामा उपप्रमुख बाल कुमारी कार्कीले पेश गर्नुभएको नीति तथा कार्यक्रम र बजेट पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो । नगरपालिकाका प्रबक्ता समिर कार्कीले वार्षिक नीति तथा कार्यक्रम र बजेट पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो […]

अब रामेछाप अस्पतालमा डायलाइसिस सेवा नियमित

अब रामेछाप अस्पताल रामेछापले नियमित रुपमा डायलाइसिस सेवा दिने भएको छ । बिहिबार(आज) देखी नियमित रुपमा बिरामीले सेवा पाउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.केशव श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालमा यो सेवा सुरु भएको लामो समय भइसकेको भएपनि डायलाइसिस मेसिनमा प्राविधिक समस्या देखापरेको कारण केही समय सेवा अबरुद्ध भएको थियो । अब भने मिर्गौलाको समस्याबाट पीडित बिरामीहरूले […]

आगलागी हुनबाट रामेछाप अस्पताल जोगियो,जोखिम भने कायमै

रामेछापको पुरानो सदरमुकाम रामेछाप डाँडामा रहेको रामेछाप अस्पताल आगलागी हुनबाट जोगिएको छ । बुधबार(आज) साँझ एक्कासि अस्पताल नजिकै रहेको जंगलमा भीषण आगो लागेपछि अस्पताल परिसर भित्रै आगो प्रवेश गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठका अनुसार आगो अक्सिजन प्लान्ट नजिकै पुगेको हो । सबैको सहयोगले अस्पताल आगो लाग्नबाट जोगिएको उहाँले बताउनुभयो । अस्पताल […]

रामेछाप अस्पताल नजिकैको जंगलमा भीषण आगलागी,अस्पताल जोखिममा

रामेछापको पुरानो सदरमुकाम रामेछाप डाँडामा रहेको रामेछाप अस्पताल आगलागीको जोखिममा परेको छ । बुधबार(आज) साँझ एक्कासि अस्पताल नजिकै रहेको जंगलमा आगो लागेपछि अस्पताल परिसर भित्रै आगो प्रवेश गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठका अनुसार आगो अक्सिजन प्लान्ट नजिकै पुगेको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो धेरै ठूलो भएका […]

जिल्ला प्रशासन कार्यालय रामेछापले उठायो २ करोड ९१ लाख राजश्व

जिल्ला प्रशासन कार्यालय रामेछापले २ करोड ९१ लाख राजश्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक बर्ष २०८०/०८१ को साउनदेखि चैत्र मसान्त सम्म नौ महिनाको अवधिमा उक्त राजश्व संकलन गरेको हो । जिल्ला प्रशासन कार्यालय रामेछापका सूचना अधिकारी प्रकाश प्रधानका अनुसार राहदानी शुल्क, न्यायिक दण्ड,जरिवाना, जफत शुल्क,कम्पनी संस्था रजिष्टे«शन नवीकरण लगायतको शिर्षकमा कार्यालयले उक्त राजश्व […]

रामेछाप नगरपालिकामा कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा तालिका सार्वजनिक

रामेछापको रामेछाप नगरपालिकाले नगरपालिका भित्रका सबै विद्यालयको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । यहि चैत्र २ गतेबाट कक्षा १ देखी कक्षा ९ सम्मको वार्षिक परीक्षा संचालन हुने नगरपालिकाले एक सूचना मार्फत जानकारी दिएको छ । नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत विष्णु बहादुर कार्कीले हस्ताक्षर गर्नुभएको सुचनामा बिहान १० बजेदेखी परीक्षा संचालन हुने बताइएको छ […]