अज्ञात खाेजीमा – कविता

अज्ञात खाेजीमा रन्थनिरहेकाे मेराे मस्तिष्क यतिखेर हिर्काउँछ सून्यतामा लगातार तर बन्द काेठामा शान्त पीडा भएको छ कुनै आयामकाे खाेजीमा तर थाहा छ मलाई कुनै साधारण पीडा हुने छैन त्याे मस्तिष्कले खाेजेकाे तिलस्मी आयाम पूर्णता हाेइन? एउटा पीडारहित भएकाे छु माफ गर्नु हाेला मृत्युहरु पूर्णता हाे की हाेइनन्? मैले त्याे तस्वीर अनुमान गर्न सकिनँ यद्यपि मृत्युहरु […]

जगदीश घिमिरे स्मृति पुरस्कारबाट साहित्यकार पवन र मिना सम्मानित

जगदीश घिमिरे स्मृति प्रतिष्ठानले प्रदान गर्दै आएको पुरस्कारबाट दुई जना साहित्यकार सम्मानित भएका छन । शनिबार सदरमुकाम मन्थलीमा आयोजित जगदीश घिमिरे स्मृति साहित्यिक सभा कार्यक्रममा यस बर्षको पुरस्कार साहित्यकार पवन आलोकलाई प्रदान गरिएको छ । प्रतिष्ठानले गत बर्षको पुरस्कार भने साहित्यकार मिना चौलागाईलाई प्रदान गरेको हो । दुबै जना साहित्यकारलाई ५१ हजार राशीको पुरस्कार सहित […]

प्रतिरुप – कविता

कहरहरुकाे घना पर्खालबीच उसलाई म प्रत्यक्ष महसुस गर्छु तर म अनुभूतिकाे त्याे साँध मिचेर जब सम्झन्छु उसलाई फगत् घुमिरहन्छ उसको धुमिल आकृतिहरु अनि फेरि झस्किन्छु म निष्पट्ट निशाहरुमा छट्पटाई छट्पटाई ऐया ऐठन चीत्कार व्याप्त समयहरुकाे क्रन्दनहरुले भरिएको पीडामा तब म प्रतिशाेधमा हुन्छु अनि म आफ्नाे विरुद्ध आफैँ प्रतिराेधमा उभिन्छु म गर्न खाेज्छु शमन मेरा जिन्दगीका […]

समयको जडता – कविता

शृङ्खलाबद्ध त्रासदीहरुमा समयको प्रत्येक विम्बहरुले हस्ताक्षर गर्न नसकिने सम्झौताहरुमा भूतदेखि वर्तमानको प्रत्येक क्षण निथ्रुक्कै भिजेको छ उहीँ त्रासदी कतै मृत्युको साँधमा कतै मृत्युको विचरणमा आफूलाई उभ्याएको छ । सपनाहरूलाई हिरासतमा राखेर समयको मृत्यु उत्सवमा एक्लिँदै एक्लिँदै गएको जीवनमा धूवाँको आकाशझै परिवर्तन गराएको छ समयलाई आकस्मिकताको उडानहरुमा बरु आगतहरुले बाँधेर राख्न सकेको छ। भूमध्य रेखामा उभिएर […]

संसद भवनमा – कविता

संसद भवनमा खास कुरा केही छैन दुर्योधनको जस्तो मथिङ्गल सुन्दर फूलहरुको बगैँचामाथि सुकिला मुकिला देखिने कुरुप पदचाप आधी आकाश जस्तो छोपिराखेको छ उज्यालो दिन नसक्ने पूँजीबादीहरुको कैद भित्र माथिमाथि उभ्याइएको घर कस्तो अश्लीलता हो शिवरात्रीमा पशुपतितिर नाङ्गा बाबाहरुको नग्नताभन्दा बढी प्रधानमन्त्रीको देशवासीको नाममा सम्बोधन, ब्यङ्ग्यात्मक प्रस्तुतिको प्रहसन जस्तो हे,संसद महोदय सोध्न मन लागेको छ तपाईंको […]

आत्मपीडा- कविता

यो हिरासतभित्र म छु कैद भएर कैँयौ समय मेरो इन्द्रीयहरुलाई निश्क्रिय र उत्तेजनाहीन यो स्थितिबाट कुनै बाटोहरुमा साघुँरो गोरेटोमा अटाइनअटाई हिँडिरहेको मेरो पाइतालालाई फगत निरीहताको सम्पूर्ण परिभाषामा हिर्काउँदै असत्यबीच मुक्त गर्न चाहन्छु मुर्खहरुबीच चुपचाप बाँच्नु असत्यहरुबीच मौनता साँध्नु मेरो मस्तिष्क दुस्वप्न भइरहेको छ जिन्दगीलाई समाधितिर धकेलिरहनु थुप्रै समाधि क्षणहरुको वरण गर्दै बाँच्नु शब्दहरुको झिरले घोचेर […]

नेपथ्यमा बजिरहेकाे धून-(कविता)

लयहरु बिग्रिएकाे बाँसुरीकाे धून मलाई पाशविकता लाग्छ मलाई बिभत्सता लाग्छ। नेपथ्यमा बजिरहेको बाँसुरीकाे धून कतै तिमीले बजाएकाे त हैन? याे धूनमा कुनै सङ्गीतकाे धून छैन याे धूनमा कुनै लयहरुकाे धून छैन याे धूनमा कुनै मधुर मिठासताकाे धून छैन याे धूनमा कुनै झन्कारमय नादहरु छैन। अनाैठाे अनाैठाे लागिरहेको याे धून कतै तिमीले बजाएकाे त हैन? लयहरु […]

परदेशीको पिडा – कविता

हजारौँ माईल टाढा करोडौं डाडाहरु पार गर्दै उछिनदै बादल भन्दा माथी पंछीहरूको भिडमा मिसीएर बादलसगै हराएर् निसासिने यो मरुभूमिमा घामको तातो राप र चापले भरिएको यो देखावटी सुन्दर शहरमा प्रवेश गर्दै गर्दा हरेक कुराहरु छुटने अनि टूटने गर्दो रहेछ । महोदय यहाँ त आफ्नै पराइ हुदो रहेछ,घरकै यादले मात्र मुटुमा छुदो रहेछ । नेपाली नै […]

बेसाहारा मन – कविता

खै हेरन त्यहाँ अलि पर सपनाहरूको सन्सारमा देखेउ नि सबै कुराहरू लथालिङ्ग अनि बेसाहारा छन अबोध ,अनाथ भइ रोइरहेको देख्छौ सपनाको हत्यारा त म नै हो जस्लाई न मैले फुल्ने मौका दिए न फक्रीन मद्दत गरि सुगन्धित छर्न नै ! न कसैले तिमी सक्छौ गर भनेर साथ नै दिए अब भन दोष कस्लाई दिउ अनि […]

हिजोआज को ठुलो

कविता खत्री हिजोआज को ठुलो हिजोआज को ठुलो इमानदार भन्दा बेइमानी ठूलो जनता भन्दा नेता ठुलो सत्ता भन्दा भत्ता  ठुलो शासन  भन्दा भाषण ठुलो विकास र निकास भन्दा नारा ठुलो हिजोआज को ठुलो । राहत र आहत भन्दा आश्वासन र निष्कासन ठुलो रासन भन्दा कमिसन ठुलो घारि , भारि र जिम्मेवारी भन्दा गाँस ठुलो चामल […]