रामेछाप सुनापतिमा ७७ घरपरिवार पहिरोको जोखिममा

रामेछाप जिल्लाको सुनापति गाउँपालिका–३ हिलेदेवीस्थित केउरेनी बस्ती पूर्णरूपमा पहिरोको उच्च जोखिममा परेको छ । साउने, नागा सिवार र च्याम्दुम टोलका ७७ घरपरिवार अहिले प्रत्यक्ष पहिरोको खतरा सामना गरिरहेका छन् । विगत लामो समयदेखि स–साना पहिरो चल्दै आएको सो बस्ती २०८१ असोज ११ र १२ गतेको अविरल वर्षापछि थप क्षतिग्रस्त भएको थियो । त्यसपछि २०८२ असोज […]

रामेछाप नगरपालिकाको बार्षिक समिक्षाःवित्तीय प्रगति ८३ दशमलव ०७ प्रतिशत

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ८३ दशमलव ०७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आईतबारआज) रामेछाप नगरपालिकाले आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले आ.व.२०८१/८२ को अवधिभर संचालन भएका विकास निर्माण तथा सेवा प्रवाहको बारेमा जानकारी गराउनुभयो । चालु आ.व.मा अनुमानित कुल बजेट रू. ७६ करोड ८८ […]

फर्म दर्ता गरेकै भोलिपल्टदेखी अनुदान खोज्छन,काम चाहिँ गर्दैन्न : नगर प्रमुख न्यौपाने

रामेछापको रामेछाप नगरपालिकामा ९ वटा वडाहरु छन । नगरपालिकाको केन्द्र रामेछाप बजारबाट हरेक वडाहरुसम्म सहजै पुग्न सकिने गरी सडकहरु निर्माण भएका छन । स्थानिय सरकार संचालनमा आएपछि नगरका सबै गाउँबस्ती र टोलहरुमा सडक,विद्युत र यातायात पुगेको छ । रामेछाप नगरको विकास र परिवर्तनहरुमा रहेर नगरपालिका प्रमुख लबश्री न्यौपानेसँग गरिएको कुराकानीको सम्पादि अंश : आजभोली के […]

बीपी राजमार्गमा गाडी चल्न थाले,रामेछाप काठमाण्डौँ दुरी छोटियो

अघिल्लो हप्ताको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग विभिन्न ठाउँमा मर्मतपछि गाडी चल्न थालेका छन् । क्षतिग्रस्त सम्पूर्ण खण्डमा शुक्रबार बेलुका ‘ट्रयाक’ खुलाएर परीक्षण गरेसँगै शनिबार(आज) बिहानदेखि गाडी चल्न थालेका डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडाबाट रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्रयाक’ खोली सकेर परीक्षण गरिएको थियो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन […]

घरमै थलिएका वृद्धलाई वडाअध्यक्ष कार्कीले दिए दशैँ खर्च

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ का वडाअध्यक्ष समीर कार्कीले बिरामी भएर घरमै थलापरेका एक वृद्धलाई दशैँ खर्च दिनुभएको छ । सोही वडाको भाङलाङ हिलेपानीका वर्ष ६७ का हिकमत बहादुर कार्कीलाई व्यक्तिगत नगद १० हजार रुपैयाँ सहयोग गरेको वडाअध्यक्ष कार्कीले बताउनुभयो । आर्थिक अवस्था निकै कमजोर रहेको वृद्ध कार्कीको परिवारको कुनै पनि सदस्यको स्थायी पेशा […]

रामेछाप नगरपालिका ८ का सबै नागरीक स्वास्थ्य बिमामा आबद्ध

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ का सबै नागरीक स्वास्थ्य बिमामा आबद्ध भएका छन । वडाले निशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गरेर सबै नागरीकहरुलाई स्वास्थ्य बिमामा समेटेको हो । २०७९ सालको निर्वाचनमा नागरीकसँग गरेको वाचा अनुसार वडाका सबै नागरीकको निशुल्क बिमा गर्न सफल भएको वडाअध्यक्ष सन्तोष कुमार तामाङले बताउनुभयो । ३ वर्ष अघि वडाले सुरु […]

चाडपर्वको बेला सवारी दुर्घटना हुन नदिन रामेछापमा ट्राफिक प्रहरी सकृय

चाडपर्वको बेलामा हुनसक्ने सवारी दुर्घटनालाई मध्येनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारी चेक जाँचमा कडाई गरेको छ । यो समयमा कुनै पनि दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले विभिन्न कामहरु गरिरहेको छ । जिल्लाका ३ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्लामा ट्राफिक व्यवस्थापन लगायत विविध विषयमा ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख सुवाशचन्द्र […]

चाडपर्वमा रामेछाप जिल्ला भरी ४ सयको हाराहारीमा प्रहरी परिचालन हुन्छ : डिएसपी भट्ट

दशैँ सुरु भएसँगै रामेछापमा प्रहरीले कुनै अप्रिय घटना हुन नदिन चाडपर्व लक्षित सुरक्षा योजना बनाएरै लागू गरेको छ । नागरीकको सुरक्षाको लागी जिल्लाभर ४ सय हाराहारीमा प्रहरीहरु परिचान गरिने बताएको छ । जिल्लाको बढी भिडभाड हुने ठाउँहरुमा प्रहरीले विशेष निगरानी गर्ने छ । कुनै अप्रिय घटना भइहालेमा १०० नम्बरमा फोन गर्न प्रहरीले आग्रह गरेको छ […]

ढुक्क भएर चाडपर्व मनाउनुहोस : प्रजिअ थापा

रामेछापमा चाडपर्व सुरु भएसँगै गाउँघर,शहर र बजारमा दशैँको माहोल तातिएको छ । यो बेला दशैँ मनाउन गाउँघर आउनेहरु बढेका छन । चाडपर्वको समयमा हुन सक्ने अपराधिक घटनाहरु चोरी,डकैती,लुटपाट जस्ता घटना हुन नदिन नागरीकहरु पनि सचेत र सजग हुनु जरुरी छ । जिल्ला प्रशासन कार्यालयले पनि यस्ता गतिबिधिहरु ह्ुन नदिन चाडपर्व लक्षित सुरक्षा योजना बनाएर काम […]

दशैँको लागी रामेछापको विहिबारे हाटमा खसीको व्यापार बढ्यो

रामेछाप जिल्लाकै पुरानो र ऐतिहासिक हाटको रुपमा लिने गरिएको विहिबारे हाटमा खसी, बोका किन्ने र बेच्नेको निकै भिड लोगेको थियो । दशैँको अन्तिम हाट भएर पनि होला किनमेल गर्ने र बजार घुमफिर गर्न आउनेको निकै भिड देखिन्थ्यो । बजारमा विशेषगरी लत्ताकपडा र खसी, बोका किनबेच गर्नेहरुको संख्या अरु समयमा भन्दा अलि बढी नै थियो । […]