रामेछापमा पहिरोमा पुरिएका ६ जनाको शव फेला,४ जना अझै बेपत्ता
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखखर्क स्थित पहरी गाउँमा पहिरोमा पुरिएर बेपत्ता भएका ६ जनाको शव फेला परेको छ । गएराति सो क्षेत्रमा झरेको ठूलो पहिरोले ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार ६ जनाको शव फेला परेको छ भने एक जना घाइतेको उद्धार गरीएको छ । […]