रामेछाप रामपुरको विभिन्न ठाउँमा वृक्षारोपण,किसानलाई फलफूलको बिरुवाहरु वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरको विभिन्न ठाउँहरुमा वृक्षारोपण गरिएको छ । वडाले समुदायिक वनसँगको साझेदारीमा विभिन्न प्रजातीका विरुवाहरु रोपेको हो । भू तथा जलाधार व्यवस्थापन कार्यालय माफर्त प्राप्त भएको बाँस ३२ सय झाङ्ग,अम्रिसो ३ सय बोट,सुपर नेपियर ७५ सय बोट रोपिएको वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठले बताउनुभयो । पहिरो जान सक्ने जोखिम क्षेत्रमा यि बिरुवाहरु […]

रामेछापको फूलासी भोटनागीमा ४ सय रोपनी क्षेत्रफलमा चिया खेती

रामेछापमा ४ सय रोपनी क्षेत्रफलमा चिया खेती भइरहेको छ । चिया खेतीका लागी सुहाउँदो हावापानी रहेको यस ठाउँमा राम्रो उत्पादनहुँदा किसानलाई फाइदा भएको छ । चिया बगान घुम्न आउने आन्तरिक पर्यटक पनि बढेका छन् । सदरमुकाम मन्थलीबाट नजिकै रहेको चिया बगान हेर्न, सामाजिक सञ्जाल फेसबुक÷टिकटकमा दृश्य सार्वजनिक गर्न आन्तरिक पर्यटकहरु आउने गरेका छन । हरियाली […]

आ.ब २०८०/८१ मा सुनापति गाउँपालिकाको जम्मा खर्च ७८.९३ प्रतिशत

रामेछापको सुनापति गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा जम्मा विनियोजन बजेटबाट ७८.९३ प्रतिशत मात्रै खर्च गरको छ । जम्मा विनियोजन बजेट ५८ करोड ७३ लाख ८१ हजार ४ सय ९२ रुपैयाबाट ४४ करोड ७७ लाख ८४ हजार ६ सय ६५ अर्थात ७८.९३ प्रतिशत रकम मात्रै खर्च गरेको हो । गाउँपालिकाले सो कुरा सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी […]

सबैको मन जितेर रामेछापबाट बिदाई भए डा.यादव

रामेछाप अस्पताल रामेछापमा कार्यरत MD GP&EM डाक्टर मनोज यादव सबैको मन जितेर बिदाई हुनुभएको छ । साँढे २ वर्ष रामेछाप अस्पतालमा बिरामीको सेवामा रातदिन नभनी खटिएर बिरामीको मनमा बस्न सफल हुनुभयो डा.यादव । रामेछाप अस्पतालमा पहिलो पटक प्रसूति शल्यक्रिया सुरु गर्नुभएका डा. यादवले १ सय ५० जना महिलाहरुको सफल रुपमा शल्यक्रिया मार्फत सुत्केरी गराउनुभएको हो […]

रामेछापमा पहिरोपछिको खोज,उद्धार र उपचारको पूर्वतयारीका लागि कृत्रिम घटना अभ्यास

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार नजिकै भंगेरीमा पहिरोपछिको खोज,उद्धार र उपचारको पूर्वतयारीका लागि कृत्रिम घटना अभ्यास गरिएको छ । रामेछाप अस्पताल रामेछापको आयोजनामा पहिरोको घटनापछिको उद्धार र घाइतेहरुको उपचार लगाएको बारेमा कृत्रिम घटना अभ्यास गरिएको हो । पहिरोको बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धार र उपचारलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा कृत्रिम […]

रामेछाप नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को सुरुदेखि हालसम्म अर्थात यो एक वर्षभरीको अवधिमा सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा नगरपालिकाका बरिष्ठ अधिकृत एवं सूचना अधिकारी होम बहादुर थापाले जानकारी गराउनुभयो । उहाँले […]

मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को सुरुदेखि हालसम्म अर्थात १ वर्षको अबद्यिमा सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाले १ वर्षको अवद्यिमा प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा नगरपालिकाका उप सचिव एवं सूचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी गराउनुभयो । […]

सेलेघाट–रामेछाप–साँघुटार सडकको काम समयमै सम्पन्न नहुँदा जोखिमपूर्ण यात्रा

रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप बजार हुँदै साँघुटारसम्म गरी करिब ५० किलोमिटर दुरीमा रहेको निर्माणाधीन सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पारेपछि सो सडकमा गुड्ने यात्री र यातायात साधनले सास्ती खेप्नु परेको छ । हिउँदको सयमा धुलो र वर्षातको समयमा सडक हिलाम्मे हुँदा रामेछाप र ओखलढुङ्गाको लिखु क्षेत्रबाट काठमाडौं आउजाउ गर्ने यातायात साधन जोखिममा परेका […]

रामेछापको कल्लेरीमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु ९ जना घाइते

रामेछापको मन्थली नगरपालिका–७ कल्लेरीमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । दुर्घटनमा परी मन्थली नगरपालिका–७ की अन्दाजी वर्ष ५५ कि माया बि.क.को मृत्यु भएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मङ्लवार (आज) साँझ भएको दुर्घटनामा घाइते भएकालाई उद्दार […]

रामेछाप नगर उद्योग वाणिज्य संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

रामेछाप नगर उद्योग वाणिज्य संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ । रामेछाप अस्पताल रामेछापमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको हो । संघको नवौँ स्थापना दिवसको अवसरमा आज(मंगलबार) अस्पतालमा बेड भर्ना भएका ६ जना बिरामीलाई स्याउ,केरा,आँप,बिस्कुट र जुस वितरण गरिएको रामेछाप नगर उद्योग वाणिज्य संघका अध्यक्ष अमित कुमार तामाङ्गले बताउनुभयो । रामेछाप […]