रामेछापबाट डेढ सय प्रावि शिक्षकले एकै दिन लिए स्थायी नियुक्ति

रामेछाप जिल्लाबाट एकै दिन करिव डेढ सय प्रावि शिक्षकहरुले स्थायी नियुक्ति बुझेका छन । उनिहरुले आईतबार जिल्ला सदरमुकाम मन्थलीमा एक औपचारीक कार्यक्रमका वीच आफनो नियुक्ति पत्र बुझेका हुन् । शिक्षक सेवा आयोग उत्तिर्ण गरि आएका विभिन्न जिल्लाका एक सय ५७ जना प्रावि शिक्षकहरुलाई मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले स्थायी नियुक्ति पत्र वितरण गर्नुभयो । जिल्ला […]

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना हुँदा ३ जना घाईते

रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ८  भदौरेमा सुमो दुर्घटना भएको छ । आज(आईतबार) बिहान अन्दाजी ७ बजेको समयमा खाँडादेवी गाउँपालिका ९ पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा एकै परिवारका तीन जना घाइते भएका छन् । वर्ष २४ का दिपेन्द्र भण्डारी,वर्ष १६ की […]

वृहत रामेछाप महोत्सवको आम्दानी र खर्चको विवरण सार्वजनिक

यहि पौष २६ गते देखी रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा ११ दिनसम्म चलेको वृहत रामेछाप महोत्वसको आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको छ । महोत्सवको आयोजक समेत रहेको उद्योग वाणिज्य संघ रामेछापले शुक्रबार(आज) पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो । उद्योग वाणिज्य संघका कोषाध्यक्ष झनक बहादुर बुढाथोकीले प्रस्तुत गर्नुभएको विवरण […]

लिखु खोलामा डुबेर रामेछापका एक किशोरको मृत्यु

लिखु खोलामा डुबेर रामेछापका एक किशोरको मृत्यु भएको छ । बिहिबार (आज) दिउँसो लिखु खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका १७ वर्षका भिम बहादुर श्रेष्ठको मृत्यु भएको हो । घर नजिकै रहेको जलजले स्थित लिखु खोलामा २ जना साथीहरुसँगै पौडी खेल्न गएका श्रेष्ठको खोलामा डुबेर […]

रामेछाप नगरपालिकाका १ सय ५० बढी छाडा तथा घरपालुवा कुकुरको बन्ध्याकरण

रामेछापको रामेछाप नगरपालिकाले १ सय ५० बढी छाडा तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरेको छ । छाडा कुकुरको संख्या बढेपछि नगरपालिकाले बन्ध्याकरण गर्न शिविर नै सञ्चालन गरेको हो । नगरपालिकाले नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर बनेपा काभ्रेसँगको प्राविधिक सहयोगमा ५ दिने शिविर सञ्चालन गरेको थियो । ५ दिनको अबधिमा १ सय ५१ वटा छाडा तथा […]

नेपाली काँग्रेस रामेछाप नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न

नेपाली काँग्रेस रामेछाप नगरपालिकाको प्रथम नगर सम्मेलन शनिबार (आज) रामेछाप बजारमा सम्पन्न भएको छ । काँग्रेसका केन्द्रिय सदस्य संजय गौतमको प्रमुख आतिथ्यता र रामेछाप नगरका सभापती कमल विक्रम कार्कीको अध्यक्षतामा प्रथम नगर सम्मेलन सम्पन्न भएको हो । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको कार्यक्रममा पार्टीका जिल्ला तहका नेताहरुले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने […]

रामेछाप नगरपालिकामा छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण शिविर सञ्चालन

रामेछापको रामेछाप नगरपालिकाले नगरभित्र रहेका छाडा कुकुरलाई नियन्त्रण गर्न बन्ध्याकरण गर्न सुरु गरेको छ । छाडा कुकुरको संख्या बढेपछि नगरपालिकाले बन्ध्याकरण गर्न शिविर नै सञ्चालन गरेको हो । नगरपालिकाले नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर बनेपा काभ्रेसँगको प्राविधिक सहयोगमा बिहिबार(आज)देखि ५ दिने शिविर सञ्चालन गरेको नगरपालिकाका पशुपन्छी विकास शाखा प्रमुख काजी शेर्पाले बताउनुभयो । यो […]

गङ्गालाल र पुष्पलालको शालिक कन्तविजोक अवस्थामा

राणाशासन अन्त्यका लागि प्राण त्यागेका शहीद गङ्गालाल श्रेष्ठ तथा नेपालमा कम्युनिष्ट पार्टी स्थापना र विकासमा अमूल्य योगदान दिने पुष्पलाल श्रेष्ठको जन्मघर संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । रामेछाप डाँडास्थित भँगेरीमा रहेको श्रेष्ठ दाजुभाइको जन्मघर परिसरमा बनाइएको शालिक जीर्ण बनेको छ भने घर रहेको क्षेत्र नै झाडीमा परिणत भएको छ । राणा शासनकालमा काठमाडौँका सुब्बा […]

रामेछाप सेवा समाज दोहा कतारद्वारा अग्नि पीडितलाइ आर्थिक सहयोग

यहि चैत्र १ गते रामेछाप जिल्लाको रामेछाप नगरपालिका ९ टारमा भएको आगलागीबाट घरबार बिहिन भएका १३ परिवारलाई सहयोग रकम प्रदान गरिएको छ । रामेछाप सेवा समाज दोहा कतारले सोमबार टार गाउँमै पुगेर सहयोग रकम पीडितलाई हस्तान्तरण गरिएको हो । १३ घर परिवारलाइ प्रति घर परिवार नगद तीन हजार पचास रुपैयाका दरले जम्मा ३९ हजार ६ […]

मन्थली मावि,गौरीशंकर मावि र हिमगंगा मावि भ्रष्टाचारको अखडा बन्दै

नबराज विश्वकर्मा,रामेछाप । रामेछापको नमूना विद्यालयका रुपमा सञ्चालित सामुदायिक विद्यालयहरुले संविधान र कानून विपरित विद्यार्थीसँग शुल्क लिएर भ्रष्टाचारजन्य कार्य गरिरहेको पाइएको छ । नेपालको संविधान २०७२ धारा ३१ उपधारा (२) आधारभूत र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ, भनिएको छ । स्थानीय तहको एकल अधिकार सूची संविधानको अनुसूची–८ (ज) (१६) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन […]