रामेछाप नगरपालिका–७ डुँडेमा आगलागीबाट २ वटा घर जलेर नष्ट

रामेछापको रामेछाप नगरपालिका वडा नं. ७ डुँडेमा आगलागी हुँदा २ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आईतबार(आज) दिउँसोको समयमा जङ्गलमा लागेको आगो गाउँमा पस्दा २ घर जलेको हो । आगलागीबाट तेज बहादुर मगरको १ वटा जस्ताको छाना भएको घर र खरले छाएको २ वटा गोठ पूर्ण रुपमा जलेको छ । रोहित हायुको […]

रामेछापको डान्सिङटारमा आगलागीबाट ४ वटा घर गोठ जलेर नष्ट

रामेछापको रामेछाप नगरपालिका वडा नं. ६ डान्सिङटारमा आगलागी हुँदा ४ वटा घर गोठ जलेर नष्ट भएको छ । आईतबार(आज) दिउँसोकोे समयमा जङ्गलमा लागेको आगो गाउँमा पस्दा २ वटा घर र २ वटा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीबाट जबर बहादुर गोले र तुलामाया मगरको घर जलेर नष्ट भएको बज्र समाज नेपालका अध्यक्ष […]

रामेछापको साँघुटारमा आगलागीबाट ६ घर जलेर नष्ट

रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारको ठाडा खोलामा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएको छ । आईतबार(आज) दिउँसो १२ बजेको समयमा जङ्गलमा लागेको आगो गाउँमा पस्दा यति धेरै क्षति भएको हो । आगलागीबाट दिर्घमान श्रेष्ठको १ वटा ढुङ्गाको छाना र २ वटा खरको छाना भएको घर जलेर नष्ट भएको छ । सोही ठाउँका […]

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापमा सम्पन्न,१६ विधामा अवार्ड वितरण

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापमा सम्पन्न भएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी महोत्सवको समापन गरिएको हो । रामेछाप नरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले रामेछाप नगरपालिकामा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो । […]

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवको उद्धघाटन,चर्चित कलाकार,निर्माता,निर्देशक रामेछापमा

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवको उद्धघाटन गरिएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी महोत्सव उद्धघाटन गरिएको हो । रामेछाप नरपालिकाका उपप्रमुख बाल कुमारी कार्की र पूर्व चलचित्र विकास बोर्डका अध्यक्ष एवं निर्देशक दयाराम दाहालले संयुक्त रुपमा महोत्सव उद्धघाटन गर्नुभयो । महोत्सव उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै […]

वैशाख ६,७ र ८ गते रामेछाप बजारमा तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव हुँदै

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा हुँदैछ । यहि वैशाख ६, ७ र ८ गते तीन दिन ग्रामीण चलचित्र महोत्सव हुन लागेको हो । महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । महोत्सवमा चर्चित चलचित्र दिमाग खराब,नाङ्गो गाउँ,बुलाकी,बिच्छेद,सतीदेवी र डेसान निशुल्क हेर्न पाईने छ । श्री गौरीशंकर माध्यमिक विद्यालयमा […]

रामेछापको दुरा गाउँमा एक सुत्केरीको मृत्यु

रामेछापको लिखुतामाकोशी गाउँपालिकामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । लिखु तामाकोशी गाउँपालिका वडा नं १ दुरा गाउँका डम्बर बहादुर बराईलीको श्रीमती वर्ष २८ की सबिता सुनुवारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उनको उच्च रक्तस्रावका कारण ज्यान गएको हो । बिहान ७ बजे सुत्केरी भएकी उनको रगत धेरै बगेका कारण ज्यान […]

उद्घोषण गर्न सक्ने भए रामेछाप सुकाजोरका महिला

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले महिलाको क्षमता विकासको लागि उद्घोषण तालिम संचालन गरेपछि यहाँका महिलाहरु उद्घोषण गर्न सक्ने भएका छ्न । यहि चैत्र २७ गतेदेखि मंगलबार(आज)सम्म चलेको तालिममा सहभागी भएपछि आफुहरुको क्षमता विकास भएको सकृय सुकाजोर महिला संजालकी अध्यक्ष राशी कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो,´७ दिनको तालिम लिएपछि म सहित वडाका २५ जना […]

रामेछापको लिखु तामाकोशी गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु

रामेछापको लिखु तामाकोशी गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । लिखु तामाकोशी गाउँपालिका–७ अधिकारी डाँडाकी ६५ वर्षीया काली अधिकारीको सोमबार भीरबाट लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार वडा कार्यालयबाट युरिया मल बोकी घर फर्किने क्रममा उनको धोरेढुंगो भिरबाट लडेर ज्यान गएको हो । घटनाको बारेमा […]

रामेछापमा भएको सवारी दुर्घटनामा दुई जनाले ज्यान गुमाए

रामेछापमा सोमबार एकैदिन भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा परी दुइ जनाले ज्यान गुमाएका छन भने दुइ जना घाइते भएका छन । जिल्लाको मन्थली नगरपालिका वडा नं ७ स्थित मन्थली घाट नजिक टिपर दुर्घटना भएको हो । बिहान अन्दाजी ६ बजेको समयमा टिपर दुर्घटना हुँदा टिपर चालक रामेछापको गोकुलगंगा गाँउपालिका वडा नं ३ रस्नालुका अन्दाजी २३ […]