निशान बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारण सभा सम्पन्न

‘खुशी,सुशी र समृद्धिको पहिचान,हाम्रो आफ्नै सहकारी निशान’ भन्ने मूल नाराका साथ स्थापना भएको निशान बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नु हुँदै रामेछाप नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्गले जुन उद्धेश्यले यो संस्था स्थापना भएको हो […]

रामेछापका सरकारी कार्यालयहरूले गरे सार्वजनिक सुनुवाइ कार्यक्रम

रामेछापका सरकारी कार्यालहरुको सार्वजनिक सुनुवाइ गरिएको छ । जिल्लास्थित सबै सरकारी कार्यालयहरुको एकसाथ सार्वजनिक सुनुवाइ गरिएको हो । जिल्लाका सेवा प्रदायक कार्यालयहरूले चालु आर्थिक वर्षको हालसम्म गरेका सेवा प्रवाहका बारेमा जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजनामा शुक्रवार सार्वजनिक सुनुवाइ गरिएको हो । सार्वजनिक सुुनुवाइमा सेवा प्रदायक सरकारी कार्यालयकाहरुको तर्फबाट चालु आर्थिक वर्षको हालसम्म प्रवाह भएका सेवा, […]

महाकाली आधारभूत विद्यालयलाई मौरी पालनको लागी घार वितरण

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयलाई वडाले मौरी पालनको लागी घार वितरण गरेको छ । मौरी पालनको लागी राम्रो हावापानी र उचित वातावरण रहेको मुडाजोरलाई मौरी पकेट क्षेत्र विकास गर्नको लागी विद्यालयलाई मौरी घार वितरण गरिएको हो । एउटा मौरी सहितको गरी १० वटा घार विद्यालयलाई वितरण गरिएको वडाअध्यक्ष […]

आधुनिक कृषि सहकारीको १४ औ वार्षिक साधारण सभा सम्पन्न

आधुनिक कृषि सहकारी संस्था लिमिटेड रामेछाप मन्थलीकोे १४ औ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । सदरमुकाम मन्थली स्थित जिल्ला समन्वय समितिको सभा हलमा एक औपचारीक कार्यक्रमको आयोजना गरि संस्थाले वार्षिक साधारण सभा सम्पन्न गरेको हो । उक्त सहकारीको साधारण सभाको उद्घाटन जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चीना कार्की खड्काले गर्नु भएको थियो । […]

जुनार जोन संचालन समन्वय समिति रामेछापको संयोजकमा गुन्ज ब कार्की चयन 

जुनार जोन संचालन समन्वय समिति रामेछापको संयोजकमा गुन्ज ब कार्की चयन हुनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाइ रामेछापले आयोजना गरेको एक भेलाले कार्कीको संयोजकत्वमा ९ सदस्यीय समन्वय समिति गठन गरेको हो । जसअनुसार संयोजकमा गुन्ज बहादुर कार्की,उपसंयोजकमा पदम बहादुर लामा,सचीवमा कैलाश चौहान,सह सचीवमा चिना कुमारी तामाङ,सदस्यहरुमा क्रमशः ढाल बिक्रम कार्की,दिपक कुमार खत्री,तारादेवी […]

रामेछापमा यस वर्ष ४५ सय ३६ मेट्रिकटन जुनार उत्पादन हुने अनुमान

जुनारको जिल्ला भनेर पहिचान बनाएको रामेछापमा यस वर्ष ४ हजार ५ सय ३६ मेट्रिकटन जुनार उत्पादन हुने अनुमान गरिएको छ । यस वर्ष जुनारमा कुनै प्रकारको रोग किरा नदेखिएका कारण पनि जुनार उत्पादन बढ्ने अनुमान गरिएको छ । गत वर्ष ४ हजार ५ सय मेट्रिकटन जुनार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले जनाएको छ । […]

सिन्धुलीको जुनारमा सुँडे पुतलीको प्रकोप

सिन्धुलीको जुनारमा सुँडे पुतलीको प्रकोप देखिएको छ । जुनारको फल चुस्ने सुँडे मोथ पुतली व्यापक मात्रामा देखा परेको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले बताउनुभयो । पुतलीबाट क्षति हुने दरले प्रकोपकै रूप लिएपछि पालिकाले पुतली समात्ने र मार्ने उपाय निकालेको उहाँले बताउनुभयो । यहि १५ भाद्रमा गोलन्जोर ५ खनियाखर्कमा सुँडे मोथ पुतली रोकथाम तथा नियन्त्रण सम्बन्धी […]

बंगुर पालनबाटै राममायाको राम्रो कमाई,बस्छन् सबै परिवार रमाई

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार नजिकै मानेँडाँडामा राम माया तामाङ्को घर छ । उनको परिवारमा ७ जनाको सदस्य छन । उनले घरको वरपर करेसा बारीमा तरकारीहरु पनि लगाएकी छिन । केही मात्रामा कुखुराहरु पनि पालेकी छन् । उनको घर भन्दा केही पर उनको बंगुर फर्म छ । रहर लाग्दा साना बंगुरका बच्चाहरु खेलीरको देखिन्छ । […]

रामेछापमा बाँदर लगायत जङ्गली जनावरको आतङ्क,किसानलाई सास्ती

रामेछापका धेरै ठाउँमा जङ्गली जनावरका कारण किसानले सास्ती ब्यहोर्नु परिरहेको छ । खासगरी बाँदर,बँदेल,दुम्सी लगायत विभिन्न जङ्गली जनावरले बालीनाली सखाप पारिदिनाले किसानले बर्सेनि करोडौँ रुपैयाँको नोक्सानी ब्यहोर्नुपरिरहेको हो । जिल्लाको लिखु तामाकोशी गाउँपालिका ४ मा पनि जङ्गली जनावरले बालीनाली सखाप बनाउने गरेको छ । बाँदर,मृग र दुम्सीले बालिनाली नै नष्ट गर्ने गरेको श्रीराज महतले बताउनुभयो […]

स्थानीय रैथाने तथा अर्गानिक उत्पादनको विक्रिका लागी हाट बजार

सिन्धुलीको सुनकोशी गाँउपालिका –५ रामटारमा आजदेखि हाट लाग्न सुरु गरेको छ । गाउँपालिकाले स्थानीय रैथाने तथा अर्गानिक उत्पादनको खरिद विक्रिका लागी हाट बजारको व्यवस्था गरेको हो । हरेक हप्ताको बुधबार हाट लाग्ने गरी सबै व्यवस्थापन गाउँपालिकाले मिलाएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले बताउनुभयो । पालिकाका कृषकहरुले उत्पादन गरेको स्थानीय रैथाने तथा अर्गानिक चिज वस्तुहरु हाटमा […]