अर्थतन्त्रकाे मेरुदण्ड नै शिक्षा

अर्थतन्त्रकाे मेरुदण्ड नै शिक्षा

– नविन गाउँले 

“तिम्रो सम्पूर्ण शरिरको संरचना तिमी कति स्वस्थ छौ भन्ने कुराले निर्भर गर्छ ”ओशो

चीन अब केही दशकमा अमेरिकालाई उछिन्दै अर्थतन्त्रमा बादशाहा बन्ने होडमा छ।त्यो अनुरुप उसले आफ्नो सम्पूर्ण रणनीतिलाई व्यापक रुपमा परिचालित पनि गरिरहेको छ।अर्थतन्त्रमा उ कसरी बलशाली हुदैछ?यसको मक्सद के होला त ?

चीन यति सफल हुनुको कारण के हुनसक्ला?मुख्य कुरा चीन यति सफल हुनुमा उसको शिक्षा नीतिनै रहेको कुरा स्पष्ट देखिन्छ,चीनले आफ्नो राष्ट्रिय आबश्यकतालाई पूर्ति गर्ने हेतुले आफ्ना शिक्षा नीतिहरु अबलम्बन गरेको देखिन्छ।त्यो सफल पनि भएको कुरा उसको बलियो अर्थतन्त्रले छर्लङ्ग देखाउँछ।मूलतः चिनले दुईवटा शिक्षण पद्धतिको बिकाश गरेको देखिन्छ समान्तर ढंगबाट। एउटा(प्राक्टिकल एजुकेसन)ब्यबहारिक शिक्षण र अर्काे(नलेज एजुकेसन)ज्ञानको शिक्षण।अर्थतन्त्रलाई उसले ब्याबहारिक शिक्षालाई सीप र प्रबिधी सँग जोडेको छ,ब्यबहारिक शिक्षा मार्फत सीप र प्रबिधीमा केटाकेटीहरु स्कुले जीवन सँगै क्याम्पस लेबलमा उ देशको दक्ष जनशक्ति भएर निस्कन्छ।

बिद्यार्थी जीवन मै देशको लागि काम गर्न सक्ने एउटा सक्षम जवाफदेही नागरिक उत्पादन गर्ने शिक्षा,जसको बलमा चीनले आफ्नो आर्थिक उन्ननयनको आधारको त्यो आधारशीलाको रेखा कोरेको देखिन्छ।बिकशीत हुन नसकेको राष्ट्रहरुमा ब्यबहारिक शिक्षालाई सामान्य अध्ययन अध्यापन गर्नुपर्ने शिक्षा जस्तो गरि महत्त्व दिएको देखिदैन।यो बुझाई नेपालमा मात्र नभएर दक्षिण एशिया तथा अफ्रिकी देशहरूमा समेत त्यो बुझाई पाइन्छ। यद्यपि एशिया महादेशका केही सफल देशहरुले आफ्नो राष्ट्रिय आबश्यकतालाई पूर्ति गर्ने हेतुले लागू गरेका आफ्नो माटो सुहाउँदो ब्यबहारिक शिक्षा नीतिहरुनै सफल भएका छन्।जसले देशलाई स्वतःआत्मनिर्भर र अर्थतन्त्र सम्पन्न बनाउन प्रमुख भुमिका खेलेका छन्,त्यसको उदाहरण चीन,दक्षिण कोरियालाई हामी अध्ययनको रुपमा पनि हेर्न सक्छौ।

बिशेषतःचीनले रुस अमेरिका अन्तरिक्ष होडमा सक्रिय रहँदा आफ्नो लडाइलाई आत्मनिर्भरतामा रहन केन्द्रित गर्याे।सन् १९६० देखि १९८६ सम्म रुस र अमेरिकाले अन्तरिक्ष होडमा खरबौ डलर लगानी गरे भने,चीनले अन्तरिक्ष ज्ञान र अनुसन्धानलाई आफ्नै सीप र ब्यबहारिक ज्ञानलाई उपयोग गर्याे,जसले आफ्नो अर्थतन्त्र जोगाउन केही हद सम्म काम गर्याे।चीनले चाहेको भए सन् १९९०को दशकमै बेरोजगार रुसी अन्तरिक्ष बैज्ञानिकहरुलाई ल्याएर अन्तरिक्ष योजना अघि बढाउन सक्थ्यो तर चीनले त्यसो गरेन बरु आफ्नै घरेलु सीप र ज्ञानलाई उपयोग गर्याे,किनभने चीनले त्यो महङ्गो खर्च आत्मनिर्भरतामा अघी बढ्न सघाउ पुग्छ भन्ने बुझेको थियो।

चीनको शिक्षा नीतिको जग नै राष्ट्रियता र स्व–आत्मनिर्भरतामा रहने कुरामा केन्द्रीत छ।तत्कालीन समयका नेता माओत्से तुङ् र प्रधानमन्त्री चाउ एन लाईले शिक्षा नीतिलाई राष्ट्रिय आबश्यकतालाई हेरेर आफ्नो देशको अर्थ कसरी बलियो बनाउन सकिन्छ भनेर लागू गरेका थिए।जसको जगमा अहिले चीन अर्थतन्त्रमा बिश्वको बादशाहा बन्ने होडमा अगाडि बढिरहेको छ।त्यतिबेलै पनि चीनले बिद्युतगृहका बाँधहरु निर्माण गर्ने क्रममा सिमेन्ट,छड,बालुवा होइन आफूसँग भएका माटोहरुलाई उपयोग गरेको थियो।

नेपालमा पनि श्री ५ महेन्द्रले चीनियाँ शैलीको शिक्षा नीतिको अबलम्बन त गर्न खोजेका थिए,यद्यपि २०२८÷२९को नयाँ शिक्षा नीतिले नेपाली शिक्षालाई प्रमाण पत्र हातमा थमाउने शिक्षा नीतिको रुपमा मात्रै अगाडि बढाउन सहयोग गर्याे भन्दा अत्युक्ति नहोला।नेपालको शिक्षाको जग नै मौलिकता र आत्मनिर्भरता भन्दा आयातीत देखिन्छ।

जस्तो कि अंग्रेजी पाठ्य जग भएका भारतीय बिद्यालयहरु दार्जिलिङ्ग देहरादुनमा गई अध्ययन गर्ने सम्भ्रान्त तथा खानदानी बर्गका सीमित ब्यक्तिहरुको प्रभाबमा श्री ५को सरकारका शिक्षा हेर्ने उच्च निकायहरु त्यतिबेला नै भर पर्नुले आत्मनिर्भर भन्दा पराईमूखी भएको कुरा देखाउँछ। हाम्रो शिक्षा नीति मौलिकता भन्दा आयातीत हुनुकै कारण पनि नेपालको शैक्षिक स्तर गिर्दै जानू र दक्ष जनशक्ति उत्पादन भन्दा प्रमाण पत्र शिरानी मुनि राखेर बिदेश पलायनको भन्दा अरु बिकल्पको बाटो नदेख्नु आयतीत शिक्षा नै मुख्य कारक हो।

हामीले आफ्नो माटो सुहाउँदो ब्यबहारिक शिक्षालाई अङ्गीकार र प्रयोग गर्न सकेनौ।आयातीत शिक्षाले बिश्वको बिख्यात मान्छेहरुको खोज अनुसन्धान त गर्याे होला,बिद्याबारिधि (पिएचडी)को प्रमाण पत्र पनि हात पर्याे होला?गान्धी र नेन्सल मण्डेलाहरुलाई पनि थाहा लाग्ने र जान्ने त बनायो होला?तर आफ्नो राष्ट्रियतालाई आत्मनिर्भर र लाभदायक हुने,सघाउ पुर्याउने सक्ने ब्यबहारिक ज्ञान र सीप एबं आफ्नो माटो चिन्न सक्ने नवीन सोच र नबीन बिचारको भने उत्पादन गर्न सकेन?
त्यसको फलस्वरूप हामीले हाम्रो देशको अर्थलाई बलियो बनाउन सक्ने बिशिस्ट ब्यबहारिक आधारहरु गुमायौ।निश्चय नै नेपाल र नेपाल जस्ता बिकाशको उस्तै चरणमा प्रबेश गरेका अबिकशीत देशहरुलाई ब्यबहारिक सीप र आफ्नो माटो देश सुहाउँदो जोड्न सक्ने प्रविधि सँग जोड्ने शिक्षाको आबश्यकता पर्छ।त्यस्तो शिक्षाले श्रमको मूल्य केहो भन्ने थाहा पाउन र श्रमलाई माया गर्न सिकाउँछ।श्रमलाई माया गर्ने ब्यबहारिक शिक्षाबाट दीक्षित ब्यक्तिहरु नै आफ्नो राष्ट्र र राष्ट्रियता सम्बन्धि ब्यबहारिक बुझाई र देशको माटोको माया बाट निर्देशीत हुन्छ।

जसले आफ्नो देशको माटो प्रती असिम मोह जगाउछ,आफ्नो माटोलाई माया गर्न सिकाउँछ।जस्तो कि,आफ्नै श्रमले गाह्रो लगाएको,आफ्नै हातले छाना छाएको आफ्नै श्रमले रंग रोगन गरेको घरको माया भर्खरै किनेको चिरिच्याट्ट घरको भन्दा धेरै माथि हुन्छ।हाम्रो देशको शिक्षाले घरको रंग,बान्की,स्वरुप सबै घोकाउँछ,उ त्यो देशमा यस्तो हुन्छ पनि भन्छ,तर आफ्नो घरको जगको बारेमा बताउदैन।आफ्नो माटोलाई हेर्न र बुझ्न गौरव गर्न ढिडो पिठोहरु सिकाउँदैन।माटोको सुगन्ध छाम्न सक्ने भावनाको जागृत गराउदैन।फलतःहामी गरिबीको दुर्घटना भोगिरहेका छौ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार