प्रधानमन्त्री देउवा आज बेलायत जाँदै

प्रधानमन्त्री देउवा आज बेलायत जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा२० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्र्दैआज बेलायत जाँदै हुनुहुन्छ । स्कटल्यान्डको ग्लागोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औँ सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्रीसहितको टोली आज बिहान १० बजे बेलायत जान लागेको हो ।

प्रधानमन्त्री देउवा कतार एयरको उडानबाट बेलायत जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव पेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीलाई समावेश गरिएको छ । अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गो सहरमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार