नेपाली कांग्रेस रामेछापको सभापतिमा कान्छाराम तामाङ निर्वाचित

नेपाली कांग्रेस रामेछापको सभापतिमा कान्छाराम तामाङ निर्वाचित

नेपाली कांग्रेसको १४ औ जिल्ला अधिवेशन अन्तर्गत जिल्ला सभापतिमा पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ निर्वाचित हुनुभएको छ । जिल्ला सभापतिका लागी भएको मतदानमा सभापतिका अन्य प्रतिस्पर्धीहरु लवश्री न्यौपाने र कृष्ण महतमध्ये कान्छारामले बढी मत प्राप्त गर्नुभएको थियो ।

उहाँले ५० प्रतिशत कटाउन थोरै मात्र मत नपुगेपछि पुनः निर्वाचन हुने तयारी भइरहेका बेला सहमति निर्माण भएसँगै पुनः मतदान नगरी सभापतिमा कान्छाराम निर्वाचित हुनुभएको हो । सभापतिमा निर्वाचित भएसँगै कान्छाराम तामाङले नेपाली कांग्रेसलाई जिल्लामा एक बनाएर लैजाने बताउनुभयो ।

उहाँले जिल्लामा गुट,उपगुटको अन्त्य गरेर सबैसँग समन्वय,सहकार्य र एकताको लागी पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हिजो मत गणना सकिँदा कान्छाराम तामाङ्ले कूल १३८८ मत खसेकोमा ६६८ मत प्राप्त गर्नुभयो । लवश्री न्यौपानले ३५६ मत प्राप्त गर्दा कृष्ण महतले ३२८ मत प्राप्त गर्नुभयो । कूल १४ सय १३ मतदाता रहेको जिल्लामा १३ सय ८८ मत खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार