गुम्बाभित्र यौन सम्पर्क गर्दागर्दै ६२ वर्षिय वृद्ध र २४ वर्षिय युवती पक्राउ परेका छन । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ स्थित ङग्युर पल्युल छेवाङ छोलिङ गुम्बाभित्र अवैध रुपमा यौन क्रियाकलाप गर्दै गर्दा एक जोडी पक्राउ परेका हु्न ।
गुम्बाभित्र यौन क्रियाकलाप गरिरहेको अवस्थामा सोहि गुम्बाका प्रमुख लामा वर्ष ६२ का सर्की शेर्पा र २४ बर्षिय सन्तोषी सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो । यहि भदौ १४ गते बौद्ध धर्मवालम्बीहरुको पवित्र धार्मिक स्थल गुम्बा भित्र आपतिजनक यौन क्रियाकलाप गरिरहेको अबस्थामा स्थानीयले उनिहरुलाई फेला पारेका थिए ।
स्थानीयले प्रहरीमा खबर गरेसँगै दुवै जनालाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।